इटहरी : इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ
इटहरी उपमहानगरपालिका–१६ स्थित पूर्व–पश्चिम सडकखण्डमा सुनसरीको झुम्काबाट कान्छीचोकतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ क ५०९४ नम्बरको नव ज्योति बोर्डिङ स्कुलको बसले बाटो क्रस गर्दै गरेको पैदलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा सोही स्थानका अन्दाजी ७१ वर्षीय लेखबहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घटनामा गम्भीर घाइते भएका श्रेष्ठको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।
घटनामा संलग्न बस चालक इनरुवा नगरपालिका–३ बस्ने २८ वर्षीय वीरेन्द्र सदा मुसहरलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरू गरेको छ ।















Discussion about this post