इटहरी : सुनसरी–१ बाट श्रम संस्कृति पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हर्क साम्पाङले मतदातालाई धन्यवाद दिन घरदैलोमा आउने क्रममा खादा–माला भन्दा पनि सुझाव, माग र गुनासा तयार राख्न आग्रह गरेका छन्।
साम्पाङले सामाजिक सञ्जालमार्फत सन्देश दिँदै आफू धन्यवाद दिन आउने बेला औपचारिक सम्मानभन्दा पनि स्थानीय समस्याबारे लेखेर राख्न अनुरोध गरेका हुन्।
उनले भनेका छन्, ‘म धन्यवाद दिन आउँदा खादा–माला होइन, सुझाव, माग र गुनासा लेखेर तयार गरी राख्नु होला। म तिनैका आधारमा काम गर्नेछु।’
साम्पाङले जनताको प्रत्यक्ष सुझाव र आवश्यकताका आधारमा विकासका काम अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।












Discussion about this post