Saturday, May 2, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

इनरुवा अस्पताल बेथिति : ३४ बुँदे मागसहित प्रशासनलाई ध्यानाकर्षण पत्र

रासस by रासस
चैत्र ३, २०८२
in विविध, समाचार
0
सुनसरीको इनरुवा अस्पतालका मेसुमाथि हातपात
63
SHARES
Share on FacebookShare on Twitter

सुनसरी : जिल्ला सदरमुकाम इनरुवास्थित जिल्ला अस्पताल सुधारको माग गर्दै सोमबार ध्यानाकर्षण पत्र बुझाइएको छ ।

जिल्ला अस्पताल इनरुवा सुधार सङ्घर्ष समितिले ३४ बुँदे मागसहित अस्पताल प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाएको समितिका संयोजक दिलीपचन साहुले जानकारी दिए ।

मेसु, प्रशासन र अस्पताल विकास समितिका अध्यक्ष राजन मेहतासँग छलफल र अन्तरक्रिया गर्दै ध्यानाकर्षण पत्र बुझाइएको उनले बताए ।

एन्टिरेबिज भ्याक्सिन (एआरभी) को अभावमा बिरामी विराटनगर वा अन्य निजी क्लिनिकमा जानुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने, बिरामी, कुरुवा र नागरिक समाजमैत्री सेवा हुनुपर्ने, ल्याब नियमित सञ्चालन, ब्लड बैंक, सघन उपचार कक्ष (आइसियू), भेन्टिलेटर र सिटीस्क्यान सेवा सञ्चालन गर्नुपर्नेलगायत ३४ बुँदे मागसहित ध्यानाकर्षण पत्र बुझाइएको सङ्घर्ष समितिका संयोजक साहुले जानकारी दिए ।

निरन्तर पाँच वर्षदेखि अस्पताल सेवा सुधारको आवाज उठाइरहेको समितिले जिल्ला अस्पतालको सेवा सुधारदेखि भौतिक पूर्वाधारको व्यवस्था र बिरामीलाई बस्ने ठाउँदेखि ल्याबसम्मको सुधारको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको समितिका प्रतिनिधि पशुपति दाहालले बताए।

केही समययता अस्पतालका सेवा सुविधाका विषयमा अस्पतालमा आउने नागरिकको गुनासो बढेकाले ती समस्या समाधानका माग राखेर मेडिकल सुपरिटेन्डेन्ट अमरेन्द्र कुशवाहालाई ध्यानाकर्षण पत्र बुझाइएको समितिले जनाएको छ ।

अस्पतालमा अल्ट्रासाउन्ड (युएसजी) सेवा बिहान ८ः०० बजेदेखि साँझ ५ः०० बजेसम्मका लागि सञ्चालनको व्यवस्था मिलाउनुपर्ने, अस्पताल फार्मेसीमा बिमाबापत प्राप्त गर्ने औषधि पर्याप्त मात्रामा राख्नुपर्ने, छाडा कुकुरको बिगबिगी देखिएकाले त्यसको व्यवस्थापन गर्नुपर्ने, समान तहको कर्मचारीलाई समान तलबको व्यवस्था गर्नुपर्नेलगायत माग राखिएको समितिका संयोजक साहुले बताए ।

त्यसैगरी विशेषज्ञ चिकित्सकको व्यवस्था गर्नुपर्ने, आवास, भत्ताको व्यवस्था र समयमा तलब दिनुपर्ने, सुरक्षाको प्रत्याभूति दिनुपर्ने, आकस्मिक कक्षमा २४सैँ घण्टा चिकित्सक बस्नुपर्ने, हाडजोर्नीका बिरामीलाई चाहिने स्टिल, धागो तथा अन्य सामग्री बिरामीले खरिद गर्नुपर्ने ठाउँमा चिकित्सकले फार्मेसी सिफारिस गर्न नहुने, अस्पतालको सामाजिक लेखा परीक्षण गर्नुपर्ने, आकस्मिक ल्याब सञ्चालन गर्नुपर्ने, आँखा विभागमा औषधि र चस्मा बिरामीलाई उपलब्ध गराउनुपर्नेलगायत माग राखिएका छन् ।

समितिले मागअनुसार सल्लाह र सुझाव १५ दिनभित्र पूरा गर्न आग्रह गरेको छ । माग पूरा नभए वा अन्यथा भए अस्पताल प्रशासनविरुद्ध सङ्घर्षका कार्यक्रम गर्न बाध्य हुने साहुले बताए ।

अस्पताल विकास समितिका अध्यक्ष राजन मेहताले जायजमाग सात दिनभित्र सम्बोधन गर्ने जनाउँदै सेवा सुधार गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

जनताको स्वास्थ्य सेवाप्रति आफू गम्भीर रहेकाले तत्काल गर्न सक्ने सुधार आजैदेखि हुने, केही समय लाग्नेको हकमा अल्पकालीन र दीर्घकालीन समाधान गर्ने गरी माग सम्बोधन गर्ने उनले जानकारी दिए ।

Tags: #रासस#सुनसरीअस्पतालजिल्ला अस्पताल इनरुवा
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

मोरङमा एक पुरुष मृत भेटिए
FEATURE BREAKING

खोटाङमा भीरबाट लडेर दुई जनाको घटनास्थलमै मृत्यु

by टाकुरा न्यूज । इटहरी
बैशाख १९, २०८३
0

खोटाङ : खोटाङको बराहापोखरी गाउँपालिका–५ पौवासेरामा भीरबाट लडेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा ५२ वर्षीय बमबहादुर राई र...

नोबेल अस्पतालमा नाकको शल्यक्रिया गर्दा इटहरीका बालकले गुमाए आँखाको ज्योति
समाचार

नोवेल हस्पिटलमा शल्यक्रियापछि बिरामीको मृत्यु, अस्पताल परिसर तनावग्रस्त

by टाकुरा न्यूज । इटहरी
बैशाख १९, २०८३
0

विराटनगर : नोवेल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा एक व्यक्तिको मृत्यु भएपछि शनिबार अस्पताल परिसर तनावग्रस्त बनेको छ। मोरङको कानेपोखरी...

विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार नियमले चलायमान बन्दै विराटनगरको बजार

बैशाख १९, २०८३
झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

‘संसारकै सानो वनखण्ड’का रूपमा परिचित सिमसार क्षेत्र सङ्कटमा

बैशाख १९, २०८३
हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?

हर्क साम्पाङको टिप्पणी – ‘अब भगवानले पनि धनीपूर्जा बनाएर धर्तीमा आउनुपर्ने भयो’

बैशाख १९, २०८३
मेची भन्सार : ११ महिनामा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन

नौ महिनामा मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

बैशाख १९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा एक पुरुष मृत भेटिए

खोटाङमा भीरबाट लडेर दुई जनाको घटनास्थलमै मृत्यु

बैशाख १९, २०८३
नोबेल अस्पतालमा नाकको शल्यक्रिया गर्दा इटहरीका बालकले गुमाए आँखाको ज्योति

नोवेल हस्पिटलमा शल्यक्रियापछि बिरामीको मृत्यु, अस्पताल परिसर तनावग्रस्त

बैशाख १९, २०८३
विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार नियमले चलायमान बन्दै विराटनगरको बजार

बैशाख १९, २०८३
झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

‘संसारकै सानो वनखण्ड’का रूपमा परिचित सिमसार क्षेत्र सङ्कटमा

बैशाख १९, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1534 shares
    Share 614 Tweet 384
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    648 shares
    Share 259 Tweet 162
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    599 shares
    Share 240 Tweet 150
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    387 shares
    Share 155 Tweet 97

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.