Saturday, July 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

कर्मचारी आत्महत्या प्रकरणमा घेरिएपछि कामधेनु सहकारीद्वारा पत्रकारलाई खाममा पैसा !

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर २८, २०८२
in टाकुरा विशेष, समाचार
0
कर्मचारी आत्महत्या प्रकरणमा घेरिएपछि कामधेनु सहकारीद्वारा पत्रकारलाई खाममा पैसा !
563
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिका–१ मा मुख्य कार्यालय रहेको कामधेनु दूग्ध विकास सहकारी संस्थाले कर्मचारी आत्महत्या प्रकरणको ढाकछोप गर्न पत्रकारलाई खाममा हालेर पैसा दिएको पाइएको छ ।

गत बिहीवार (मंसिर २५)मा संस्थाबाट कारबाहीमा परेका तीन जनाले पत्रकार सम्मेलन गरी संस्थामा भएका अनियमितता, र विकृतिको भण्डाफोर गरेलगत्तै समाचार प्रकाशित भएपछि संस्थाका अध्यक्ष यादप ढकालले तत्काल पत्रकार सम्मेलन गर्न कर्मचारीलाई निर्देशन दिए ।

त्यसलगत्तै शुक्रवार (२६ मंसिर)मा संस्थाले आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी आरोप–प्रत्यारोपमा उत्रियो ।

खासगरी संस्थाका पूर्व अध्यक्ष कृष्ण अधिकारी, सेयर सदस्य मनोज दाहाल र कर्मचारी तेजप्रसाद सुवेदीलाई बर्खास्त गरेपछि उनीहरूले पत्रकार सम्मेलन गरी संस्थामा भएका विकृतिको भण्डाफोर गरे ।

त्यसलाई ढाकछोप गर्न पुनः पत्रकार सम्मेलन गरेको संस्थाले पत्रकारलाई नै खाममा हालेर पैसा बाँडेको हो ।

उपस्थित पत्रकारहरूलाई जनही एक–एक हजारका दरले खाममा पैसा बाँडेपछि केही पत्रकारले प्रतिवाद गरे ।

अध्यक्ष ढकाल र कार्यालय प्रमुख नवराज नेपालको सल्लाहमा लेखापाल मोहन खनालले एक हजारका दरले खाममा पैसा बाँडेका थिए । उपस्थित पत्रकारमध्ये केहीले पैसा लिएका थिए ।

तर, केही पत्रकारहरूले फोटो, भिडिओ खिच्न थालेपछि गल्ती भएको भन्दै संस्थाले आफ्नो बचाउ गरेको हो ।

पत्रकार आचारसंहिता २०७३ अनुसार पत्रकार तथा सञ्चारमाध्यमले समाचार सङ्कलन वा सम्प्रेषण गर्दा कुनै पनि प्रकारको अनुचित लाभ, दबाब वा प्रलोभन स्वीकार गर्न नहुने व्यवस्था छ ।

पत्रकार आचारसंहिता २०७३ को दफा ५ को उफदफा ९ मा भनिएको छ, ‘पत्रकार तथा सञ्चारमाध्यमले कुनै पनि सामाग्री सङ्कलन वा सम्प्रेषण गर्दा अनुचित प्रभाव पार्न खोज्ने विज्ञापनदाता, प्रायोजक समाचारका स्रोत, व्यक्ति वा समूह कसैको पनि प्रत्यक्ष वा परोक्ष दबाब वा प्रलोभनमा पर्नु हुँदैन ।’

खासगरी अध्यक्ष ढकालले कामधेनु सहकारी विशुद्ध किसानको संस्था भएको दाबी गर्दै आएका छन् । तर, किसानको लगानीबाट सञ्चालित भनिएको संस्थाले पत्रकारलाई पैसा किन बाँड्यो ? भन्ने प्रश्न उठेको छ । कर्मचारी प्रेम मिश्रको आत्महत्या प्रकरणलाई सामसुम पार्न प्रलोभनको प्रयास गरिएको आशंका गरिएको छ ।

संस्थाबाट कारबाहीमा परेका व्यक्तिहरूले संस्थाको विकृतिको भण्डाफोर गर्न थालेपछि संस्थाले प्रतिवाद गरी आफ्नो कुरा मात्रै बताउने र खण्डन गर्नुको सट्टा प्रलोभनमा पार्न पत्रकारलाई पैसा बाँडेको र केही पत्रकारलाई ‘पैसाको सेटिङ’समेत गरिएको स्रोतको दाबी छ ।

तर, यसबारे कार्यालय प्रमुख नेपालले यसअघि पनि बाटो खर्च दिइने गरेको प्रतिक्रिया दिए । पत्रकारलाई पैसा बाँडिएको हो ? भन्ने प्रश्नमा उनले भने, ‘पत्रकारलाई चिया पनि खुवाउन भ्याइएन । त्यही भएर एक हजार रुपैयाँका दरले बाटो खर्च दिइएको हो ।’

खासगरी यसअघि साधारणसभा, रजत जयन्तीलगायतका कार्यक्रममा पनि पत्रकारलाई एक हजार रुपैयाँ दिइने गरेकाले यसपटक पनि सो रकम उपलब्ध गराइएको उनको भनाइ छ ।

‘अरू कुनै उद्देश्य होइन, एक हजार रुपैयाँले के अर्थ राख्छ र ?, उनले टाकुरा न्यूजसँग भने, ‘यसअघि सधैँ दिइने गरेको थियो । १८–२० जना पत्रकारमध्ये केहीले लिनुभएन ।’

यस्तो छ घटनाको पृष्ठभूमि

यसअघि सहकारीले संस्थापक सदस्य तथा तीन कार्यकाल अध्यक्ष भइसकेका कृष्ण अधिकारी, सेयर सदस्य मनोज दाहाललाई सेयर सदस्यताबाट हटाएको थियो भने कर्मचारी तेजप्रसाद सुवेदीलाई तीन महिनाका लागि निलम्बन गरेको थियो ।

त्यसविरुद्ध उनीहरूले पत्रकार सम्मेलन गरी अध्यक्ष ढकालको ‘मनोपोली’ रहेको आरोप लगाएका थिए ।

यसैबीच, संस्थामा कार्यरत कर्मचारी प्रेम मिश्रले गत १७ कात्तिकमा सुसाइड नोट लेखेर आत्महत्या गरेका थिए ।

सुसाइड नोटमा उनले संस्थाका बजार प्रमुख रञ्जित झा र शेरबहादुर खड्काको नामसमेत उल्लेख गरेका थिए । मिश्रको आत्महत्यामा संस्थाबाट मानसिक दबाब परेको पीडित परिवारको आरोप छ ।

तर, आत्महत्या घटनापछि पीडित परिवारलाई पाँच लाख रुपैयाँ दिएर मिलापत्र गरिएको दाबी स्रोतले गरेको छ । यद्यपि, संस्थाले सबै आरोप अस्वीकार गरेको छ ।

मिश्रको निधनपछि अध्यक्ष ढकालसहित अन्य पदाधिकारी समवेदना दिन झापास्थित मृतकको घर गएका बेला स्थानीयले दुव्र्यवहार गरेको र फर्किने क्रममा मोरङको पथरी जंगल क्षेत्रमा मोबाइल फोन नियन्त्रणमा लिएर सोधपुछ तथा मानसिक यातना दिएको घटनासमेत बाहिर आएको थियो ।

यद्यपि, सहकारीले पत्रकार सम्मेलनमार्फत ती आरोप खण्डन गरेको छ ।

उक्त घटनालाई सामसुम पार्न अध्यक्ष ढकालले प्रयास गरेका थिए । सो घटना छताछुल्ल भएपछि आक्रान्त बनेका ढकालले तत्कालै पत्रकार सम्मेलन गरी आफ्नो बचाउ गरे ।

अध्यक्ष ढकालद्वारा जारी विज्ञप्तिमा सहकारी ऐन, नियमावली र प्रचलित कानुनअनुसार निर्णय गरिएको दाबी गरिएको छ ।

‘संस्थामा कार्यरत कर्मचारी गुमाएको दुःखद घडीमा संस्था परिवार स्तब्ध रहेको बेला यस संस्थाका कर्मचारी तथा सेयर सदस्यले पीडित परिवारसमक्ष गलत सूचना प्रवाह गरी संस्थाको हित विपरीत कार्य गरेको ठहर गरी संलग्न कर्मचारी तथा सेयर सदस्यलाई संस्थाले विभिन्न मितिमा पत्राचार गरि स्पष्टीकरण सोधीएको हो,’ अध्यक्ष ढकालद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सञ्चालक समिति र विभिन्न उपसमितिको संयुक्त बैठकको निर्णयानुसार निलम्वन तथा सेयर सदस्यता खारेजी गरिएको हो ।’

कार्यसम्पादन गर्ने क्रममा कर्मचारीले संस्थाको कर्मचारी प्रशासनिक नियमावली सञ्चालक समिति तथा सेयर सदस्यको माझमा इमानदारीता र पारदर्शीतालाई ध्यानमा राखी संस्थागत हितमा कार्यसम्पादन गर्नुपर्ने भएपनि कर्मचारी सुवेदीले कर्मचारी प्रशासन नियमावली विपरीत अक्षम्य कार्य गरेकाले निलम्बन गरिएको ढकालले प्रष्टीकरण दिए ।

‘कामधेनु दुग्ध विकास सहकारी संस्थाको सन्दर्भमा कर्मचारी तथा सेयर सदस्यले लगाएको सम्पूर्ण आरोप–प्रत्यारोप मिथ्या रहेको छ । संस्थाले उक्त घटना तथा अन्य समसामामिक विषयहरूमा गोष्ठी तथा सभा सम्मेलन गर्दा सम्पूर्ण सदस्यलाई लिखित, मौखिक वा प्रविधिको प्रयोग गरि जानकारी पठाउने गरिएको छ,’ ढकालले भने, ‘संस्थाले कुनैपनि कार्य सहकारी ऐन, नियमावली, संस्थाको स्वीकृत विनियम नीति निर्देशिका सञ्चालक समितिको निर्णय तथा नेपाल सरकारको प्रचलित कानुन बमोजिम गरेको छ ।’

यो पनि – कामधेनु सहकारीमा ‘सुसाइड नोट’ प्रकरण : घटना सामसुम पार्न पूर्व अध्यक्षसहित तीन जनामाथि कारबाही

Tags: #आत्महत्याकामधेनुटाकुरा विशेषयादप ढकाल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन
विविध

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

by टाकुरा न्यूज । इटहरी
साउन १, २०८३
0

इटहरी : गत भदौमा जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त बनेको इटहरीस्थित प्रहरी भवन पुनर्निर्माण भएपछि स्थानीय स्तरमा प्रहरी सेवा पुनःस्थापित...

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान
पर्यावरण

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

by रासस
साउन १, २०८३
0

चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा २२ वटा गैँडा मरेका छन् । गत आर्थिक वर्षको असार मसान्तसम्ममा निकुञ्ज क्षेत्रमा...

पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

साउन १, २०८३
कोशी ब्यारेज पुल

कोशी ब्यारेज पुल

साउन १, २०८३
मोरङमा खसी खेदाउने क्रममा सडक पार गर्दा टिपरको ठक्करले वृद्धाको मृत्यु

मोरङमा खसी खेदाउने क्रममा सडक पार गर्दा टिपरको ठक्करले वृद्धाको मृत्यु

साउन १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

साउन १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    977 shares
    Share 391 Tweet 244
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    463 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.