विराटनगर : झापा, सुनसरी र इलामबाट लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाको टोलीले १० ग्राम ३८० मिलिग्राम ब्राउनसुगरसहित बुद्धशान्ति गाउँपालिका-४ का प्रदीप दाहाल र अर्जुनधारा नगरपालिका-१ का सुकराज उरावलाई पक्राउ गरेको छ ।
त्यसैगरी इलामको प्रहरी चौकी किटेनीले इलाम नगरपालिका-७ का समीर गोले र माइजोगमाई गाउँपालिका-५ का मनोज खत्रीलाई २ ग्राम १८० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
त्यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका-२ का सजीव राईलाई ट्रामाडोल ९० क्यापसुलसहित उनकै घरबाट इलाका प्रहरी कार्यालय महेन्द्रनगरले नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।















Discussion about this post