Tuesday, March 10, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

कोशी प्रदेशभरी खोरेत रोगमुक्त बनाइने, विराटनगरबाट गाई–भैंसीलाई निःशुल्क खोप सुरु

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक २३, २०८२
in विविध, समाचार
0
कोशी प्रदेशभरी खोरेत रोगमुक्त बनाइने, विराटनगरबाट गाई–भैंसीलाई निःशुल्क खोप सुरु
59
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगरलाई खोरेत रोगमुक्त पालिका बनाउने लक्ष्यसहित विराटनगर महानगरपालिकाले गाई र भैंसीमा निःशुल्क खोप अभियान सुरु गरेको छ ।

विराटनगर महानगरपालिकाको आयोजना तथा कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय र भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङको सहयोगमा सुरु गरिएको अभियानले विराटनगरलाई खोरेतमुक्त बनाउने दाबी गरिएको छ ।

प्रदेश खारेतमुक्त बनाउने कोशी प्रदेश सरकारको लक्ष्यअनुरूप विराटनगरबाट निःशुल्क खोप लगाएर अभियानको शुभारम्भ गरिएको हो ।

विराटनगर–१२ स्थित बञ्जरा एग्रो फार्ममा आयोजित औपचारिक समारोहबाट अभियानको शुभारम्भ गरिएको हो ।

विराटनगर महानगरपालिकाको वडा नम्बर १९ का अध्यक्ष तथा आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा गाईलाई खोप लगाएर ‘खोरेत रोगमुक्त कोशी प्रदेश अभियान’ औपचारिक रूपमा प्रारम्भ गरिएको हो ।

विराटनगर महानगरपालिकाभित्र हाल २१ हजार ६ सय गाई र भैंसी रहेको तथ्यांक भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङका प्रमुख डा. अजयकुमार साहले प्रस्तुत गरे । उनका अनुसार पहिलो चरणमा १६ हजार ६ सय गाई र भैंसीलाई खोरेतविरुद्ध निःशुल्क खोप लगाइनेछ । खोप कार्य भ्याक्सिनेटरमार्फत गराइने र तथ्यांक डिजिटल प्रणालीबाट अभिलेख राखिने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

मोरङ जिल्लामै ३ लाख ८० हजार डोज खोप वितरण गरिने लक्ष्य रहेको छ । त्यस्तै बंगुरका लागि ५६ हजार डोज खोप लगाइने पनि डा. साहले बताए ।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, कोशी प्रदेशका निर्देशक डा. सुशीलकुमार अधिकारीले प्रदेशका सबै एक सय ३७ वटै पालिकामा यो अभियान सञ्चालन गरिने जानकारी दिए । उनका अनुसार इलाम जिल्लालाई पहिले नै खोरेतमुक्त घोषणा गरिएको छ भने झापा, मोरङ, सुनसरी र उदयपुरलाई पनि खोरेत रोगमुक्त जिल्ला बनाउन आवश्यक तयारी र अभियान अघि बढिसकेको छ ।

‘कोशी प्रदेशलाई निकट भविष्यमा पूर्ण रूपमा खोरेत रोगमुक्त बनाउने हाम्रो लक्ष्य हो,’ डा. अधिकारीले भने, ‘यस अभियानले पशु स्वास्थ्यमा सुधार ल्याउने मात्र होइन, कृषकको आर्थिक सुरक्षा पनि बलियो बनाउनेछ ।’

कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयकी पशुपन्छी विकास महाशाखाकी प्रमुख डा. दीपा दिवालीले खोप अभियानले प्रदेशलाई खोरेत रोगमुक्त बनाउन सहयोग पुग्ने दाबी गरिन् ।

महानगरको आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले खोप अभियानले चौपायाको मृत्युदर घटाउने र किसानको आयमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । वडा नम्बर १२ का कार्यबाहक अध्यक्ष कुशेश्वर राजवंशीले खोरेत रोगका कारण हरेक वर्ष किसानले ठूलो आर्थिक क्षति व्यहोर्नु परेको उल्लेख गर्दै यस अभियानले त्यो समस्या कम गर्ने बताए ।

महानगरको कृषि तथा पशुपन्छी विकास शाखाका प्रमुख हीरा यादवका अनुसार विराटनगरका १९ वटै वडामा खोप कार्यक्रम निरन्तर सञ्चालन गरिनेछ ।

उनले स्थानीय कृषकलाई सक्रियरूपमा सहभागी हुन आग्रह गर्दै खोप अभियान पशु स्वास्थ्य सुरक्षातर्फको महत्वपूर्ण कदम भएको बताए ।

कोशी प्रदेश सरकारको दीर्घकालीन लक्ष्य प्रदेशका सबै जिल्लालाई क्रमिक रूपमा खोरेतमुक्त घोषणा गर्ने रहेको छ ।

Tags: #विराटनगरखोप
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

संखुवासभाबाट नेकपा एमालेका उम्मेदवार अर्जुन कार्की निर्वाचित
FEATURE BREAKING

संखुवासभाबाट नेकपा एमालेका उम्मेदवार अर्जुन कार्की निर्वाचित

by टाकुरा न्यूज । इटहरी
फाल्गुन २६, २०८२
0

संखुवासभा : संखुवासभाबाट नेकपा एमालेका उम्मेदवार अर्जुन कुमार कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार कार्कीले १५ हजार...

हिउँमा जीवनका सुन्दर सपना देख्ने टाँसी शेर्पा
FEATURE BREAKING

हिउँमा जीवनका सुन्दर सपना देख्ने टाँसी शेर्पा

by अर्जुन उप्रेती
फाल्गुन २५, २०८२
0

भर्खर २८ वर्ष पुग्दै गरेका टाँसी शेर्पाको जीवन विगत १० वर्षदेखि हिमाल चुचुरामा जीवनका सपना खोज्दै बित्दैछ । ६ वर्षको...

बालेनको चुनावी खर्च १४ लाख १७ हजार, आयोगमा पेश गरे विवरण

बालेनको चुनावी खर्च १४ लाख १७ हजार, आयोगमा पेश गरे विवरण

फाल्गुन २५, २०८२
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

झापामा ब्राउनसुगरसहित एक जना पक्राउ

फाल्गुन २५, २०८२
भोजपुरमा व्यावसायिक कफी खेती

सुनसरीमा प्रत्यक्षतर्फका उम्मेदवार रहेका ५४ जनाले एक सय मत कटाएनन् (नामावलीसहित)

फाल्गुन २५, २०८२
हर्क साम्पाङको आग्रह – ‘खादा–माला होइन, सुझाव र गुनासा लिएर आउनुहोस्’

हर्क साम्पाङको आग्रह – ‘खादा–माला होइन, सुझाव र गुनासा लिएर आउनुहोस्’

फाल्गुन २५, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

संखुवासभाबाट नेकपा एमालेका उम्मेदवार अर्जुन कार्की निर्वाचित

संखुवासभाबाट नेकपा एमालेका उम्मेदवार अर्जुन कार्की निर्वाचित

फाल्गुन २६, २०८२
हिउँमा जीवनका सुन्दर सपना देख्ने टाँसी शेर्पा

हिउँमा जीवनका सुन्दर सपना देख्ने टाँसी शेर्पा

फाल्गुन २५, २०८२
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, आयोगमा पेश गरे विवरण

बालेनको चुनावी खर्च १४ लाख १७ हजार, आयोगमा पेश गरे विवरण

फाल्गुन २५, २०८२
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

झापामा ब्राउनसुगरसहित एक जना पक्राउ

फाल्गुन २५, २०८२



लाेकप्रिय

  • इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु

    इटहरी दुर्घटनामा ज्यान गुमाउने साइकलयात्रीको पहिचान खुल्यो

    387 shares
    Share 155 Tweet 97
  • इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु

    226 shares
    Share 90 Tweet 57
  • इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

    209 shares
    Share 84 Tweet 52
  • सुनसरी आएर गगन थापाले भने – ‘राजीव कोइराला दाईलाई जिताइदिनु, बाँकी कुरा म गर्नेछु’

    199 shares
    Share 80 Tweet 50
  • रास्वपाका उम्मेदवार लालविक्रम थापाको विवादास्पद अभिव्यक्ति – ‘घर इनरुवा भन्दा हिचकिचाउनुपर्छ पर्छ’ (भिडिओसहित)

    170 shares
    Share 68 Tweet 43

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.