मोरङको बेलबारी नगरपालिका ५ कसेनीको लोहन्द्रा खोलामा भएको ग्याङ फाइटमा भएको हत्याको घटनामा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङ प्रहरीबाट खटिएको टोलीले बेलबारी नगरपालिका ५ तेलकुडीका ३१ वर्षिय विनय कुमार सरदारलाई पक्राउ गरेको हो । सरदारलाई प्रहरीले सुनसरीको बराहक्षेत्र ११ मधुवानबाट पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।
१२ भदौमा ग्याङ फाइटमा धारिलो हतियार प्रहार गरि घाइते भएका चन्द्रकुमार राईको उपचारको क्रममा विराट टिचिङ्ग हस्पिटलम मृत्यु भएको थियो ।














Discussion about this post