झापा : झापाको कमल गाँऊपालिका ७ बाह्रघरेका २४ बर्षीय दिनेश ऋषिदेवले आफ्नै आमाको हत्या गरेका छन् ।
गएराती ८ बजेको समयमा मादक पदार्थ सेवन गरी आफ्नै ५० बर्षीया आमा मीरा ऋषिदेवलाई धारिलो हतियार बन्चरोले शरीरका बिभिन्न भागमा अन्धाधुन्द प्रहार गरी हत्या गरेका हुन् ।
हत्या गरेको भन्ने सूचना पाए लगत्तै ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दिनेशलाई पक्राउ गरेको हो प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।














Discussion about this post