Wednesday, September 2, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

अन्तर्राष्ट्रिय सम्मेलनको प्रचारप्रसार गर्न जनता क्याम्पसका विद्यार्थीहरूद्धारा पदयात्रा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर १४, २०८२
in विविध, समाचार
0
अन्तर्राष्ट्रिय सम्मेलनको प्रचारप्रसार गर्न जनता क्याम्पसका विद्यार्थीहरूद्धारा पदयात्रा
71
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नवप्रवर्तन, अनुसन्धान र उच्च शिक्षाको दिगोपनका लागि इटहरीमा सञ्चालित जनता बहुमुखी क्याम्पसले अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलन पुस ५ र ६ गते गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको प्रचारप्रसारका लागि पूर्वको प्रसिद्ध धार्मिक स्थल बराहक्षेत्रसँगै आसपासका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रमा विद्यार्थीहरुले शनिबार बिहानदेखि साँझसम्म पदयात्रा गरेका छन् ।

जनता बहुमुखी क्याम्पस पूर्वकै महत्वपूर्ण शैक्षिक केन्द्रको रुपमा स्थापित भइरहँदा शैक्षिक, व्यवस्थापन, आर्थिक, सामाजिक, साँस्कृतिक, विज्ञान तथा प्रविधि क्षेत्रमा ज्ञानको खोजी गर्नका निम्ति सम्मेलन गर्न लागिएको हो ।

यसका प्रचारप्रसारका लागि क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीमध्ये स्नातकोत्तर तह र स्नातक तह चौथो वर्षमा अध्ययन गर्ने विद्यार्थीहरुले बराहक्षेत्रको कोशी पुलबाट थालेको पदयात्रा सप्तपुर, झाक्रीगुप्ता, लालकोटगढीको टुप्पो, अर्चले, बागदलबारी हुँदै हिन्तुपति दरबार र छिन्नामस्ताको मन्दिरसम्म पदयात्रा गरेका हुन् ।

प्रचारप्रसार समिति संयोजक एवम् स्वतन्त्र विद्यार्थी यूनियनका सभापति सददेव काफ्लेका अनुसार विश्वका विभिन्न देशका नामूद प्रोफेसहरूलाई डाकेर जनता बहुमुखी क्याम्पसको वृहत्तर विकासका लागि यसले एउटा कोशे ढुंङ्गा हुने आशा र अपेक्षाका साथ अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको हो ।

अन्तर्राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य विष्णु कार्कीका अनुसार जनता बहुमुखी क्याम्पस एउटा शैक्षिक हबको रूपमा अगाडि बढाएर लैजाने र प्राज्ञिक थलोको रूपमा विकास गरेर लैजान महत्त्वपूर्ण उपलब्धी हासिल हुनेछ ।

क्याम्पस प्रमुख डा. गीता अधिकारीका अनुसार सम्मेलनमा विश्वव्यापी रूपमा देखिएका ज्ञान तथा तिनका अभ्यासहरूको विषयमा वौद्धिक छलफल र बहस हुनेछ । क्याम्पसले विशेषगरी कोशी र मधेश प्रदेशका विद्यार्थीहरूलाई उच्चशिक्षा प्रदान गरिरहेको छ ।

सम्मेलन गर्नका लागि उपसमिति बनाएर अहिले तयारी भइरहेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष विकास केसीले बताए ।

अध्यक्ष केसीकै अगुवाईमा असारमा भारतका दुईवटा प्रतिष्ठित विश्वविद्यालयसँग पाँच वर्षे शैक्षिक, अनुसन्धान र साँस्कृतिक आदानप्रदानलाई प्रोत्साहन गर्न सम्झौता भएको थियो । त्यही सम्झौताको जगमा यो सम्मेलन गर्न लागिएको केसीले बताए ।

जनता क्याम्पसले पहिलोपल्ट असारमा भारतको हरियाणमा रहेको बाबा मस्तनाथ र भारतकै राजस्थानमा रहेको श्री जे जे टी विश्वविद्यालयसँग सम्झौता गरेको थियो ।

विश्वविद्यालय अनुदान आयोग नेपालबाट गुणस्तर सुनिश्चितता प्रत्यायानको प्रमाणपत्र प्राप्त गर्न सफल जनता क्याम्पसमा स्नातक तहमा बिएड, बिबिएस, बिए, बिआइसिटिई तथा स्नातकोत्तरतर्फ एमएडसँगै एमबिएसका शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ । कक्षा ११ र १२ का शैक्षिक कार्यक्रम पनि सञ्चालन गरेको छ ।

Tags: जनता बहुमुखी क्याम्पसपदयात्रा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीकी एक महिलाले दुई छोरी र एक छोरासहित सप्तकोसीमा हाम्फाल्न लाग्दा प्रहरीद्वारा उद्वार
समाचार

मोटरसाइकलमा गाँजा तस्करी, सुनसरीमा दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ १७, २०८३
0

इटहरी : सुनसरीका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ४५ किलोभन्दा बढी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । दुहबी नगरपालिका–११ नहरचोकस्थित...

भोजपुरमा वन पैदावारबाट ९ करोड ६९ लाख राजस्व
विविध

भोजपुरमा वन पैदावारबाट ९ करोड ६९ लाख राजस्व

by रासस
भदौ १७, २०८३
0

भोजपुर : जिल्लामा काठ तथा गैरकाष्ठ वन पैदावारको निकासीबाट रु नौ करोड बढी राजस्व सङ्कलन भएको छ । डिभिजन वन...

मोरङमा एक पुरुष मृत भेटिए

सुनसरीमा उद्योग परिसरमै क्रेनले किच्दा मजदुरको मृत्यु

भदौ १७, २०८३
कोशीका पाँच जिल्लाका बालबालिकामा कुपोषण चिन्ताजनक

कोशीका पाँच जिल्लाका बालबालिकामा कुपोषण चिन्ताजनक

भदौ १६, २०८३
टाकुरा न्यूजको समाचार संयोजकमा पराजुली र साहित्यिक संयोजकमा भट्टराई नियुक्त

टाकुरा न्यूजको समाचार संयोजकमा पराजुली र साहित्यिक संयोजकमा भट्टराई नियुक्त

भदौ १६, २०८३
कोशीका १५९ जना अझै बेपत्ता, सोलुखुम्बुका ४२

कोशीका १५९ जना अझै बेपत्ता, सोलुखुम्बुका ४२

भदौ १६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीकी एक महिलाले दुई छोरी र एक छोरासहित सप्तकोसीमा हाम्फाल्न लाग्दा प्रहरीद्वारा उद्वार

मोटरसाइकलमा गाँजा तस्करी, सुनसरीमा दुई जना पक्राउ

भदौ १७, २०८३
भोजपुरमा वन पैदावारबाट ९ करोड ६९ लाख राजस्व

भोजपुरमा वन पैदावारबाट ९ करोड ६९ लाख राजस्व

भदौ १७, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

सुनसरीमा उद्योग परिसरमै क्रेनले किच्दा मजदुरको मृत्यु

भदौ १७, २०८३
कोशीका पाँच जिल्लाका बालबालिकामा कुपोषण चिन्ताजनक

कोशीका पाँच जिल्लाका बालबालिकामा कुपोषण चिन्ताजनक

भदौ १६, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    307 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    281 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.