धरान : धरान उप-महानगरपालिका वडा नं. ५ बाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।
लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा अस्थायी प्रहरी चौकी देउराली धरानबाट खटिएको प्रहरी टोलीले धरान-५ मा बस्दै आएका २७ वर्षीय विकास भुजेलको कोठामा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा भुजेलको कोठाबाट लागूऔषध ट्रामाडोल ३६० क्याप्सुल र स्पास्पेन ३५० ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ।
फेला परेको लागूऔषधसहित भुजेललाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा ल्याइएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













Discussion about this post