मोरङ : मोरङको पथरीशनिश्चरे नगरपालिका–१० मङ्गलबारेस्थित एक घरबाट १९६ ग्राम ४०० मिलिग्राम ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पथरी र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको संयुक्त टोलीले पथरीशनिश्चरे–१० निवासी ३३ वर्षीय मोतिराज लिम्बूको घरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा प्रहरीले १९६ ग्राम ४०० मिलिग्राम ब्राउनसुगर बरामद गरेको जनाएको छ। घटनामा मोतिराज लिम्बू र रंगेली नगरपालिका–६ निवासी ३३ वर्षीय मिथुन साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
दुवैलाई इलाका प्रहरी कार्यालय पथरीको हिरासतमा राखेर लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





















Discussion about this post