Sunday, November 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

धरान : घरघरमा झिलिमिली बत्ती, सडकका गल्लीमा फूलमालाको सुगन्ध

रासस by रासस
कार्तिक ६, २०८२
in समाचार
0
धरान : घरघरमा झिलिमिली बत्ती, सडकका गल्लीमा फूलमालाको सुगन्ध
64
SHARES
Share on FacebookShare on Twitter

धरान : ‘फेसन’ र सांस्कृतिक विविधताको सहर भनेर परिचित धरान तिहारको झिलिमिली उज्यालोमा चम्किएको छ ।

देशका अन्य सहरमा जस्तै धरानमा पनि हरेक घरघरमा झिलिमिली बत्ती बालिएका छन् ।

हरेक सडकका गल्लीमा फूलमालाको सुगन्ध फैलिएको छ । रातिको समयमा बत्तीले शोभा बढाएको देखिन्छ भने दिउँसो बजारको किनमेल र चहलपहलले रौनक थपेको छ ।

तिहारलाई फूल, रङ्ग र उज्यालोको पर्व हो । नेपालीका घरघरमा दियो, बत्ती बाल्ने पुरानै चलन हो ।

समय बदलिएसँगै पछिल्लो समय माटाको दियो र मैनबत्तीको स्थान आधुनिक बत्तीले लिएको छ । यसले विद्युतीय बत्तीको माग बढेको छ । माटोका दियो र मैनबत्ती विरलै देख्न पाइन्छ ।

व्यवसायी सुलिन श्रेष्ठ पनि परम्परागत दियो र मैनबत्ती करिब विस्थापित भइसकेको बताउँछन् ।

उनी भन्छन्,“पहिले पहिले दियो र मैनबत्ती नै बाल्ने चलन थियो, केही समययता विद्युत र विद्युतीय सामग्रीको पहुँच भएसँगै ती सामान विस्थापित भइसकेका छन् ।

तिहार सुरु भएसँगै झिलिमिली विद्युतीय बत्तीको बिक्री धेरै हुन्छ । यसबीचमा दैनिक रु ५० हजारदेखि रु ६० हजारसम्म बत्ती र सजावटका सामग्री बिक्री हुन्छन् ।”

घर, पसल र कार्यालयमा रातभर उज्यालो पार्ने चलन बढेको छ । यसले विद्युतीय बत्तीको व्यापार बढी फस्टाएको छ ।

हाल रु ३० देखि रु २० हजारसम्मका फरक फरक ‘डिजाइन’ का बत्ती बजारमा उपलब्ध छन् । श्रेष्ठले भने,“हाल धरानका हरेक गल्लीमा झिलिमिली बत्ती टाँगिएका छ, हरेक घरका छतमा झुण्ड्याइएका छन् ।

यही उज्यालोमा युवायुवतीहरू सेल्फी लिँदै गरेको देखिन्छन् । सामाजिक सञ्जालमा धरानका दृश्य सेयर भइरहेका छन् । देउसी—भैलो खेल्ने समूहले घर घरमा पुगेर सङ्गीत र नृत्यको माधुर्य फैलाइरहेका छन ।”

अर्का बत्ती व्यापारी कृष्ण यादव धरानमा हरेक वर्षजसो नयाँ नयाँ स्वरुप र शैलीका बत्तीको माग बढिरहेको बताउँछन् ।

उनी भन्छन्, “सामाजिक सञ्जालबाट विश्वको अभ्यास हेर्ने मिल्छ, अनि तस्बिर र भिडियो देखाएर यस्तै चाहियो भनेर आउँछन् । यस वर्ष नयाँ डिजाइनका एलइडी स्ट्रिङ, रिमोट कन्ट्रोल बत्ती र नयाँ खालको झिलिमिलीको माग बढेको छ । ग्राहकहरू अब बत्ती मात्र होइन, डिजाइन र रङको मिलान हेरेर तिहारका लागि सामान खरिद गर्छन् । घरको झ्याल, छत र बगैँचासम्म बत्ती सजाउने चलन बढेको छ ।”

सुनसरी उद्योग वाणिज्य सङ्घका महासचिव प्रभाव खतिवडा गत वर्षको तुलनामा यस वर्ष तिहारको व्यापारमा वृद्धि भएको बताउँछन्।

मिठाई, फूलमाला, झिलिमिली बत्ती र अन्य सजावटका सामग्रीको बिक्री करिब २० प्रतिशतले बढेको अनुमान रहेको उनको भनाइ छ ।

“हरेक घरमा झिलिमिली बत्ती र सजावटको आकर्षण बढेको छ । यसले बजारमा आर्थिक गतिविधि पनि बढेको छ”, उनले भने, “फूल, माला, बत्ती र उत्सव मिलनले धरान साँच्चिकै उज्यालो सहर बनेको छ । सांस्कृतिक र आर्थिक दृष्टिले पनि तिहारले धरानलाई नयाँ ऊर्जा र चमक दिएको छ ।”

Tags: #धरान#रासससंस्कृति
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

इटहरीमा नेपथ्य कन्सर्टकाे तयारी पूरा, दश हजारकाे उपस्थितिकाे अपेक्षा
FEATURE BREAKING

इटहरीमा नेपथ्य कन्सर्टकाे तयारी पूरा, दश हजारकाे उपस्थितिकाे अपेक्षा

by मनाेज अधिकारी
कार्तिक १५, २०८३
0

इटहरी : नेपाली सांगीतिक क्षेत्रको लोकप्रिय ब्यान्ड नेपथ्यले आगामी कात्तिक १८ गते बुधबार इटहरीमा विशेष सांगीतिक प्रस्तुति दिने भएको छ...

पहिलो खेलमै आयोजक गाईघाट पराजित
खेलकुद

पहिलो खेलमै आयोजक गाईघाट पराजित

by माधव पोख्रेल
कार्तिक १५, २०८३
0

उदयपुर : उदयपुरको गाईघाटस्थित थरुहट खेलमैदानमा शनिबारदेखि सुरु भएको प्रथम त्रियुगा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमै आयोजक गाईघाट...

फर्किइनन् मर्निङ वाकमा हिँडेकी लक्ष्मीमाया राई, बोलेरोको ठक्करबाट निधन

उदयपुरमा सडक दुर्घटनाकाे दर बढ्दै : असाेजमा ६ जनाको मृत्यु, ९१ घाइते

कार्तिक १५, २०८३
पालाम, हाक्पारे र ख्यालीको अभिलेखीकरणमा सुवर्ण नेम्बाङ

पालाम, हाक्पारे र ख्यालीको अभिलेखीकरणमा सुवर्ण नेम्बाङ

कार्तिक १५, २०८३
फल लाग्ने सिजनमै अकबरे खुर्सानीका बोट मर्न थाले

फल लाग्ने सिजनमै अकबरे खुर्सानीका बोट मर्न थाले

कार्तिक १५, २०८३
धान फल्ने खेतमा फूलखेती

धान फल्ने खेतमा फूलखेती

कार्तिक १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा नेपथ्य कन्सर्टकाे तयारी पूरा, दश हजारकाे उपस्थितिकाे अपेक्षा

इटहरीमा नेपथ्य कन्सर्टकाे तयारी पूरा, दश हजारकाे उपस्थितिकाे अपेक्षा

कार्तिक १५, २०८३
पहिलो खेलमै आयोजक गाईघाट पराजित

पहिलो खेलमै आयोजक गाईघाट पराजित

कार्तिक १५, २०८३
फर्किइनन् मर्निङ वाकमा हिँडेकी लक्ष्मीमाया राई, बोलेरोको ठक्करबाट निधन

उदयपुरमा सडक दुर्घटनाकाे दर बढ्दै : असाेजमा ६ जनाको मृत्यु, ९१ घाइते

कार्तिक १५, २०८३
पालाम, हाक्पारे र ख्यालीको अभिलेखीकरणमा सुवर्ण नेम्बाङ

पालाम, हाक्पारे र ख्यालीको अभिलेखीकरणमा सुवर्ण नेम्बाङ

कार्तिक १५, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    844 shares
    Share 338 Tweet 211
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    644 shares
    Share 258 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    513 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    371 shares
    Share 148 Tweet 93
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.