मोरङ : विराटनगर महानगरपालिका–४ बाट लागूऔषध ब्राउनसुगर तथा प्रतिबन्धित औषधीसहित दुई जना पक्राउ परेका छन् ।
माघ ६ गते लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचका क्रममा शंकास्पद अवस्थामा रहेका व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार को ३७ प ३३६६ नम्बरको मोटरसाइकलमा सवार सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–५ का ३५ वर्षीय सुदिन मन्सुरीलाई १४० ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको हो ।
त्यसैगरी इटहरी उपमहानगरपालिका–५ का ५० वर्षीय रोहित कार्कीलाई उनकै कोठाबाट १४ ग्राम २३ मिलिग्राम ब्राउनसुगर बरामद गरिएको छ ।
कार्कीको कोठाबाट प्रतिबन्धित औषधि नाइट्राजाम ४६० ट्याब्लेट, कोरेक्स १८ बोतल तथा स्पास्मोप्रोक्सिवन ३३६ क्याप्सुलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवैजनामाथि लागूऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।













Discussion about this post