Sunday, September 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

कामधेनु सहकारीमा ‘सुसाइड नोट’ प्रकरण : घटना सामसुम पार्न पूर्व अध्यक्षसहित तीन जनामाथि कारबाही

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर २६, २०८२
in टाकुरा विशेष, समाचार
0
कामधेनु सहकारीमा ‘सुसाइड नोट’ प्रकरण : घटना सामसुम पार्न पूर्व अध्यक्षसहित तीन जनामाथि कारबाही
211
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कामधेनु सहकारीका एक कर्मचारीले आत्महत्यापूर्व लेखेको ‘सुसाइड नोट’ सार्वजनिक हुन नदिन गरिएको योजनाबद्ध प्रयासको पृष्ठभूमि सतहमा आएको छ ।

इटहरी उपमहानगरपालिका –१ मा मुख्य कार्यालय रहेको कामधेनु दूग्ध विकास सहकारी संस्थामा पछिल्ला केही दिनयता आन्तरिक विवाद चर्किएको हो ।

संस्थापक सदस्य तथा तीन कार्यकाल अध्यक्ष भइसकेका कृष्ण अधिकारीसहित सेयर सदस्य मनोज दाहाल र कर्मचारी तेजप्रसाद सुवेदीमाथि पनि कारबाही गरिएपछि विवाद चर्किएको हो ।

स्रोतका अनुसार यसअघि संस्थाका कर्मचारी प्रेम मिश्रको मृत्यु घटनालाई सामसुम पार्ने प्रयास गरिएको थियो ।

मिश्रले लेखेको सुसाइड नोटमा सहकारीका सञ्चालनमा भएका अनियमितता, बलजफ्ती, दबाब, प्रभाव र मानसिक यातना र मनोवैज्ञानिक दवाबका बारेमा उल्लेख थियो।

तर उक्त नोट सार्वजनिक भए सहकारीको छवि प्रभावित हुने डर देखाउँदै अध्यक्ष यादप ढकालसहितका पदाधिकारीले आन्तरिक सल्लाह गरी सेयर सदस्यबाट हटाइएको पीडितले बताएका छन् ।

गत १७ कात्तिकमा कर्मचारी मिश्रले संस्थाकै दुई जना कर्मचारीको नाम उल्लेख गरी आत्महत्या गरेपनि उक्त घटनालाई सामसुम पार्ने प्रयास गरियो ।

अध्यक्ष ढकालले मिश्रको काममा असन्तुष्टि जनाउँदै केही स्पष्टीकरण सोधेका थिए । संस्थाबाट पटकपटक दबाब दिइएको र मानसिक यातना दिइएकाले मिश्रले आत्महत्या गरेको पीडित परिवारले जनाएका छन् ।

मिश्रले संस्थाका बजार प्रमुख रञ्जित झा र शेरबहादुर खड्काको नाम उल्लेख गर्दै ‘सुसाइट नोट’लेखेका थिए ।

तर, संस्थाले भने पीडितलाई ‘पाँच लाख रुपैयाँ दिएर मिलाएको स्रोतको दाबी छ । घटना सामसुम पार्नका निम्ति मोटो रकम दिएको दाबी गरिएको छ ।

खासगरी मिश्रको निधनपछि अध्यक्ष ढकालसहित अन्य कर्मचारीहरू समवेदना दिन झापास्थित घर गएका थिए ।

त्यस क्रममा स्थानीयले उनीहरूलाई दुव्र्यवहार गरे । फर्किने क्रममा मोरङस्थित पथरीको जङ्गलमा आइपुगेपछि सँगै गएका सबैको मोबाइल फोन ढकालले नै नियन्त्रणमा लिएर सोधपुछ गरी मानसिक यातना दिएका थिए ।

इटहरीमा एक पत्रकार सम्मेलन गरी संस्थाभित्र व्यापक अनियमितता भएको र त्यसबारे ढाकछोप गर्न आफूहरूलाई ‘कारबाहीको डण्डा’ हानिएको सेयर सदस्यबाट निकालिएका पूर्व अध्यक्ष अधिकारीले बताए ।

अधिकारीले आफूलाई सेयर सदस्यबाट निष्कासन गरिएको पत्रबारे आफू आश्चर्यचकित भएको बताए ।

‘२०८२ मंसिर १२ गते बसेको सञ्चालक समिति र उपसमितिको संयुक्त बैठकको निर्णयानुसार विनियमको दफा १३ ‘क’ र ‘ग’ बमोजिम दोषी ठहर गरी शेयर सदस्यबाट निष्कासन गरिएको छ भन्ने पत्रमा लेखिएको रहेछ,’ अधिकारीले भने, ‘अभियोग के रहेछ भनेर हेर्दा ‘भ्रामक र तथ्यहीन समाचार सम्प्रेषण गरिएको’ रहेछ ।’

०६१ सालदेखि निरन्तर आठ वर्षसम्म अध्यक्ष भएर तीन कार्यकाल सम्हालेका अधिकारीलाई ‘भ्रामक समाचार प्रेषण’ गरिएको भन्दै हटाइएकाले आफ्नो आपत्ति रहेको उनले जनाए ।

खासगरी संस्थाभित्र भएका अनियमितताबारे आफूले चासो राख्दा आफूखुशी रूपमा अध्यक्ष यादप ढकालको हठले हटाइएको अधिकारीले बताए ।

अध्यक्ष ढकाल र सञ्चालक समितिले गैरकानुनी र गैरजिम्मेवार तरिकाले पूर्वाग्रह राखेर आफूलाई साधारण सदस्यबाटै हटाइएकोमा उनको आपत्ति छ ।

‘कामधेनुको अध्यक्ष भइसकेपछि तलबसरह मासिक ४० हजार लिन थालेछन् । त्यो गैरकानुनी हुन्छ नखाउ भनेँ । केही समय खाएछन् र छोडेछन् । खान दिएनन् भनेर रिसाएका रहेछन्,’ अधिकारीले पत्रकार सम्मेलनमा भने, ‘धेरै वर्षदेखि सेयर सदस्यले बोनस पाएका छैनन्, त्यसैले खर्च घटाउ, कारोबार बढाउ र पारदर्शी गर सेयर सदस्यको पूँजीको पनि सम्मान गर भनेको थिएँ, त्यसबाट पनि रिसाएका रहेछन् ।’

आफूले संस्थाको हितकै निम्ति आवाज उठाउँदा पूर्वाग्रह राखिएको पूर्व अध्यक्ष अधिकारीले बताए ।

‘कामधेनुले संस्थागत सम्झौता गरी गरेको दानाको कारोबार संस्थासँग खोसेर अध्यक्ष आफैँले गर्न थालेछन् । अध्यक्ष भएको मान्छेले उनको आफ्नो गोठमा उत्पादन भएको दूध कामधेनुलाई नै बेच्नुपर्ने बाध्यात्मक व्यवस्था हुँदाहुँदै अरू नै व्यापारीलाई बेच्दा रहेछन्,’ अधिकारीको आरोप छ, ‘त्यसो नगर भन्दा रिसाएका रहेछन् । त्यही पूर्वाग्रहले ग्रस्त भएर शेयर सदस्यबाट निष्कासन गर्ने निर्णय गराएका हुन् जो कानुन विपरीत छ ।’

आफूलाई समाचारको कारण देखाउँदै निष्कासन गरिएको भएपनि कुन समाचार वा कुन कुन सन्दर्भको समाचार हो ? भन्नेबारे केही उल्लेख नभएको उनले उदृत गरे । खासगरी सहकारी भावना र सहकारी ऐनविरूद्ध संस्था अगाडि बढेको उनले जनाए ।

त्यसैगरी दाहाललाई पनि ‘भ्रामक र तथ्यहीन समाचार’ भन्दै सेयर सदस्यबाटै निष्कासन गरिएको छ ।

‘कुन समाचार हो ? कुन विषयको समाचार हो ? कहाँ, कहिले र कसलाई मबाट सम्प्रेषण भयो ? त्यो उल्लेख छैन । केवल रिसिइबीबाट विक्षिप्त मनस्थितिले शेयर सदस्यबाट निकाल्नका लागि यस्तो भ्रामक, मनगढन्ते र असत्य आरोप लगाएर सेयर सदस्यको हक अधिकारमाथि धावा बोल्ने कुचेष्टा गरिएको छ,’ दाहालले पत्रकार सम्मेलनमा भने ।

खासगरी अध्यक्ष ढकालले संस्थामा गरेको अनियमितताका बारेमा आफूले पटक–पटक सचेत गराउँदै आएकाले रिसिइबी साँधिएको उनको आरोप छ ।

‘मैले आर्थिक अनियमितताका बारेमा साधारणसभालाई जानकारी गराउँदै सञ्चालक समितिलाई सजग गराएकाले रिसिइबीले हटाइयो,’ उनले भने, ‘संस्थामा अनियमितता भएका र भइरहेका उदाहरणहरू धेरै छन् ।’

‘ढकालले मोरङमा बनिगामा सहकारी संस्था सञ्चालन गरी आफ्नै पत्नीलाई व्यवस्थापक बनाएको र त्यसै समयमा युवा स्वरोजगार कार्यालयबाट ४० लाख रुपैयाँ ऋण लिएको भएपनि नक्कली ऋणी खडा गरेर उक्त रकम हिनामिना गरेकाले वनिगामा संस्था कालोसूचीमा परेको छ,’ दाहाल भन्छन्, ’सबै सञ्चालकहरूका बैंक खाताहरू रोक्का भएका छन्, तर विडम्बना के छ भने त्यही कालोसूचीमा परेको वनिगामा संस्थामा कामधेनु संस्थाको सेवा केन्द्रको साइनबोर्ड झुण्ड्याएर बनिगामाका तीन जना कर्मचारीहरुलाई कामधेनुबाट तलव भत्ता खुवाइदैँछ ।’

कामधेनु सहकारीको रकम जथाभावी अनियमितता भइरहेकोमा आफूले आपत्ति जनाउँदा अध्यक्ष ढकालले संस्थागत कुरा बाहिरिने डरले हटाएको दाहालको आरोप छ ।

‘ढकालकै जयपति कृषि फर्मबाट उत्पादित दूधको ठूलो परिमाण कामधेनुमा नबेचीकन बिचौलियामार्फत बाहिरी बजारमा बिक्री गर्दै आएका छन् । जसले धेरै अनियमितता, सहकारी भावना र ऐन विपरीत सञ्चालन गरेर संस्थालाई निरन्तर नोक्सानी पु¥याइरहेका छन्,’ दाहालले भने ।

समानान्तर कारोबार गरेको भन्दै यसअघि रामप्रसाद काफ्ले र हिक्मत काफ्लेको सदस्यता खारेज गरिएको छ । काफ्ले अध्यक्षमा उनै ढकालसँग प्रतिस्पर्धी रहेका थिए ।

निलम्बनमा परेका कर्मचारी सुवेदीले आफूमाथि निरन्तर अन्याय भएको बताए ।

मार्केटिङको क्षेत्रमा काम गर्दै आएका उनलाई यसअघिको सञ्चालक समितिले २७ कात्तिक ०७९ मा पूर्वाग्रहपूर्ण निर्णय गरेर जागिरबाट हटाएको थियो । तर, अदालतले २१ फागुन ०८१ मा निर्दोष ठहर गरेपछि पुनः हाजिर भएका थिए । तर, अदालतले तोकेको सुविधा दिन आनाकानी गरेपछि मनमुटाव बढेको र अहिले बिनाकारण निलम्बन गरिएको सुवेदीले बताए ।

‘हाजिर गराएपनि अदालतमा न्याय खोज्न जाने मान्छेलाई राख्नुहुँदैन भनेर मलाई विभाग परिवर्तन गर्दै सरुवा गर्ने, काम गर्न बाधा गर्ने र हतोत्साहित गर्ने काम भयो,’ सुवेदी भन्छन्, ‘अध्यक्ष ढकाल र उनका मान्छेले मलाई गरेको उपेक्षा र बेला–बेला दिने मानसिक यातनाले गर्दा मलाई पटक–पटक आत्महत्या गर्ने सोच आउँथ्यो ।’

अहिले आफूलाई बिनाकारण निलम्बन गर्नुको कारणबारे आफू अनभिज्ञ रहेको बताए ।

यसबारे अध्यक्ष ढकालले भने संस्थागत आचारसंहिता पालना नगरेकाले हटाइएको प्रतिक्रिया दिए ।

‘संस्थाले सोधेको स्पष्टीकरण कृष्ण अधिकारीले बुझ्न मान्नुभएन । सात दिनको म्याद राखेर हामीले हुलाकबाटसमेत चिट्ठी पठाइएका छौँ,’ ढकालले फोन सम्पर्कमा टाकुरा न्यूजसँग भने, ‘उहाँले बुझ्न मान्नुभएन । हामीले संस्थागत आचारसंहित पालना नगरेका कारणले हटाएका हौँ ।’

यसैगरी दाहाललाई पनि आचारसंहिता पालना नगरेकाले हटाइएको र कर्मचारी सुवेदीले संस्थाको हित विपरीत काम गरेकाले निलम्बन गरिएको ढकालले बताए ।

‘सञ्चालक समितिको संयुक्त बैठकबाट हटाइएको हो । पुनरावेदन गर्ने अधिकार उहाँहरूलाई छ । त्यहाँबाट न्याय पाउन पनि सक्नुहुन्छ,’ उनले भने, ‘अब साधारणसभामा कुरा उठाउने र उचित जबाफ आए कारबाही फिर्ता पनि हुनसक्छ ।’

पत्रकार सम्मेलन गरी कसैले पनि न्याय नपाउने उनले प्रतिक्रिया दिए । ‘संस्थाको कुरा पत्रकार सम्मेलन गरेर न्याय पाइन्छ त ? कर्मचारीले पनि संस्थाको हित विपरीत काम गरेकाले तीन महिनाका लागि निलम्बन गरिएको हो,’ ढकालले थपे ।

कर्मचारीले सुसाइड नोट लेखेको विषयलाई यहाँ जोड्न नहुने उनको जिकिर छ । ‘कर्मचारीको नाम लेखेर सुसाइड नोट लेखिएको हो । त्यस विषयमा छलफल गर्यौँ, मिलाइसकेको छ,’ ढकालले भने, ‘त्यो केस र यो कुरा फरक हो । यहाँ जोड्न आवश्यक हुँदैन ।’

पैसा दिएर पीडितलाई चुप लगाइएको भन्ने कुरा छ नि भन्ने प्रश्नमा उनले भने, ‘त्यो केसमा पैसा दिइयो, दिइएन थाहा भएन । किरिया खर्च भनेर ५१ हजार दिएका हौँ । अरू पैसा दिइएको होइन ।’ यसबारे प्रहरीले अनुसन्धानसमेत गरिरहेको उनको भनाइ छ ।

एक हजार ६ सय भन्दा बढी सेयर सदस्य भएको उक्त संस्थामा दैनिक ११ हजार भन्दा धेरै कृषकले उत्पादन गरेको दूग्धजन्य पदार्थ खरिद हुँदै आएको छ ।

संस्थाले दुई बिगाहा एक कट्ठा जमिनमा दूग्धजन्य पदार्थको उत्पादन गरी कार्यालयसमेत सोही स्थानमा राखेको छ ।

देशैभर विभिन्न स्थानमा बिक्री कक्ष स्थापना गरी दूग्धजन्य पदार्थ बिक्री वितरण गर्दै आएको छ ।

तर, आन्तरिक किचलो, सञ्चालक समितिको मनोपोली र व्यक्तिगत रिसिइबीका कारण संस्था धराशयी बन्दै गएको स्रोत बताउँछ ।

Tags: कामधेनुकारबाहीकृष्ण अधिकारीयादप ढकाल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

झापामा चट्याङले लागेर एकैदिन तीनको मृत्यु
समाचार

चट्याङ लागेर युवाको ज्यान गयो

by टाकुरा न्यूज । इटहरी
भदौ २७, २०८३
0

उदयपुर । उदयपुरको कटारी नगरपालिका वडा नम्बर ८ मा शनिबार दिउँसो चट्याङमा लागेर एक जना युवाको ज्यान गएको छ ।...

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर
FEATURE BREAKING

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

by टाकुरा न्यूज । इटहरी
भदौ २७, २०८३
0

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाको वडा नं ३ र ४ बसाहा वरपर तथा मदन भण्डारी लोकमार्ग दायाँबायाँ अहिले सप्तरीको बरमझियाका...

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

भदौ २७, २०८३
इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

भदौ २७, २०८३
बाढीपीडितको राहतमा जुट्यो तरहरा

बाढीपीडितको राहतमा जुट्यो तरहरा

भदौ २७, २०८३
इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

भदौ २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापामा चट्याङले लागेर एकैदिन तीनको मृत्यु

चट्याङ लागेर युवाको ज्यान गयो

भदौ २७, २०८३
चाँडै खरानी घस (कविता)

चाँडै खरानी घस (कविता)

भदौ २७, २०८३
बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

भदौ २७, २०८३
एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

भदौ २७, २०८३



लाेकप्रिय

  • सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    345 shares
    Share 138 Tweet 86
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    290 shares
    Share 116 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    248 shares
    Share 99 Tweet 62
  • साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

    238 shares
    Share 95 Tweet 60

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.