झापा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–५ साबित्रा चोकमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।
ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा शिवसताक्षी नगरपालिका–८ का अन्दाजी २९ वर्षीय सागर तिम्सिनाले ज्यान गुमाएका हुन् ।
प्रहरीका अनुसार दमकबाट केर्खातर्फ जाँदै गरेको प्रदेश १–०१–००१४ प ६४८९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ५२०२ नम्बरको ट्रक साबित्रा चोकमा ठोक्किएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका तिम्सिनालाई उपचारका लागि कनकाई नगर अस्पताल सुरुङ्गा पुर्याइएको थियो । उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
दुर्घटनापछि प्रहरीले ट्रक चालक धनुषाधाम नगरपालिका–५ नौसय बिगहाका अन्दाजी २९ वर्षीय शिवशंकर महतोलाई नियन्त्रणमा लिएको छ । दुवै सवारीसाधनसमेत प्रहरीले नियन्त्रणमा राखेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















Discussion about this post