Thursday, August 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

साहित्यको माध्यमबाट सामाजिक रूपान्तरण गर्ने उद्देश्यसहित ‘खोटेहाङ साहित्य महोत्सव’

रासस by रासस
पुस ५, २०८२
in कला साहित्य, समाचार
0
साहित्यको माध्यमबाट सामाजिक रूपान्तरण गर्ने उद्देश्यसहित ‘खोटेहाङ साहित्य महोत्सव’
62
SHARES
Share on FacebookShare on Twitter

खोटाङ : जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटाङबजारमा ‘खोटेहाङ साहित्य महोत्सव– २०८२’ सुरु भएको छ ।

साहित्यको माध्यमबाट सामाजिक रूपान्तरण गर्ने उद्देश्यसहित खोटेहाङ प्रज्ञा–प्रतिष्ठान, खोटेहाङ गाउँपालिका खोटाङले खोटाङबजारमा दुई दिने साहित्यिक महोत्सव आयोजना गरेको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँको सहकार्यमा आयोजना गरिएको महोत्सवको उद्घाटन समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाले कविता वाचन गरेर गरे ।

खोटेहाङ गाउँपालिकाको सभाहलमा आयोजित महोत्सवमा माध्यमिक तहका विद्यार्थीका लागि कविता प्रतियोगिता, बाल साहित्य तथा बाल मनोविज्ञानका बारेमा विचार विमर्श, ‘मुन्दुम र जोसमनी दर्शन, कति नजिक कति टाढा’ विषयक विचार गोष्ठी, ‘अर्थ राजनीतिक दृष्टिकोणबाट बसाइँसराइको कारण न्यूनीकरणको उपाय’ विषयक विचार गोष्ठी तथा बृहत् कविता गोष्ठीको आयोजना गरिएको छ ।

महोत्सवमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव डा धनप्रसाद सुवेदी, अर्थ राजनीतिक विश्लेषक हरि रोका, नेपाल प्रज्ञा प्रतिष्ठानका समालोचना तथा साहित्य इतिहास विभाग प्रमुख डा. मधुसूदन गिरी, नेपाल प्रज्ञा प्रतिष्ठानका दर्शनशास्त्र विभाग प्रमुख डा. कृष्णराज अधिकारी, मुन्दुम अध्येता भोगिराज चाम्लिङ, कवि एवं लेखक कविता राईलगायतको सहभागिता रहेको छ ।

महोत्सवको पहिलो दिन गाउँपालिकाभित्रका माध्यमिक तहमा अध्ययनरत विद्यार्थीका लागि कविता प्रतियोगिता आयोजना गरिएको खोटेहाङ प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष इन्द्र नारथुङ्गेले जानकारी दिए ।

नेपालमा बाल साहित्यको अवस्थाका बारेमा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमल निभा, सदस्य सचिव डा. धनप्रसाद सुवेदी, प्राज्ञ डा. मधुसुदन गिरीले प्रवचन दिनेछन् ।

यस्तै, बसाइँसराइँका कारण र न्यूनीकरणको उपाय शीर्षकमा अर्थ राजनीतिक विश्लेषक हरि रोकाले प्रस्तुत गर्नुहुने कार्यपत्रमा सामाजिक अध्येता टङ्क थापा र शैक्षिक अभियन्ता सूर्यबहादुर राईले टिप्पणी गर्ने जनाइएको छ ।

महोत्सवमा मुन्दुम अध्येता भोगिराज चाम्लिङले प्रस्तुत गर्ने ‘मुन्दुमको विश्व दृष्टिकोण’ शीर्षकको कार्यपत्रमा कवि एवं शैक्षिक अभियन्ता नरेन्द्र निर्विकारले टिप्पणी गर्नेछन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका दर्शनशास्त्र विभाग प्रमुख डा कृष्णराज अधिकारीको जोसमनी दर्शनसम्बन्धी विचार प्रस्तुत गर्ने जनाइएको छ ।

महोत्सवमा किरात मुन्दुम र जोसमनी दर्शनको निकटताका बारेमा समेत विमर्श गरिने आयोजकले जनाएको छ ।

खोटेहाङ गाउँपालिकाको आर्थिक सहयोगमा आयोजित महोत्सवमा कवि नरेन्द्र निर्विकार, केशव कार्की, कविता राई, आस्था कोपिला, भोगेन एक्ले, जीवन आरोही, भीम राई, भूमिराज मरुभूमि, ज्ञानदीप चाम्लिङ राई, नीरस एसके पीडित, निराजन भण्डारी, भगवती शर्मा, कृष्णश्री राई, रोशन पौडेल, भुवन गाउँलेलगायतले आ–आफ्नो कविता वाचन गर्ने आयोजकले जनाएको छ ।

महोत्सवमा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, खोटेहाङ गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’, उपप्रमुख रूपेश राई, जन्तेढुङ्गा गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दीक्षा’, बराहपोखरी गाउँपालिका प्रमुख सालिकराम बञ्जरा, जिल्लास्थित साहित्यकारलगायतको उपस्थिति थियो ।

जिल्लाको पुरानो सदरमुकाम खोटाङबजारमा आयोजना गरिएको महोत्सवमा साहित्यिक क्षेत्रका मूर्धन्यहरूको सृजना वाचनले गुञ्जयमान भएको छ ।

Tags: #खोटाङ#रासस#साहित्यमहोत्सव
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

ड्रोनबाट देखिएको ओखलढुङ्गा रामपुरटारको दृश्य
विविध

ड्रोनबाट देखिएको ओखलढुङ्गा रामपुरटारको दृश्य

by टाकुरा न्यूज । इटहरी
साउन २७, २०८३
0

धान उत्पादनमा प्रख्यात मानिने ओखलढुङ्गाको रामपुरटारमा खेत रोपाइँ सकिएपछि ड्रोनबाट देखिएको दृश्य । जिल्लामा धान लगाउने तीन हजार ८०३ हेक्टर...

विविध

वर-पीपल जोगाउँदै पर्यटकीय गन्तव्य बनाउने अभियान

by रासस
साउन २७, २०८३
0

भोजपुर : टेम्केमैयुङ गाउँपालिका–९ हिलेमा वर–पीपलको संरक्षण गर्दै पर्यटकीय पूर्वाधार विकास गर्ने उद्देश्यले चौतारा निर्माण तथा वृक्षरोपण कार्यक्रम सञ्चालन गरिएको...

ओखलढुङ्गाको पलापु गाउँमा माकुराको जालोजस्तै जेलिएका सडक

ओखलढुङ्गाको पलापु गाउँमा माकुराको जालोजस्तै जेलिएका सडक

साउन २७, २०८३
सहिद घोषणा भएपछि सुनसरीका रवीन्द्र मेहताको अन्त्येष्टि

सहिद घोषणा भएपछि सुनसरीका रवीन्द्र मेहताको अन्त्येष्टि

साउन २७, २०८३
कोशी प्रदेश सरकारबाट बाहिरिए कांग्रेसका मन्त्रीहरू

कोशी प्रदेश सरकारबाट बाहिरिए कांग्रेसका मन्त्रीहरू

साउन २७, २०८३
आन्तरिक रावश्व कार्यालय भद्रपुरमा ७५ करोड राजश्व सङ्कलन

इलाम यातायात कार्यालयले एक वर्षमा उठायो १४ करोड ६३ लाख राजस्व

साउन २७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

ड्रोनबाट देखिएको ओखलढुङ्गा रामपुरटारको दृश्य

ड्रोनबाट देखिएको ओखलढुङ्गा रामपुरटारको दृश्य

साउन २७, २०८३

वर-पीपल जोगाउँदै पर्यटकीय गन्तव्य बनाउने अभियान

साउन २७, २०८३
ओखलढुङ्गाको पलापु गाउँमा माकुराको जालोजस्तै जेलिएका सडक

ओखलढुङ्गाको पलापु गाउँमा माकुराको जालोजस्तै जेलिएका सडक

साउन २७, २०८३
सहिद घोषणा भएपछि सुनसरीका रवीन्द्र मेहताको अन्त्येष्टि

सहिद घोषणा भएपछि सुनसरीका रवीन्द्र मेहताको अन्त्येष्टि

साउन २७, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1113 shares
    Share 445 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    635 shares
    Share 254 Tweet 159
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    445 shares
    Share 178 Tweet 111
  • इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

    372 shares
    Share 149 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.