Wednesday, September 2, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

भोजपुरका यी क्षेत्रमा डढेलोको उच्च जोखिम

रासस by रासस
फाल्गुन ५, २०८२
in विविध, समाचार
0
भोजपुरका यी क्षेत्रमा डढेलोको उच्च जोखिम
57
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : डिभिजन वन कार्यालयले सम्भावित वन डढेलो नियन्त्रण तथा रोकथामका लागि आवश्यक सहयोग सामग्रीसहित जिल्लाव्यापी सचेतनामूलक अभियान सुरुआत गरेको छ ।

हिउँदयाम सुरु भएसँगै बढ्दो सुक्खापन र तापक्रम वृद्धिले वन क्षेत्रमा आगलागीको जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै कार्यालयले उच्च जोखिमयुक्त क्षेत्रमा लक्षित कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यालयका अनुसार जिल्लाका नौवटै स्थानीय तहका दर्जनौँ क्षेत्र वन डढेलोको उच्च जोखिममा छन् । वन क्षेत्र आसपास हुने मानव गतिविधि, सुक्खा घाँसदाउरा तथा बढ्दो गर्मी डढेलोका प्रमुख कारणका रूपमा देखिएका छन् ।

भोजपुर डिभिजन वन कार्यालयका प्रमुख खुद्रुस मियाँका अनुसार डढेलो जोखिम न्यूनीकरण तथा सर्प उद्धारसम्बन्धी ११ प्रकारका २१६ थान सामग्री जिल्ला विपद् जोखिम न्यूनीकरण समितिलाई हस्तान्तरण गरिएको छ ।

डढेलो जोखिम न्यूनीकरणका लागि कार्यालयले अभियानका रूपमा कार्यक्रम अघि बढाएको छ ।

कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार पौवादुङमा गाउँपालिकाको ठूलोदुम्मा, सानोदुम्मा, बास्तिम, श्यामशिला र औलिया क्षेत्र उच्च जोखिममा छन् ।

त्यसैगरी, हतुवागढी गाउँपालिकाअन्तर्गत रानीवास, होम्ताङ (साविक वडा नं ५ र ६), पालोपानी, हसनपुर–भालेडाँडा, खैराङ र डाँडाबर्क जोखिम सूचीमा सूचीकृत छन् ।

रामप्रसादराई गाउँपालिकाका मानेभञ्ज्याङ, कावा दोभान, सीतेडाँडा–मुलरेडाँडा–चिलाउनेटार, बेहेरे–बडहरे, सल्लेरी, कटुन्जे र जलापदेवी सल्लेरी क्षेत्रलाई उच्च जोखिमयुक्त मानिएको छ ।

त्यसैगरी, अरुण गाउँपालिकाको जरायोटार, सिक्रेटार, याकु, र्याङ, याङपाङ र चम्पे (तीनतले) क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ । भोजपुर नगरपालिकाका पारपानी, टक्सार, आम्तेक, पालुवा, हेलौछा, दाँवा र राममाटे क्षेत्र पनि जोखिममा परेका छन् ।

आमचोक गाउँपालिकाको पाङ्चा, धारापानी–सेतेगरगरे–कार्कीछाप, फेदी–ठूले वन, दुम्माना–पाथीभरा र देवानटार क्षेत्र संवेदनशील मानिएको छ । टेम्केमैयुङ गाउँपालिकाअन्तर्गत गोगने (सिङ्गेल खोला क्षेत्र), कोट (सिङ्गेल दोभान क्षेत्र), खाल्डे र केराबारी जोखिममा छन् ।

त्यस्तै, षडानन्द नगरपालिकाका देउराली–झ्यापोखरी, दिङ्ला, चिउरीबोटे, नेपालेडाँडा, कुदाकाउले र बैदारभञ्ज्याङ क्षेत्रलाई उच्च जोखिम क्षेत्रमा राखिएको छ । साथै साल्पासिलिछो गाउँपालिकाको कुलुङ, चौकीडाँडा र सालेवा दोभाने क्षेत्र पनि सम्भावित जोखिमयुक्त सूचीमा समावेश गरिएको छ ।

वन कार्यालयले स्थानीय तह, सुरक्षा निकाय तथा सामुदायिक वन उपभोक्ता समूहसँग समन्वय गरी जनचेतनामूलक कार्यक्रम, अग्नि नियन्त्रण सामग्री वितरण र नियमित निगरानीलाई तीव्रता दिएको जनाएको छ ।

वन क्षेत्रमा जथाभावी आगो बाल्न, खरानी फाल्न वा चुरोट फाल्न नदिन सर्वसाधारणलाई विशेष अनुरोध गरिएको छ ।

समयमै सचेतना, समन्वय र सामूहिक प्रयासमार्फत सम्भावित क्षति न्यूनीकरण गर्ने लक्ष्यसहित अभियान अघि बढाइएको कार्यालयले जनाएको छ ।

Tags: #भोजपुर#राससजोखिमडढेलो
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

कोशीका पाँच जिल्लाका बालबालिकामा कुपोषण चिन्ताजनक
विविध

कोशीका पाँच जिल्लाका बालबालिकामा कुपोषण चिन्ताजनक

by टाकुरा न्यूज । इटहरी
भदौ १६, २०८३
0

इटहरी : कोशी प्रदेशमा पाँच वर्षमुनिका बालबालिकामा देखिएको शीघ्र कुपोषणको अवस्थाले भौगोलिक रूपमा मात्र नभई तराईदेखि पहाडसम्मै बाल पोषणको चुनौती...

टाकुरा न्यूजको समाचार संयोजकमा पराजुली र साहित्यिक संयोजकमा भट्टराई नियुक्त
समाचार

टाकुरा न्यूजको समाचार संयोजकमा पराजुली र साहित्यिक संयोजकमा भट्टराई नियुक्त

by टाकुरा न्यूज । इटहरी
भदौ १६, २०८३
0

इटहरी : गुरुकुल मिडिया प्रालिद्वारा सञ्चालित टाकुरा न्यूजले आफ्नो समाचार तथा साहित्यिक सामग्रीलाई अझ व्यवस्थित, प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले...

कोशीका १५९ जना अझै बेपत्ता, सोलुखुम्बुका ४२

कोशीका १५९ जना अझै बेपत्ता, सोलुखुम्बुका ४२

भदौ १६, २०८३
टाकुरा न्यूजको सम्पादकमा अर्जुन उप्रेती

टाकुरा न्यूजको सम्पादकमा अर्जुन उप्रेती

भदौ १६, २०८३
संखुवासभाका अलपत्र सडकमा मन्त्री आचार्यको ‘एक्सन’ : समयमै काम नभए ठेक्का तोड्ने चेतावनी

संखुवासभाका अलपत्र सडकमा मन्त्री आचार्यको ‘एक्सन’ : समयमै काम नभए ठेक्का तोड्ने चेतावनी

भदौ १६, २०८३
संखुवासभामा भरुवा बन्दुकसहित एक जना नियन्त्रणमा

संखुवासभामा भरुवा बन्दुकसहित एक जना नियन्त्रणमा

भदौ १६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशीका पाँच जिल्लाका बालबालिकामा कुपोषण चिन्ताजनक

कोशीका पाँच जिल्लाका बालबालिकामा कुपोषण चिन्ताजनक

भदौ १६, २०८३
टाकुरा न्यूजको समाचार संयोजकमा पराजुली र साहित्यिक संयोजकमा भट्टराई नियुक्त

टाकुरा न्यूजको समाचार संयोजकमा पराजुली र साहित्यिक संयोजकमा भट्टराई नियुक्त

भदौ १६, २०८३
कोशीका १५९ जना अझै बेपत्ता, सोलुखुम्बुका ४२

कोशीका १५९ जना अझै बेपत्ता, सोलुखुम्बुका ४२

भदौ १६, २०८३
टाकुरा न्यूजको सम्पादकमा अर्जुन उप्रेती

टाकुरा न्यूजको सम्पादकमा अर्जुन उप्रेती

भदौ १६, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    307 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    281 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.