इटहरी : ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ शनिवार प्रदान गरिएको छ । नयन मिडिया फाउण्डेशनले आयोजना गरेको अवार्ड कार्यक्रममा १६ विधामा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तिहरूलाई प्रदान गरियो ।
समारोहमा कृषि विधातर्फ डिल्लीराज उप्रेती, शिक्षा विधातर्फ उमेश श्रेष्ठ, स्वास्थ्य विधातर्फ डा. वीरेन्द्र विष्ट, सामाजिक विधातर्फ दिनबन्धु गोयल, पत्रकारिता विधातर्फ अखण्ड भण्डारी, साहित्य विधातर्फ अनिल पौडेललाई अवार्ड प्रदान गरियो ।
यसैगरी खेलकुद विधातर्फ अञ्जिला तुम्बापो सुब्बा, सूचना प्रविधि विधातर्फ सरोज राउत, अटोमोबाइल विधातर्फ विष्णुकुमार अग्रवाल, संगीत विधातर्फ प्रमोद खरेल, बैंकिङ विधातर्फ सन्तोष कोइराला, इन्सोरेन्स विधातर्फ सन्तोष प्रसाई, पुँजी बजार विधातर्फ चूडामणि चापागाईं, कर्पोरेट विधातर्फ मोती दुगड, उद्यमशीलता विधातर्फ रक्तिम जोशी प्याकुरेल तथा स्टार्टअप विधातर्फ नरकुमार श्रेष्ठलाई अवार्ड प्रदान गरियो ।
यसैगरी जनता बहुमुखी क्याम्पस इटहरी, डा. कृष्णप्रसाद तिम्सिना, राजन श्रेष्ठ, डा. कृष्ण दुलाल, राजकुमार कार्की, रमण नेपाल, डा. सरदा खड्का, तुलसीप्रसाद घिमिरे र टेकनाथ सिटौलालाई विशेष सम्मान प्रदान गरियो ।
उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्की, वन, पर्यटन तथा वातावरण मन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरीलगायतले सम्मान प्रदान गरे ।
कार्यक्रममा बोल्दै आयोजक नयन मिडिया फाउण्डेशनका अध्यक्ष पवन अधिकारीले उक्त कार्यक्रमले समाजमा सकारात्मक प्रतिस्पर्धा, नवप्रवर्तन र उत्कृष्टताको संस्कार विकास गर्न मद्दत पुग्ने बताए ।
खासगरी समाजमा उत्कृष्टतालाई स्थापित गर्नु र भविष्यमा नयाँ सम्भावनाहरू आशाहरू र सपनाहरू बुन्न प्रेरित गर्ने बताए ।
अधिकारीले कोशी प्रदेश विविधता, सम्भावना र अवसरले भरिएको भूभाग रहेको उदृत गर्दै यहाँका उद्योगी, कृषक, शिक्षक, स्वास्थ्यकर्मी, पत्रकार, खेलाडी, साहित्यकार, उद्यमी तथा नवप्रवर्तनकर्ताहरूले आफ्नो–आफ्नो क्षेत्रमा देशका विभिन्न क्षेत्रबाट निरन्तर महत्वपूर्ण योगदान दिँदै आएकालाई प्रोत्साहित गर्नसमेत उक्त कार्यक्रम आयोजना गरिएको बताए ।
सोही कार्यक्रमको अवसर पारेर सुनसरी जिल्लाका तीन सय जना सञ्चारकर्मीहरूको निःशुल्क दुर्घटना बीमासमेत गरिएको थियो ।












Discussion about this post