Saturday, September 12, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

इलाममा पर्यटन प्रवर्द्धन गर्न ‘रेडपाण्डा म्याराथन’ हुने

रासस by रासस
मंसिर २६, २०८२
in विविध, समाचार
0
इटहरीमा गाँजासहित दुई जना पक्राउ, मोटरसाइकल बरामद
58
SHARES
Share on FacebookShare on Twitter

इलाम : पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी पुस १ गते इलाममा ‘रेडपाण्डा म्याराथन’ प्रतियोगिता हुने भएको छ।

इलाम सदरमुकामदेखि नेपाल-भारत सीमाक्षेत्र सन्दकपुर डाँडासम्मको म्याराथन गर्न लागिएको आयोजक दीपज्योति युवा क्लबका कार्यक्रम निर्देशक राम रिमालले जानकारी दिए।

रेडपाण्डा नेटवर्क र सन्दकपुर गाउँपालिकाको सहकार्यमा सो प्रतियोगिता आयोजना हुन लागेको हो।

पुरुष र महिलातर्फका म्याराथनअन्तर्गत धावकहरू इलाम सदरमुकामस्थित चोक बजार (११२० मिटर उचाइ) देखि सन्दकपुर डाँडा (३६१० मिटर उचाइ) सम्म ४४.२ किलोमिटर दूरीमा दौडनेछन्।

प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित देशभरका १०० बढी धावक सहभागी हुनेछन्।

प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ पहिलो हुनेले एक लाख ५० हजार रुपैयाँ, दोस्रो हुनेले एक लाख रुपैयाँ, तेस्रो हुनेले ५० हजार रुपैयाँ र चौथो हुनेले ३० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ।

त्यसैगरी स्थानीय विधातर्फ इलाम, पाँचथर र ताप्लेजुङका धावकका लागि समेत छुट्टै प्रतियोगिता हुनेछन्। यसमा पुरुष र महिला दुवैतर्फ पहिलो हुनेले २५ हजार रुपैयाँ, दोस्रो हुनेले २० हजार रुपैयाँ, तेस्रो हुनेले १० हजार रुपैयाँ र चौथो हुनेले पाँच हजार रुपैयाँ पाउनेछन्।

‘जिल्लाको पूर्वाधार विकासँगै पर्यटन प्रवर्द्धन गर्न म्याराथन प्रतियोगिता आयोजना गर्न लागेका हौँ,’ क्लबका कार्यक्रम निर्देशक रिमालले भने, ‘कार्यक्रमले यहाँको पर्यटन विकासमा थप टेवा पुर्‍याउने विश्वास लिएका छौँ।’

लोपोन्मुख रेडपाण्डा (हाब्रे) संरक्षण, खेलकुद र पर्यटन प्रवर्द्धनका लागि आयोजना हुने ‘रेडपाण्डा म्याराथन’मा नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकको समेत सहभागिता रहने रेडपाण्डा नेतवर्कका कार्यक्रम निर्देशक वाङचु भुटियाले जानकारी दिए।

म्याराथन प्रतियोगिताका लागि सन्दकपुर गाउँपालिकाले मार्गअन्तर्गतको सडक मर्मत सुरु गरेको गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले बताए।

‘पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले हाम्रै पालिकामा म्याराथन प्रतियोगिता हुँदैछ,’ अध्यक्ष गुरुङले भने, ‘यसले सन्दकपुर गाउँपालिकाको मात्र नभई समग्र इलामको पर्यटन विकासमा सहयोग पुग्नेछ।’

सन्दकपुर गाउँपालिका-२ मा पर्ने सन्दकपुर डाँडा इलामको सबैभन्दा अग्लो उचाइ ३६३६ मिटर उचाइमा पर्छ। सन्दकपुर डाँडाबाट सूर्योदयको दृश्यावलोकनसँगै विभिन्न चारवटा देश नेपाल, भारत, भुटान र चीनका हिमालहरू देख्न सकिन्छ।

यसअघि रेडपाण्डा दिवसको अवसमा भदौ ५ गते प्रतियोगिता तय गरिए पनि अन्तिम समयमा बर्सातका कारण स्थगन भएको थियो।

Tags: #पर्यटन#राससइलामरेडपाण्डा
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते
समाचार

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

by टाकुरा न्यूज । इटहरी
भदौ २६, २०८३
0

इलाम : इलामको फाकफोकथुम गाउँपालिका–६ हाङ्मासुलीस्थित पोखरी कमरे भित्री कच्ची सडकखण्डमा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। आज...

सुनसरीको चतरास्थित कोसी पुल नजिक दुर्घटना, एक युवकको मृत्यु
FEATURE BREAKING

मदन भण्डारी लोकमार्ग : उदयपुरको आर्थिक समृद्धि

by टाकुरा न्यूज । इटहरी
भदौ २६, २०८३
0

उदयपुर । पहिले महेन्द्र राजमार्गको विकल्पका रुपमा पूर्वी नेपाललाई राजधानीसँग जोड्नका लागि निर्माण सुरु गरेर पछि मदन भण्डारी लोकमार्ग नामाकरण...

आजको राशिफल – भाद्र २१ गते आइतबार

आजको राशिफल (भदौ २६ गते शुक्रबार)

भदौ २६, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

कर्तव्य गरी घटना ढाकछोप, दुईजना बालक पक्राउ

भदौ २५, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

एकै दिन सुनसरीमा पाँच फरार प्रतिवादी पक्राउ

भदौ २५, २०८३
कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी

कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी

भदौ २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

भदौ २६, २०८३
पूर्वमा चिया पर्यटन

पूर्वमा चिया पर्यटन

भदौ २६, २०८३
सुनसरीको चतरास्थित कोसी पुल नजिक दुर्घटना, एक युवकको मृत्यु

मदन भण्डारी लोकमार्ग : उदयपुरको आर्थिक समृद्धि

भदौ २६, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आजको राशिफल (भदौ २६ गते शुक्रबार)

भदौ २६, २०८३



लाेकप्रिय

  • सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    342 shares
    Share 137 Tweet 86
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    311 shares
    Share 124 Tweet 78
  • सङ्खुवासभामा गोली हानेर प्रधानाध्यापकको हत्या

    233 shares
    Share 93 Tweet 58

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.