Saturday, August 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

धरान : घरघरमा झिलिमिली बत्ती, सडकका गल्लीमा फूलमालाको सुगन्ध

रासस by रासस
कार्तिक ६, २०८२
in समाचार
0
धरान : घरघरमा झिलिमिली बत्ती, सडकका गल्लीमा फूलमालाको सुगन्ध
63
SHARES
Share on FacebookShare on Twitter

धरान : ‘फेसन’ र सांस्कृतिक विविधताको सहर भनेर परिचित धरान तिहारको झिलिमिली उज्यालोमा चम्किएको छ ।

देशका अन्य सहरमा जस्तै धरानमा पनि हरेक घरघरमा झिलिमिली बत्ती बालिएका छन् ।

हरेक सडकका गल्लीमा फूलमालाको सुगन्ध फैलिएको छ । रातिको समयमा बत्तीले शोभा बढाएको देखिन्छ भने दिउँसो बजारको किनमेल र चहलपहलले रौनक थपेको छ ।

तिहारलाई फूल, रङ्ग र उज्यालोको पर्व हो । नेपालीका घरघरमा दियो, बत्ती बाल्ने पुरानै चलन हो ।

समय बदलिएसँगै पछिल्लो समय माटाको दियो र मैनबत्तीको स्थान आधुनिक बत्तीले लिएको छ । यसले विद्युतीय बत्तीको माग बढेको छ । माटोका दियो र मैनबत्ती विरलै देख्न पाइन्छ ।

व्यवसायी सुलिन श्रेष्ठ पनि परम्परागत दियो र मैनबत्ती करिब विस्थापित भइसकेको बताउँछन् ।

उनी भन्छन्,“पहिले पहिले दियो र मैनबत्ती नै बाल्ने चलन थियो, केही समययता विद्युत र विद्युतीय सामग्रीको पहुँच भएसँगै ती सामान विस्थापित भइसकेका छन् ।

तिहार सुरु भएसँगै झिलिमिली विद्युतीय बत्तीको बिक्री धेरै हुन्छ । यसबीचमा दैनिक रु ५० हजारदेखि रु ६० हजारसम्म बत्ती र सजावटका सामग्री बिक्री हुन्छन् ।”

घर, पसल र कार्यालयमा रातभर उज्यालो पार्ने चलन बढेको छ । यसले विद्युतीय बत्तीको व्यापार बढी फस्टाएको छ ।

हाल रु ३० देखि रु २० हजारसम्मका फरक फरक ‘डिजाइन’ का बत्ती बजारमा उपलब्ध छन् । श्रेष्ठले भने,“हाल धरानका हरेक गल्लीमा झिलिमिली बत्ती टाँगिएका छ, हरेक घरका छतमा झुण्ड्याइएका छन् ।

यही उज्यालोमा युवायुवतीहरू सेल्फी लिँदै गरेको देखिन्छन् । सामाजिक सञ्जालमा धरानका दृश्य सेयर भइरहेका छन् । देउसी—भैलो खेल्ने समूहले घर घरमा पुगेर सङ्गीत र नृत्यको माधुर्य फैलाइरहेका छन ।”

अर्का बत्ती व्यापारी कृष्ण यादव धरानमा हरेक वर्षजसो नयाँ नयाँ स्वरुप र शैलीका बत्तीको माग बढिरहेको बताउँछन् ।

उनी भन्छन्, “सामाजिक सञ्जालबाट विश्वको अभ्यास हेर्ने मिल्छ, अनि तस्बिर र भिडियो देखाएर यस्तै चाहियो भनेर आउँछन् । यस वर्ष नयाँ डिजाइनका एलइडी स्ट्रिङ, रिमोट कन्ट्रोल बत्ती र नयाँ खालको झिलिमिलीको माग बढेको छ । ग्राहकहरू अब बत्ती मात्र होइन, डिजाइन र रङको मिलान हेरेर तिहारका लागि सामान खरिद गर्छन् । घरको झ्याल, छत र बगैँचासम्म बत्ती सजाउने चलन बढेको छ ।”

सुनसरी उद्योग वाणिज्य सङ्घका महासचिव प्रभाव खतिवडा गत वर्षको तुलनामा यस वर्ष तिहारको व्यापारमा वृद्धि भएको बताउँछन्।

मिठाई, फूलमाला, झिलिमिली बत्ती र अन्य सजावटका सामग्रीको बिक्री करिब २० प्रतिशतले बढेको अनुमान रहेको उनको भनाइ छ ।

“हरेक घरमा झिलिमिली बत्ती र सजावटको आकर्षण बढेको छ । यसले बजारमा आर्थिक गतिविधि पनि बढेको छ”, उनले भने, “फूल, माला, बत्ती र उत्सव मिलनले धरान साँच्चिकै उज्यालो सहर बनेको छ । सांस्कृतिक र आर्थिक दृष्टिले पनि तिहारले धरानलाई नयाँ ऊर्जा र चमक दिएको छ ।”

Tags: #धरान#रासससंस्कृति
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

मोरङमा एक पुरुष मृत भेटिए
समाचार

मोरङमा निर्माणाधीन सडकको खाल्डोमा साइकल लड्दा वृद्धको मृत्यु

by टाकुरा न्यूज । इटहरी
साउन १६, २०८३
0

विराटनगर : मोरङको कटहरी गाउँपालिका–३ मा निर्माणाधीन सडकको खाल्डोमा साइकल लड्दा एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा कटहरी–३ राजवंशी...

निर्यात नहुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य अपूरो
समाचार

निर्यात नहुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य अपूरो

by रासस
साउन १६, २०८३
0

झापा : भद्रपुर भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा तोकिएको राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न असफल भएको छ ।...

धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीमा हट्यो कर्फ्यू, यी पालिकामा निषेधाज्ञा कायमै

साउन १६, २०८३
कोरोना कहर : धरानका मन्दिरहरु बन्द, व्यवसायी चिन्तित

सुरक्षा जोखिमका कारण पिण्डेश्वर बोलबम मेलामा रात्रिकालीन पूजा स्थगित

साउन १५, २०८३
मोरङमा एक टनभन्दा बढी गाँजा बरामद

मोरङमा एक टनभन्दा बढी गाँजा बरामद

साउन १५, २०८३
सुनसरी घटना : दुई मृतकको शव परिवारलाई बुझाइयो

सुनसरी घटना : दुई मृतकको शव परिवारलाई बुझाइयो

साउन १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा एक पुरुष मृत भेटिए

मोरङमा निर्माणाधीन सडकको खाल्डोमा साइकल लड्दा वृद्धको मृत्यु

साउन १६, २०८३
निर्यात नहुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य अपूरो

निर्यात नहुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य अपूरो

साउन १६, २०८३
धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीमा हट्यो कर्फ्यू, यी पालिकामा निषेधाज्ञा कायमै

साउन १६, २०८३
कोरोना कहर : धरानका मन्दिरहरु बन्द, व्यवसायी चिन्तित

सुरक्षा जोखिमका कारण पिण्डेश्वर बोलबम मेलामा रात्रिकालीन पूजा स्थगित

साउन १५, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    631 shares
    Share 252 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.