मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०८२ का लागि अन्तिम १० उत्कृष्ट कृतिको सूची सार्वजनिक गरेको छ।
२९८ पुस्तकमध्ये छनोट भएका कृतिमा यसपटक उपन्यासको स्पष्ट वर्चस्व देखिएको छ।
अन्तिम सूचीमा ‘अज्ञात’, ‘इथा’, ‘परिधि’, ‘महायुग’ र ‘सलह’ गरी पाँच उपन्यास, ‘उत्कर्ष’ कथासंग्रह, ‘हिउँद’ कवितासंग्रह तथा ‘स्वस्पर्श’ मनोवैज्ञानिक, ‘नेपाल मण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास’ र ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ समावेश छन्।
इतिहास, संस्कृति, मनोविज्ञान, आध्यात्मिक चिन्तन र समकालीन सामाजिक विषयलाई समेटेका यी कृतिमध्येबाट एकलाई मदन पुरस्कार–२०८२ प्रदान गरिने गुठीले जनाएको छ।
















Discussion about this post