इटहरी : झापा र सुनसरी जिल्लाको विभिन्न स्थानहरूबाट लागूऔषध ब्राउनसुगरसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय गौरीगञ्ज झापाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा गौरीगञ्ज गाउँपालिका २ का मानफ कुमार मेहतालाई ७ ग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ ।
यसैगरी इलाका प्रहरी कार्यालय बुधबारेले मेचीनगर ७ का विमल मेचे, मेचीनगर ११ का प्रविन राई, बासु राजवंशी, सुरेश खड्का, मेचीनगर ८ का कविश मेचे, बुद्धशान्ति ४ का कुमार गुरुङ, राजेन्द्र कुमार थापा, बुद्धशान्ति ३ का सन्दीप सराईली र बुद्धशान्ति १० का घनश्याम माझीलाई ४ ग्राम ४५० मिलिग्राम ब्राउनसुगर र नगद ३७ हजार ५ सयँ रुपैयासहित नियन्त्रणमा लिएको छ ।
सोही दिन वडा प्रहरी कार्यालय धरानले धरान ११ का विकास कार्की र धरान १२ का अगृश तुलाधरलाई २२० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ ।













Discussion about this post