इटहरी : कोशी प्रदेशको प्रमुख व्यापारिक तथा आवागमन केन्द्र इटहरीमा बर्सेनि आगलागीका घटना दोहोरिने गरेका छन्।
कोशी प्रदेशको व्यस्त र केन्द्रविन्दुको सहर इटहरीमा हरेक वर्ष आगलागीको जोखिम उच्च रहने गरेको छ।
इटहरी उपमहानगरपालिकामा रहेका दमकलहरू गत २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा जलाइएपछि आगो नियन्त्रण कार्य झनै चुनौतीपूर्ण बनेको छ। स्थानीय स्रोतसाधन अभाव हुँदा अन्य नगरपालिकाबाट बारुणयन्त्र झिकाउनुपर्ने बाध्यता देखिएको छ।
यसैक्रममा बुधबार इटहरी–६ स्थित एक आइसक्रिम पार्लरमा आगलागी भएको छ। पूर्वाञ्चल आइसक्रिम पार्लरको भान्सा कोठाबाट बिहान आगो सुरु भएको प्रारम्भिक जानकारी छ।
आगलागीको कारण र विस्तृत विवरणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
आगो नियन्त्रणका लागि धरान, रामधुनी, इनरुवा, विराटनगर तथा सुन्दरहरैंचा लगायतका स्थानबाट बारुणयन्त्र परिचालन गरिएको थियो।
आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने हालसम्म सार्वजनिक भइसकेको छैन।














Discussion about this post