Tuesday, November 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

साकेला समापन : युवापुस्तालाई मौलिक परम्परा, सामूहिकता र प्रकृति सम्मानको सन्देश

रासस by रासस
जेष्ठ २, २०८३
in विविध, समाचार
0
खोटाङमा उभौली : ‘प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामना गरिँदै
62
SHARES
Share on FacebookShare on Twitter

धरान : 

गैरी गाउँको ढोडे ना उखु, भाचौना भाँचौँ लाग्छ ।

ढोल झ्याम्टाको सुरैमा सुन्दा नाचौना नाचौँ लाग्छ ।।

सानोमा सानो सिक्किमे भाले, कर्दैमा जनले रेटौं ।

दिनैमा भरि रमरसै गयौँ छ महिनामा भेटौँ ।।।

बिहानैदेखि साकेला थानमा यी र यस्तै गीत गाउँदै ताल मिलाएर नाच्नेहरुको लस्करै छ ।

धरान उपमहानगरपालिका–१३ का करुणा किराती भन्छिन्, “उभौली साकेला हाम्रो संस्कृतिसँग जोडिएको छ, साकेलाले हामी जस्तो नयाँ युवापुस्तालाई मौलिक परम्परा, सामूहिकता र प्रकृतिप्रतिको सम्मानबारे पनि सचेत बनाउँदै आएको छ ।”

त्यसैले साकेलाको समयमा हामी सधैँ झैँ साथीसँग आफ्नो मौलिक गहना र पहिरनमा नाच्न जाने गरेको उनी सुनाउँछिन् ।

‘आफ्नो पुर्खाले मान्दै आएको चाडपर्वहरु हामीले बिर्सिनु हुन्न भन्ने हिसाबले पनि प्रत्येक महिनामा मनाइने उभौली र उधौली हामी नाच्ने गरेका छौँ’, उनको भनाइ छ ।

देशभर भूमेस्थानमा पूजा आराधना गरी वैशाख शुक्ल पूर्णिमादेखि सुरु भएको साकेला किराँत राई समुदायले प्रत्येक वर्ष मनाउने गरेको साकेला आज धरान उपमहानगरपालिका–१७ स्थित साकेला पार्कका हर्सोउल्लासका साथ समापन गरिँदैछ ।

उभौली चाड प्रकृतिपूजक वा अर्को शब्दमा धर्तीपूजक अर्थात् नेपालका किराँत समुदायभित्रका विभिन्न जातिहरुले मनाउने प्रसिद्ध चाडको रुपमा लिइन्छ ।

दौरासुरुवाल र टोपीमा सजिएका युवा र गुन्युचोली, लाछा, शिरबन्दी, चेप्टे सुन, पैसाको हारी माला, नौगेडीजस्ता गरगहनामा सजिएका युवती हातमा ढोल, झ्याम्टा र चम्मर बोकेर गीतमा लय मिलाउँदै नाच्न व्यस्त छन् ।

छातीमा पेचुरी धजुरी, वाबु, बुन्छत र मुर्चुङ्गा झुन्ड्याएका युवायुवती ढोल झ्याम्टाको तालमा विभिन्न चरा चुरुङ्गी र जीवजनावारको हाउँभाउ गर्दै नाच्न व्यस्त छन् । अहिले साकेला थानमा युवापुस्ताकै बाक्लो उपस्थिति देखिन्छ ।

साकेला प्रशिक्षक विवेक राई भन्छन्, ‘एक दशकभन्दा बढी भयो साकेला नाच्न सुरु गरेको, हामी सानो हुँदा बाजेले साकेलाको बेला कसरी पूजा गरिन्छ र साकेला कसरी नाचिन्छ भन्ने कुरा सबै सिकाउनु हुन्थ्यो ।’

वैशाख पूर्णिमाका अवसरमा १५ दिनदेखि एक महिनासम्म साकेला उभौली पूर्वका विभिन्न ठाउँमा मनाइन्छ । ढोलझ्याम्टा, हातमा च्याम्बर लिएर साकेला नाच्दै किरात राई समुदायले उभौली चाड समापन गर्दै छन् ।

बैशाख १८ गते धरान उपमहानगरपालिका १४ विजयपुर स्थितकिरातको विरासत बोकेको हाङ बुद्धिकर्ण राईको दरबारक्षेत्रमा ढोल झ्याम्ता पुकाई पूजाआजा गरी सुरु गरिएको साकेला अहिलेसम्म विभिन्न वडाहरुले २६ भन्दा बढी कार्यक्रहरु सम्पन्न गरिसकेपछि आज किराँत राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीको आयोजनामा वडास्तरीय साकेला सिली प्रदर्शनीसाथै प्रकृति पुच्दै साकेला उभौली समापन गर्न लागिएको किराँत राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले बताए ।

साकेला समापनको अवसरमा सहभागीहरु सांस्कृतिक भेशभूषामा सजिएका छन् । साकेला थानमा पितृभूमिको पूजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला नाच्न सुरु गरिन्छ ।

साकेला उभौली, उधौली विशेषगरी नाचमा मानवको जन्मदेखि मृत्युसम्मका र हरेक पशुपक्षीको क्रियाकलापलाई चित्रण गर्दै साकेला सिली नाच्ने परम्परा रहिआएको छ ।

साकेला चाड र साकेला नाचको सुरुआतका विषयमा विभिन्न ठाउँअनुसार फरकफरक मिथक र बूढापाखाहरुको भनाइहरु पाइन्छन् ।

साकेला किराँत राईहरुको पहिचानसँग जोडिएको छ, जसलाई आफ्नो आस्थाको देवतालाई आफ्नै तरिकाले पुज्ने र पूजालाई महान् चाडका रुपमा लिने चलन किराँत समुदायमा रहिआएको छ । यसलाई विशेष अवसर मानेर किराँत राई महिला तथा पुरुष मौलिक सांस्कृतिक पहिरनमा सजिएर नाच्ने गरिन्छ ।

विशेषगरी यसको सुरुआतका विषयमा किराँत समुदायमा ठाउँअनुसार आ–आफ्नै तर्क र भनाइहरू भेटिन्छन् । यद्यपि, किराँत समुदायको आदिम पुर्खा खोक्चिलिपु, तायामा र खियामाले यसको सुरुआत गरेको किंवदन्तीमा उल्लेख भएको भेटिन्छ । पछिल्लो समय साकेला टोलटोलमा र चोकचोकमा नाच्ने प्रचलन उत्तिकै बढेको छ ।

वैशाख महिनादेखि दिन लामो हुने र गर्मी महिनाको सुरु भएपश्चात् चिसो भू–भागतर्फ पनि तातो हुँदै जाने हुनाले पहाडी तथा हिमाली भेगका मानिसलगायत गाई बस्तुगोठ पनि माथितिर सार्ने थाल्ने चलन अहिले पनि छ ।

चिसोयामको सुरुआतसँगै बासस्थान तलतिर सर्ने र तातो मौसम सुरु हुँदा माथि लाग्ने जीवनशैलीको प्रतिनिधित्व तथा सम्झना गराउने यस चाडले मौसमअनुसार तल (उधोँ) वा (उभोँ) बास्थान सर्ने चलन थोरै नै भएपनि नेपालका केही भागमा अझै पनि यथावत् नै रहेको बूढापाखाहरुको भनाइ छ ।

विशेषगरी बाली लगाउनु अघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ । मङ्सिर महिनामा उधौली एक दिन मनाइन्छ भने वैशाख पूर्णिमाका दिनदेखि सुरु भएको उभौली झन्डै एक महिनासम्म मनाइन्छ ।

उभौली विशेष गरी तराई वा मधेसतिर गर्मी बढ्दै जादा माथिल्ला पहाडी र हिमाली भूभागहरुमा समेत मौसम तातिँदै जान्छ । यसरी गर्मी बढ्दै जादा वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने बूढापाखाको भनाइ छ ।

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस पनि उँभो लाग्छन् । उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने पनि रहेको भनाइ छ । यसै कारणले वैशाख पूर्णिमामा किराँत समुदायद्वारा मनाइने यस चाड ‘उभो’ शब्दबाट प्रेरित भएर ‘उभौली’ को नामले चिनिने तथा मनाइने गरिएको भनाइ छ ।

यस दिनलाई किराँत समुदायले सुम्निमा अर्थात् देवी पार्वतीको सृष्टि भएको दिनका रूपमा पनि मान्ने गरेका छन् । सांस्कृतिक दृष्टिले पनि अत्यन्तै महत्वपूर्ण रहेको किराँत समुदाय भित्रका चाम्लिङ, बान्तावा, सुनुवार, राई, याक्खा, लिम्बूलगायत जातिहरूले यस उभौली चाडलाई महान चाडका रुपमा मनाउने गरेका छन् ।

उभौली पर्वलाई किराँत समुदायका जातिहरुले ठाउँ विशेष र आफ्नो बोल्ने भाषाअनुसार फरकफरक नामले चिन्ने गरिन्छ । लिम्बूहरूले ‘चासोक’ वा ‘यक्वा तङनाम’ राई र चाम्लिङजातीले ‘साकेला’ सुनुवारले ‘फोलष्यादर’ बान्तावाहरूले ‘साकेन्वा’ दुमी राईहरुले ‘तोसी’लगायतका इत्यादि नामहरुले उभौली चाडलाई सम्बोधन गर्ने गरेको पाइन्छ ।

पहाडी भेगमा रामनवमी सुरुभएसँगै साकेला मनाउन सुरु गरिन्छ । टोलटोल गाउँगाउँमा ढोल झ्याम्टासँगै गाउँमा नाच गरेर हिँड्ने चलन रहेको छ । यो चाडमा किराँत राईहरुले पुर्खालाई सम्झेर सिलिमार्फत सम्मान गर्ने गरिन्छ ।

Tags: #रासससाकेला
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री बालेन र मोदीद्वारा संयुक्त शिलान्यास
समाचार

तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री बालेन र मोदीद्वारा संयुक्त शिलान्यास

by टाकुरा न्यूज । इटहरी
मंसिर ७, २०८३
0

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको सोमबार संयुक्त...

कोशीमा ‘सुरक्षित यात्रा अभियान’काे शुभारम्भ, जितबहादुर राई सम्मानित
समाचार

कोशीमा ‘सुरक्षित यात्रा अभियान’काे शुभारम्भ, जितबहादुर राई सम्मानित

by टाकुरा न्यूज । इटहरी
मंसिर ७, २०८३
0

विराटनगर : सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात प्रवर्द्धन गर्ने उद्देश्यले कोशी प्रदेशमा ‘सुरक्षित यात्रा अभियान’ शुभारम्भ गरिएको छ। अभियानको अवसरमा...

इटहरीमा सामाचकेवा सांस्कृतिक कार्यक्रम सम्पन्न

इटहरीमा सामाचकेवा सांस्कृतिक कार्यक्रम सम्पन्न

मंसिर ७, २०८३
चिसोले छोटिँदै पर्यटकको खुम्बु बसाइ

चिसोले छोटिँदै पर्यटकको खुम्बु बसाइ

मंसिर ६, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार कैदी पक्राउ

मंसिर ६, २०८३
ताप्लेजुङस्थित पाथीभरा मन्दिरकाे सजावट

पाथीभरा दर्शनमा बढ्यो चाप, एक महिनामै ५० लाख भेटी

मंसिर ६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री बालेन र मोदीद्वारा संयुक्त शिलान्यास

तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री बालेन र मोदीद्वारा संयुक्त शिलान्यास

मंसिर ७, २०८३
कोशीमा ‘सुरक्षित यात्रा अभियान’काे शुभारम्भ, जितबहादुर राई सम्मानित

कोशीमा ‘सुरक्षित यात्रा अभियान’काे शुभारम्भ, जितबहादुर राई सम्मानित

मंसिर ७, २०८३
इटहरीमा सामाचकेवा सांस्कृतिक कार्यक्रम सम्पन्न

इटहरीमा सामाचकेवा सांस्कृतिक कार्यक्रम सम्पन्न

मंसिर ७, २०८३
चिसोले छोटिँदै पर्यटकको खुम्बु बसाइ

चिसोले छोटिँदै पर्यटकको खुम्बु बसाइ

मंसिर ६, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    बैंकिङ कसुरमा इटहरीका अधिकारी पक्राउ

    1117 shares
    Share 447 Tweet 279
  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1094 shares
    Share 438 Tweet 274
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    390 shares
    Share 156 Tweet 98
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    340 shares
    Share 136 Tweet 85
  • मोरङमा ग्यास चुहावटको आगोले खोस्यो ३० वर्षीया सुरक्षाको जीवन

    276 shares
    Share 110 Tweet 69

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.