मोरङ : मोरङको सुनवर्षीमा मध्यराति घरमै सुतिरहेकी १० वर्षीया बालिकालाई सर्पले डसेर मृत्यु भएको छ।
सुनवर्षी नगरपालिका–८ हर्चनगढीका जाग्रुदिन मियाँकी छोरी रेहाना खातुनलाई मंगलबार बिहान २ः३० बजेतिर घरमा सुतिरहेका बेला सर्पले दाहिने हातमा डसेको प्रहरीले जनाएको छ।
सर्पदंशपछि अवस्था गम्भीर बनेकी रेहानालाई अभिभावकले तत्काल उपचारका लागि रंगेली अस्पताल पुर्याएका थिए।
तर उपचारकै क्रममा बिहान ३ः४५ बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार रेहानालाई कुन प्रजातिको सर्पले डसेको हो भन्ने खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












Discussion about this post