Friday, July 31, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

मुन्दुम पदमार्गमा ११ देशका स्रष्टाहरूद्धारा पदयात्रा

रासस by रासस
बैशाख १०, २०८३
in विविध, समाचार
0
पर्यटकको पर्खाइमा भोजपुरको मुन्धुम पदमार्ग (फोटोहरूसहित)
56
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : नेपालका सातै प्रदेशका र विभिन्न ११ देशका स्रष्टाहरूले मुन्दुम पदमार्गमा एकसाथ पदयात्रा गरेका छन् ।

मुन्दुम पदमार्ग प्रवर्द्धनसम्बन्धी विश्वव्यापी परियोजनाअन्तर्गत प्रथम चरणको सम्मेलन र भ्रमण सम्पन्न गरिएको परियोजना निर्देशक तथा संस्कृतिविद् डा. भक्त राईले जानकारी दिए ।

उनले भने, “मुन्दुम पदमार्गको इतिहासमा एकै पटक नेपालका सातै प्रदेश र विश्वका ११ मुलुकको स्रष्टाहरूलाई पदयात्रा गराई अन्तर्राष्ट्रिय स्रष्टा सम्मेलनसमेत सम्पन्न गराइएको छ ।” यसले मुन्दुम पदमार्गलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

सम्मेलनमा भाग लिँदै मुन्दुम भ्रमण गर्न पाएकामा अन्तर्राष्ट्रिय स्रष्टाहरू खुसी देखिएका थिए ।

सम्मेलनमा सहभागी नेपाली तथा विदेशी स्रष्टाहरूलाई पदमार्गको नाम, मुन्दुम भनेको के हो, यो क्षेत्रमा सबैभन्दा पहिले कुन जातिको बसोबास थियो, हाल कुनकुन जातिको बसोबास छ, यस क्षेत्रको हावापानी, भूगोल, वातावरण कस्तो छ, मुन्दुम पदमार्ग क्षेत्रमा कुनकुन वनस्पति, वन्यजन्तु पाइन्छलगायतको विषय समेटिएको कार्यपत्र प्रस्तुति गरिएको थियो ।

यो विश्वव्यापी परियोजनामा स्वदेशी तथा विदेशी स्रष्टाहरूलाई प्रत्यक्ष भ्रमण गराएर र अन्य माध्यमबाट मुन्दुम पदमार्गबारे सम्पूर्ण जानकारी प्रदान गरेपछि उनीहरूलाई मुन्दुम पदमार्गबारे गीत सृजना गर्न लगाइने छ ।

स्वदेशी तथा विदेशी स्रष्टाहरूले सृजना गरेको गीतलाई स्वदेशी तथा विदेशी गायकगायिकालाई गाउन लगाएर ‘रेकर्ड’ गरिने लक्ष्य लिइएको छ ।

सो पदयात्रामा कोशी प्रदेशबाट मेघराज नेपाल, श्याम तमोट, टेकबहादुर तामाङ, लोचन भट्टराई, गीता कार्की, अशोक राई, प्रमिला राई, सीता तुम्खेवा, डा. भक्त राई, वसन्त मुकारुङ, किरण टी लिम्बू, राजु केसी, शुभ मुकारुङ, पारस मुकारुङ, रमेश कोइराला सहभागी थिए ।

त्यसैगरी, मधेस प्रदेशबाट धीरेन्द्र प्रेमर्षि र बागमती प्रदेशबाट लक्ष्मी रुम्बा, सुस्मिता नेपाल, सविता रेग्मी, गण्डकीबाट वसन्त वित्यासी थापा, भीम मास्की सहभागी थिए । लुम्बिनी प्रदेशबाट देव राना र कर्णाली प्रदेशबाट सागर उद्गम, अम्बिका गौतम तथा सुदूरपश्चिम प्रदेशबाट हर्क साउदलगायतका स्रष्टाको सहभागिता थियो ।

नेपाल बाहिरबाट भारतको दार्जीलिङबाट डा सुरेन्द्र चाम्लिङ, प्रसान्त थुलुङ, दुर्गा राई, सिक्किम राज्यबाट मोहन दुङमाली, भुटानबाट धनराज राई, दिलकुमार राई, चीनबाट लिन झोङ, रोङ झाङ, अष्ट्रेलियाबाट स्टिफन फोडेहम, टर्कीबाट जाहिद, एर्कान टेटिक र रसिया, सिङ्गापुर, फिलिपिन्स, जापान, कोरियालगायतका देशका स्रष्टाहरूको सहभागिता रहेको थियो ।

यस्ता कार्यक्रमले पूर्वी नेपालको मात्र नभई समग्र राष्ट्रकै विकासमा सहयोग पुग्ने टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए ।

 

Tags: #भोजपुर#राससपदयात्रामुन्दुम पदमार्ग
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

सुनसरी घटना : दुई मृतकको शव परिवारलाई बुझाइयो
FEATURE BREAKING

सुनसरी घटना : दुई मृतकको शव परिवारलाई बुझाइयो

by टाकुरा न्यूज । इटहरी
साउन १५, २०८३
0

इटहरी : सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको गोलीकाण्डमा ज्यान गुमाएका दुई युवाको शव सरकार र पीडित पक्षबीच भएको सहमतिपछि शुक्रबार...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा तीव्र गतिका कारण मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

by टाकुरा न्यूज । इटहरी
साउन १५, २०८३
0

झापा : झापाको बाह्रदशी गाउँपालिका-३ रामनगरमा मोटरसाइकलको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मोटरसाइकलको तीव्र गतिका...

देवानगञ्ज घटनामा पीडित परिवारको माग– ‘सहिद घोषणा गरियोस्’

सुनसरी घटना : मृतक परिवार र सरकारबीच सात बुँदे सहमति, शहीद घोषणा र १० लाख दिइने, आज अन्त्यष्टि

साउन १५, २०८३
सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक पुरुषको मृत्यु

मोरङको सुन्दरहरैँचामा भरुवा बन्दुक र गाँजासहित एक पक्राउ

साउन १४, २०८३
कोसी प्रदेशमा १० रुपैयाँले घट्यो दूधको मूल्य

दूधको पैसा नपाएपछि किसान पुगे दमकका अख्तियार

साउन १४, २०८३
सुनसरी घटना : गोली लागेर घाइते भएको पाँच दिनपछि उपचारका लागि काठमाडौं लगियो

सुनसरी घटना : गोली लागेर घाइते भएको पाँच दिनपछि उपचारका लागि काठमाडौं लगियो

साउन १४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरी घटना : दुई मृतकको शव परिवारलाई बुझाइयो

सुनसरी घटना : दुई मृतकको शव परिवारलाई बुझाइयो

साउन १५, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा तीव्र गतिका कारण मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

साउन १५, २०८३
देवानगञ्ज घटनामा पीडित परिवारको माग– ‘सहिद घोषणा गरियोस्’

सुनसरी घटना : मृतक परिवार र सरकारबीच सात बुँदे सहमति, शहीद घोषणा र १० लाख दिइने, आज अन्त्यष्टि

साउन १५, २०८३
सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक पुरुषको मृत्यु

मोरङको सुन्दरहरैँचामा भरुवा बन्दुक र गाँजासहित एक पक्राउ

साउन १४, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    631 shares
    Share 252 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.