Wednesday, September 2, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलनको तयारी पूरा, एक सय १२ वटा कार्यपत्र प्रस्तुत गरिदैँ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस ३, २०८२
in समाचार
0
अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलनको तयारी पूरा, एक सय १२ वटा कार्यपत्र प्रस्तुत गरिदैँ
71
SHARES
Share on FacebookShare on Twitter

इटहरी : उच्च शिक्षामा नवीनता, अनुसन्धान र स्थायीत्वका लागि इटहरीमा यही पुस ५ गतेदेखि हुने अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलनको तयारी पूरा भएको छ ।

दुई दिनसम्म चल्ने सम्मेलनमा एक सय १२ वटा अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गरिनेछ ।

जनता बहुमुखी क्याम्पसलाई पूर्वकै शैक्षिक हबको रूपमा विकास गरेर लैजाने उद्देश्यका साथ हुन लागेको सम्मेलनमा चारवटा किनोट स्पिच, १५ वटा प्लेनरी स्पिच, चारवटा फिचर्ड स्पिच, एउटा समूह छलफल र एउटा कविता प्रस्तुति रहनेछ ।

यस्तै, अन्तरक्र्रियात्मक पोस्टर प्रदर्शनी, विद्यार्थी प्रतिभा जागरण सत्र, कार्यशाला र ८४ वटा कन्करेन्ट सेसन सञ्चालन हुने सहायक क्याम्पस प्रमुख तथा सम्मेलन संयोजक इन्द्रप्रसाद प्याकुरेलले बिहीवार आयोजना गरेको पत्रकार सम्मेलनमा बताए । उनका अनुसार पहिलो दिनको प्रस्तुतिमा ४२ ओटा अवधारणा पत्र रहने र दोस्रो दिनको प्रस्तुतीमा ३५ ओटा अवधारणा पत्रसहित प्रस्तुति रहनेछन् ।

कार्यक्रममा मुख्य नोट स्पिकरको रूपमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्राध्यापक डाक्टर महानन्द चालिसे, त्रिभुवन विश्वविद्यालय सिइएनएएसका कार्यकारी निर्देशक डाक्टर मिर्गेन्द्र कार्की, कोलम्बिया विश्वविद्यालय टिचर्स कलेज न्यूयोर्क अमेरिकाका डाक्टर प्रेम फ्याक र बाबा मस्तनाथ विश्वविद्यालय भारतका पूर्वउपकुलपति प्रोफेसर एचएल वर्मा सहभागी हुनेछन् ।

कार्यक्रममा पाँच जना विदेशी विज्ञसहित नेपालका नाम चलेका अन्य १२ जना गरी १६ ना प्लेनरी स्पिकरको रूपमा रहेका छन् । जसमा दुई जनता कलेजकै प्राध्यापक रहेका छन् ।

यस्तै, चार जना फिचर्ड स्पिकरको रूपमा रहेका छन् । यस्तै, अन्तरक्र्रियात्मक पोस्टर प्रदर्शनी, विद्यार्थी प्रतिभा जागरण सत्र, कार्यशाला र कन्करेन्ट सेसन सञ्चालनका लागि पनि अलग अलग प्रस्तुति रहनेछन् ।

सम्मेलनका लागि खानपान, बसोबास, स्वागत, कार्यक्रमको तालिका, प्रचारप्रसार, आर्थिकलगायतका सबै समितिले आफ्नो काम पूरा गरेका छन् ।

नेपालकै सामुदायिक कलेजमध्ये जनता बहुमुखी कलेज धेरै विद्यार्थी भएको कलेजमा पर्छ । त्यसमा पनि कोशी प्रदेशको केन्द्रमा पर्ने र सबैलाई पायक पर्ने अनि विद्यार्थी अध्ययन गर्न आउनेको रोजाईको केन्द्र बनेको छ ।

शैक्षिक विज्ञ र अनुसन्धानकर्ताबीच अन्तर विषय संवाद र सहयोगलाई गति लिदैँ समसामयिक विश्वका चुनौती सामाना गर्न, समय सापेक्ष शिक्षालाई परिवर्तन र परिस्कृत गरेर लैजान नवीन शैक्षिक नमूनाका लागि संरचनात्मक अध्ययन गर्नुपर्छ भन्ने सोचले कार्यक्रम गर्न लागिएको सञ्चालक समिति अध्यक्ष विकास केसीले बताए ।

सम्मेलनमार्फत मानविकी, शिक्षा, व्यवस्थापन, भाषाशिक्षण जस्ता विविध क्षेत्रका विद्वान्, अनुसन्धानकर्ता, नीतिनिर्माता तथा सरोकारवालाहरूबीच अन्तरविषयक संवाद र सहयोगलाई विशेष महत्व दिँदै समकालीन चुनौतीहरूप्रति समग्र दृष्टिकोणलाई बढावा दिन योगदान पुग्ने विश्वास लिइएको छ ।

यस्तै, शिक्षाको दिगो विकासका लागि, प्रविधिअनुकूलको शिक्षण र उपकरणहरूलाई एकीकृत गर्ने नवीन शैक्षणिक नमुनाहरूको समालोचनात्मक अध्ययन र प्रसार गर्न पनि योगदान पुग्नेछ ।

सम्मेलनले स्थायी समाजको प्रवद्र्धनमा मानविकी र सामाजिक विज्ञानको भूमिकालाई अन्वेषण र विकास गर्नु, व्यवस्थापन शिक्षा र व्यावसायिक संस्थाहरूमा स्थायी र व्यावसायिक इमानदारिसँग सम्बन्धित कामहरूमा अनुसन्धान र प्रवद्र्धन गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।

उच्चगुणस्तरीय शिक्षा प्रदान गर्नका लागि शिक्षक सशक्तिकरणको केन्द्रीय भूमिकालाई सम्बोधन गर्दै शिक्षकको व्यावसायिक विकास, क्षमता निर्माण र उनीहरूको कल्याणलाई बढावा दिने प्रभावकारी रणनीतिहरू पहिचान गर्न पनि सम्मेलनले योगदान पुग्ने क्याम्पस सञ्चालक समिति सदस्य एवम् पदपूर्ति समितिका संयोजक चन्द्रप्रसाद भट्टराईले बताए ।

सम्मेलनका लागि ३५ लाख खर्च लाग्नेछ । यसक्रममा सहभागीबाट रजिष्ट्रेसन शुल्क बापत प्रतिव्यक्ति दुई हजार पाँच सय लिने निर्णय भएको छ ।

Tags: जनता बहुमुखी क्याम्पसशिक्षाशैक्षिक सम्मेलन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीकी एक महिलाले दुई छोरी र एक छोरासहित सप्तकोसीमा हाम्फाल्न लाग्दा प्रहरीद्वारा उद्वार
समाचार

मोटरसाइकलमा गाँजा तस्करी, सुनसरीमा दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ १७, २०८३
0

इटहरी : सुनसरीका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ४५ किलोभन्दा बढी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । दुहबी नगरपालिका–११ नहरचोकस्थित...

भोजपुरमा वन पैदावारबाट ९ करोड ६९ लाख राजस्व
विविध

भोजपुरमा वन पैदावारबाट ९ करोड ६९ लाख राजस्व

by रासस
भदौ १७, २०८३
0

भोजपुर : जिल्लामा काठ तथा गैरकाष्ठ वन पैदावारको निकासीबाट रु नौ करोड बढी राजस्व सङ्कलन भएको छ । डिभिजन वन...

मोरङमा एक पुरुष मृत भेटिए

सुनसरीमा उद्योग परिसरमै क्रेनले किच्दा मजदुरको मृत्यु

भदौ १७, २०८३
कोशीका पाँच जिल्लाका बालबालिकामा कुपोषण चिन्ताजनक

कोशीका पाँच जिल्लाका बालबालिकामा कुपोषण चिन्ताजनक

भदौ १६, २०८३
टाकुरा न्यूजको समाचार संयोजकमा पराजुली र साहित्यिक संयोजकमा भट्टराई नियुक्त

टाकुरा न्यूजको समाचार संयोजकमा पराजुली र साहित्यिक संयोजकमा भट्टराई नियुक्त

भदौ १६, २०८३
कोशीका १५९ जना अझै बेपत्ता, सोलुखुम्बुका ४२

कोशीका १५९ जना अझै बेपत्ता, सोलुखुम्बुका ४२

भदौ १६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीकी एक महिलाले दुई छोरी र एक छोरासहित सप्तकोसीमा हाम्फाल्न लाग्दा प्रहरीद्वारा उद्वार

मोटरसाइकलमा गाँजा तस्करी, सुनसरीमा दुई जना पक्राउ

भदौ १७, २०८३
भोजपुरमा वन पैदावारबाट ९ करोड ६९ लाख राजस्व

भोजपुरमा वन पैदावारबाट ९ करोड ६९ लाख राजस्व

भदौ १७, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

सुनसरीमा उद्योग परिसरमै क्रेनले किच्दा मजदुरको मृत्यु

भदौ १७, २०८३
कोशीका पाँच जिल्लाका बालबालिकामा कुपोषण चिन्ताजनक

कोशीका पाँच जिल्लाका बालबालिकामा कुपोषण चिन्ताजनक

भदौ १६, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    307 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    281 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.