Saturday, October 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

तेस्रो अन्तर कलेज टी–२० क्रिकेटको उपाधि विश्व आदर्शलाई

गुरु ढकाल by गुरु ढकाल
पुस २६, २०८२
in खेलकुद, समाचार
0
तेस्रो अन्तर कलेज टी–२० क्रिकेटको उपाधि विश्व आदर्शलाई
64
SHARES
Share on FacebookShare on Twitter

इटहरी : तेस्रो संस्करणको अन्तर कलेज टी–२० क्रिकेट प्रतियोगिताको उपाधि इटहरीस्थित विश्व आदर्श कलेजले जितेको छ ।

शनिबार इटहरीमा सम्पन्न फाइनल खेलमा विश्व आदर्शले नमुना कलेजलाई ५१ रनले पराजित गर्दै उपाधि हात पारेको हो ।

यसअघि प्रतियोगिताको पहिलो संस्करण जितेको विश्वआदर्श गत संस्करणको फाइनलमा विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पससँग पराजित भएको थियो ।

इटहरीस्थित जनता क्रिकेट खेल मैदानमा विश्व आदर्शले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको नमुना कलेज १८ ओभरमै १ सय ७ रनमा अलआउट भयो । नमुनाका लागि बिपन शाहले सर्वाधिक ४७ रन बनाए । राजु विकले १८ र कृष्ण विष्टले १२ रन जोडे ।

अन्य ब्याटरहरू प्रभाव जमाउन असफल रहे । विश्व आदर्शका अनिष कुवँरले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए । रोहन शाह र समीर तिम्सिनाले समान २–२ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विश्वआदर्शले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो ।

टोलीका लागि रोहन शाहले सर्वाधिक ३७ रन बनाउँदा आकाश सर्राफले ३०, समीर तिम्सिनाले २५, आयुष ढुङ्गेलले १३ र रोशन खत्रीले १२ रनको योगदान दिए । नमुनाका तर्फबाट सुबित मेहताले ३ तथा राजु विकले २ विकेट लिए ।

फाइनल खेलको ‘प्लेयर अफ द म्याच’ विश्वआदर्शका अनीश कुवँर घोषित भए । प्रतियोगिताको विजेता विश्वआदर्शले नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता नमुना कलेजले नगद १५ हजार रुपैयाँमा चित्त बुझाएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी विश्व आदर्शका कप्तान भूपाल लुइँटेल घोषित भए । अनिष कुवँर ‘बेस्ट बलर’ तथा रोशन खत्री ‘बेस्ट ब्याटर’ बने ।

विजेता तथा उपविजेता टोलीलाई प्रमुख अतिथि इटहरी–९ का वडाध्यक्ष जितेन्द्र थापा, विश्व आदर्श कलेजका प्राचार्य गणेश दुलाल, कोसी प्रिमियर लिग विजेता नमुना ब्लास्टर्सका धर्म न्यौपानेलगायतले पुरस्कार वितरण गरेका थिए ।

इटहरी आदर्श जाइन्ट्सको आयोजनामा पुस १९ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा कोसी प्रदेशका झापा, मोरङ र सुनसरीका १२ कलेज टिमको सहभागिता रहेको थियो ।

Tags: #खेलकुदक्रिकेट
गुरु ढकाल

गुरु ढकाल

इटहरी निवासी ढकाल दुई दशकयता फोटो पत्रकारितामा सक्रिय छन् ।

Related Posts

गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती
विविध

गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती

by टाकुरा न्यूज । इटहरी
कार्तिक १, २०८३
0

उदयपुर : उदयपुरको गाईघाटस्थित पञ्चावती भगवती मन्दिरमा दसैँको सप्तमीका अवसरमा शनिबार वैदिक विधिअनुसार फूलपाती भित्र्याइएको छ । जिल्ला प्रशासन कार्यालय,...

महानगर अन्तर्गतको रानी अस्पतालबाट भिडियो एक्स–रे सेवा सुरु
FEATURE BREAKING

चाडपर्वलाई तडकभडक होइन, आत्मीयता र सहयोगको अवसर बनाऔँ : नागेश कोइराला

by टाकुरा न्यूज । इटहरी
कार्तिक १, २०८३
0

विराटनगर : विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बडादसैं, शुभदीपावली, नेपाल सम्वत् तथा छठ पर्वले सामाजिक सद्भाव, आपसी एकता र राष्ट्रिय...

इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

इलाममा घरको बरण्डामा मृत भेटिए ५५ वर्षीय पुरुष, धारिलो हतियार प्रहार भएको आशङ्का

कार्तिक १, २०८३
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

सुनसरी र मोरङबाट लागूऔषधसहित नौ जना पक्राउ

कार्तिक १, २०८३
इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

अशोज ३०, २०८३
कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

अशोज ३०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती

गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती

कार्तिक १, २०८३
महानगर अन्तर्गतको रानी अस्पतालबाट भिडियो एक्स–रे सेवा सुरु

चाडपर्वलाई तडकभडक होइन, आत्मीयता र सहयोगको अवसर बनाऔँ : नागेश कोइराला

कार्तिक १, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

इलाममा घरको बरण्डामा मृत भेटिए ५५ वर्षीय पुरुष, धारिलो हतियार प्रहार भएको आशङ्का

कार्तिक १, २०८३
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

सुनसरी र मोरङबाट लागूऔषधसहित नौ जना पक्राउ

कार्तिक १, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.