झापा : पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका नेता बालेन्द्र शाह उम्मेदवार बनेको झापा क्षेत्र नम्बर ५ मा करिब ६५ प्रतिशत मतदान भएको छ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार उक्त क्षेत्रमा १ लाख ६३ हजार ३७९ मतदाता रहेकामा १ लाख ६ हजार मत खसेको छ।
खसेको मतमध्ये ५६ हजार ९७२ महिला र करिब ४९ हजार ४ सय पुरुष मतदाता रहेका छन्।
निर्वाचन कार्यालय झापाका अनुसार जिल्लाभर पनि करिब ६५ प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक अनुमान गरिएको छ।
जिल्ला निर्वाचन अधिकारी तुलसीकुमार नेपालले विभिन्न मतदान केन्द्रबाट मतपेटिका संकलन गर्ने काम भइरहेको जानकारी दिए।
उनका अनुसार राति ९ बजेसम्म सबै मतपेटिका संकलन भइसक्ने र त्यसपछि मुचुल्का तथा सिल नम्बर रुजु गर्ने प्रक्रिया सुरु हुनेछ।














Discussion about this post