Wednesday, October 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

हिमाल आरोहणमा नेपाली महिलाहरूको सफलता

अर्जुन उप्रेती by अर्जुन उप्रेती
पुस १०, २०८२
in टाकुरा विशेष, पर्यावरण, समाचार
0
हिमाल आरोहणमा नेपाली महिलाहरूको सफलता
70
SHARES
Share on FacebookShare on Twitter

किपा शेर्पा, फुर्दिकी शेर्पा लगायत १८ जना नेपाली महिला पर्वतारोहीहरूले २२ डिसेम्बर २०२५ को दिउँसो १ः०५ बजे पाल्दोर हिमाल सफलतापूर्वक आरोहण गरेका छन् ।

काठमाण्डौंबाट पाल्दोर हिमालको यात्रा सुरु गरेको ५ दिनमा नै उनीहरूले उक्त हिमालको सफल आरोहण गरेका हुन् ।

विगत देखि नै हिमाल आरोही तथा ट्रेकिङ गाइड काम गरिरहेका महिलाहरूको समूहले पाल्दोर हिमालको आरोहणमा माउन्टेन लिडरसीप र आरोहणका कला र सीप सिक्दै हिमाल आरोहण गरेका हुन् ।

आरोहणमा संलग्न किपा शेर्पाका अनुसार आफूहरूको हिमाल आरोहण गर्ने उत्साह, जोश, सामुहिक भावना, दृढता र एकताबद्ध प्रयासले ५,८९६ मिटर उचाइको पाल्दोर हिमालको शिखर चुम्न सफलता मिलेको हो ।

पर्वतारोहण क्षेत्रमा नेपाली महिलाहरूको सामूहिक आरोहणको यो पहिलो प्रयास पनि हो । आत्मविश्वास र दृढ संकल्पले गर्दा नै निर्धारित समय अगावै मिसन सफलतापूर्वक सम्पन्न गर्न सम्भव भएको सफल आरोही शेर्पाले जानकारी दिइन् ।

उनले हिमाल आरोहण गरेर फकिने क्रममा आधार शिविरबाट फोन सम्पर्क गर्दै महिलाहरूले पनि हिमाल आरोहणका क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्छन् भन्ने आत्मविश्वास विकास गराएको बताइन् ।

खासगरी आरोहण तथा गाइड गर्ने सीप र क्षमता विकास गराउनका लागि उनीहरूलाई यो तालिमको आयोजना गरिएको आयोजक संस्थाले बताएका छन् ।

लिरुङहिम श्रृङ्खलामा पर्ने गोरखा जिल्लामा अवस्थित पाल्दोर हिमाल मनास्लु, लाङटाङ हिमालुसँगैको क्षेत्रमा पर्दछ ।

पाल्दोर हिमालको आरोहणमा आफूहरूले ८ हजार मिटर भन्दा अग्ला हिमाल आरोहण गर्ने सीप क्षमता विकाससँगै त्यस्ता आरोहणमा कसरी नयाँ आरोहीहरूलाई गाइड गर्न सकिन्छ भन्न ज्ञान समेत हासिल गरेको बताइको छ ।

फुरा दिकी शेर्पाको नेतृत्वमा आरोहणमा गएको टोलीका सदस्यहरू सगरमाथा आरोही, ट्रेकिङ गाइड, मनास्लु, मकालुजस्ता हिमाल आरोहण गरिसकेका व्यावसायिक महिलाहरूको समूह हो ।

आउने सिजनमा उनीहरूमध्ये केहीले सगरमाथा, केहीले मनास्लु, केहीले मकालु र केहीले चोयाु, लोत्से र अन्नपूर्ण हिमाल आरोहण गर्ने योजनासमेत बनाएको बताएका छन् ।

Tags: अर्जुन उप्रेतीआरोहणटाकुरा विशेषपर्यावरणहिमाल
अर्जुन उप्रेती

अर्जुन उप्रेती

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक उप्रेती अनुसन्धानकर्मी हुन् । इटहरी निवासी उनी शिक्षण र पत्रकारिता क्षेत्रमा आफ्नो योगदानको लागि परिचित छन्। उप्रेतीले अनुसन्धानमूलक पुस्तकसँगै खासगरी हिमाल सम्बन्धी विभिन्न लेख, आलेख लेखेका छन् ।

Related Posts

प्रहरी नायब निरीक्षक कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित
समाचार

प्रहरी नायब निरीक्षक कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

by टाकुरा न्यूज । इटहरी
कार्तिक ११, २०८३
0

इटहरी : कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगरमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) विनोद कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित...

इटहरीमा टायल झार्दा च्यापिएर दुई जना घाइते
विविध

इटहरीमा टायल झार्दा च्यापिएर दुई जना घाइते

by टाकुरा न्यूज । इटहरी
कार्तिक ११, २०८३
0

इटहरी : इटहरीस्थित धरान लाइनमा ट्रकबाट टायल झार्ने क्रममा च्यापिएर दुई जना कर्मचारी घाइते भएका छन् । इटहरी–धरान सडकखण्डअन्तर्गत आर्मी...

इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

संखुवासभामा कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

कार्तिक ११, २०८३
युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

कार्तिक ११, २०८३
चोरीको आरोप लगाएपछि घरमा खाना खान बोलाएर विराटनगरका व्यवसायीको हत्या

चोरीको आरोप लगाएपछि घरमा खाना खान बोलाएर विराटनगरका व्यवसायीको हत्या

कार्तिक ११, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा सवारी दुर्घटनाको ग्राफ उकालो, एक सय ५५ मध्ये ८७ चालकको लापरबाहीले

कार्तिक ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

प्रहरी नायब निरीक्षक कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

प्रहरी नायब निरीक्षक कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

कार्तिक ११, २०८३
इटहरीमा टायल झार्दा च्यापिएर दुई जना घाइते

इटहरीमा टायल झार्दा च्यापिएर दुई जना घाइते

कार्तिक ११, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

संखुवासभामा कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

कार्तिक ११, २०८३
युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

कार्तिक ११, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    842 shares
    Share 337 Tweet 211
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    643 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    305 shares
    Share 122 Tweet 76
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.