Saturday, July 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

जनता क्याम्पसमा पुस ५ र ६ गते अन्तर्राष्ट्रिय सम्मेलन, ३५ लाख खर्च हुने

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर १५, २०८२
in विविध, समाचार
0
जनता क्याम्पसमा पुस ५ र ६ गते अन्तर्राष्ट्रिय सम्मेलन, ३५ लाख खर्च हुने
77
SHARES
Share on FacebookShare on Twitter

इटहरी : उच्च शिक्षामा नवीनता, अनुसन्धान र स्थायित्वका लागि इटहरीमा पुस ५ र ६ गते हुने अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलनको तयारी तीव्र गतिमा भइरहेको छ ।

जनता बहुमुखी क्याम्पसलाई पूर्वकै शैक्षिक हबको रूपमा विकास गरेर लैजाने उद्देश्यका साथ हुन लागेको सम्मेलनका लागि मंसिर १४ गते सम्ममा अनलाइन माध्यमबाट ६० वटा अवधारणपत्र दर्ता भइसका छन् ।

देश तथा विदेशका विश्वविद्यालय, क्याम्पस, अनुसन्धान प्रतिष्ठान, उच्चशिक्षाका सरोकारवाला संस्था, प्राध्यापक, योजनविद् तथा वौद्धिक व्यक्तित्वहरूबाट अवधारणापत्रको सारांश माग गरिएको थियो ।

जसअनुसार निर्धारित सम्ममा ती अवधारणापत्रको सारांश प्राप्त भएको सहायक क्याम्पस प्रमुख तथा कन्भेयर इन्द्रप्रसाद प्याकुरेलले बताए ।

उनका अनुसार क्याम्पसले वृहत्तर क्षेत्र ओगट्ने गरी खास खास विषयमा अन्तर्राष्ट्रिय स्तरको भेला, सम्मेलन र कार्यशाला गरी ज्ञानको संकलन, प्रतिपादन र विस्तार गर्नु अतिआवश्यक भए अनुसार कार्यक्रम गर्न लागिएको हो ।

कार्यक्रममा मुख्य नोट स्पिकरको रूपमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्राध्यापक डाक्टर महानन्द चालिसे, त्रिभुवन विश्वविद्यालय सिइएनएएसका कार्यकारी निर्देशक डाक्टर मिर्गेन्द्र कार्की र कोलम्बिया विश्वविद्यालय टिचर्स कलेज न्यूयोर्क अमेरिकाका डाक्टर प्रेम फ्याक सहभागी हुनेछन् ।

यस्तै, मुख्य नोट स्पिकरकै रूपमा बाबा मस्तनाथ विश्वविद्यालय भारतका पूर्वउपकुलपति प्रोफेसर एचएल वर्मा र रिइलियो क्षेत्रीय अंग्रेजी भाषा कार्यालय अमेरिकी दूतावासका रोजर एफ. कोहेन सहभागी हुने तय भएको छ ।

सोमबार आयोजक समितिले पत्रकार सम्मेलन गरी कार्यक्रममा माहिडोल विश्वविद्यालय बैंकक, थाईल्यान्ड डेभिड डी. पेरोडिन, सहायक प्राध्यापक तथा विद्यालय प्रमुख प्राविधिक अध्ययन काठमाडौंका भोजराज घिमिरे, डिग्री क्याम्पस विराटनगरकी बन्दना जैन, महेन्द्र रत्न क्याम्पसका बलराम अधिकारी, उलन्स स्कूलका प्रधानाध्यापक मेडिन लामिछाने र नीति अनुसन्धान संस्थान नारायणहिटीका निरञ्जन देवकोटा पेलेनरी स्पिकरको रुपमा प्रस्तुतीकरण गर्नेछन् ।

सम्मेलनमा मुख्य विषय उच्च शिक्षामा नवीनता, अनुसन्धान र स्थायित्व रहेको त्यसको उपविषयहरु अन्तर्गत मानविकी तथा सामाजिक विज्ञान, शिक्षा, व्यवस्थापन र अंग्रेजी भाषा रहेको कन्भेयर प्याकुरेलले बताए ।

कार्यक्रममा विभिन्न विश्वविद्यालय, क्याम्पस र उच्चशिक्षाका सरोकारवाला संस्थाका प्राध्यापक, शिक्षक र शैक्षिक व्यक्तित्व समेत गरी न्यूनतम पाँच सय जना सहभागी हुने अपेक्षा गरिएको छ ।

सम्मेलनका लागि इटहरी उपमहानगरपालिकाले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने मेयर हेमकर्ण पौडेलले पत्रकार सम्मेलनमा बताए । उनले सम्मेलनले इटहरीको शैक्षिक एतिहासको इज्जत, प्रतिष्ठा र गरिमा बढाउने बताए ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष विकास केसीका अनुसार सम्मेलन गर्न कम्तीमा ३५ लाख रुपैयाँ खर्च हुनेछ ।

यसका लागि यस क्षेत्रका स्थानीय सरकारसँग प्रस्ताव पेस गरिएको छ । क्याम्पसले भने आफ्नो आन्तरिक कोषबाट १८ लाख हाराहारी खर्चने भएको जनाइएको छ ।

विश्वविद्यालय अनुदान आयोग नेपालबाट गुणस्तर सुनिश्चितता प्रत्यायानको प्रमाणपत्र प्राप्त गर्न सफल जनता क्याम्पसमा स्नातक तहमा बिएड, बिबिएस, बिए, बिआइसिटिई तथा स्नातकोत्तरतर्फ एमएडसँगै एमबिएसका शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ ।

कक्षा ११ र १२ का शैक्षिक कार्यक्रम पनि सञ्चालन गरेको छ ।

Tags: जनता बहुमुखी क्याम्पसशिक्षासम्मेलन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

by टाकुरा न्यूज । इटहरी
साउन २, २०८३
0

झापा : हुलाकी राजमार्गमा भएको सवारी दुर्घटनाले मोरङको एउटै गाउँका दुई परिवार शोकमा डुबेका छन्। झापाको गौरीगन्ज–२ कृष्ण खोला नजिक...

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’
FEATURE BREAKING

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

by टाकुरा न्यूज । इटहरी
साउन २, २०८३
0

इटहरी : काठमाडौंस्थित इस्लिङ्टन कलेजको नाट्यगृहमा सफलतापूर्वक मञ्चन भई दर्शकबाट उत्कृष्ट प्रतिक्रिया बटुलेको नाटक ‘पापशाला’ अब इटहरीमा मञ्चन हुने भएको...

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

साउन १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

साउन २, २०८३
इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

साउन २, २०८३
नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    999 shares
    Share 400 Tweet 250
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    463 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.