Thursday, November 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

चौदण्डीगढीका ३६४ परिवारलाई भोगाधिकारसहितको जग्गाधनी पुर्जा वितरण

माधव पोख्रेल by माधव पोख्रेल
मंसिर ८, २०८३
in समाचार
0
चौदण्डीगढीको चार वर्षे विकासको प्रगति विवरण सार्वजनिक
59
SHARES
Share on FacebookShare on Twitter

उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिकाले वर्षौंदेखि जग्गा जोतभोग गर्दै आए पनि जग्गाधनी प्रमाणपुर्जा नपाएका ३६४ जना किसानलाई भोगाधिकारसहितको जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको छ।

नगरपालिकाले भूमिसम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले कानुनी प्रक्रिया पूरा गरी जग्गा जोतभोग गर्दै आएका किसानलाई सोमबार प्रमाणपुर्जा वितरण गरेको हो।

नगरपालिकाभित्रका ६ हजार २०० परिवारको जग्गा नापजाँच गरिएकोमा पहिलो चरणमा ३६४ जनालाई भोगाधिकारको प्रमाणपुर्जा वितरण गरिएको नगरपालिकाले जनाएको छ। भूमि समस्या समाधान आयोगको सहकार्यमा सुरु गरिएको यस अभियानअन्तर्गत करिब ५ हजार २०० जनालाई निकट भविष्यमा जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने तयारी भइरहेको छ।

नगरप्रमुख कालुमान लामाले स्थानीयको वर्षौंदेखिको जग्गाविहीनताको अवस्था अन्त्य गर्दै जोतभोग गर्दै आएको जग्गाको कानुनी स्वामित्व दिलाउन नगरपालिका क्रियाशील रहेको बताए।

उनका अनुसार भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न पनि प्रमाणपुर्जा वितरणको प्रक्रिया अघि बढाइएको छ।

चौदण्डीगढी नगरपालिका–२ अन्तर्गत झगडापाटा गाउँबाट सोमबारदेखि जग्गाधनी प्रमाणपुर्जा वितरण सुरु गरिएको नगरप्रमुखलामाले जानकारी दिए। यसअघि नगरपालिकाका विभिन्न वडाका ३४३ जना किसानलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको उनले बताए।

नगरभित्रका सबै भूमिहीन तथा जग्गासम्बन्धी समस्या एकैपटक समाधान गर्ने लक्ष्यसहित काम भइरहेको उल्लेख गर्दै लामाले पटक–पटक थोरै संख्यामा पुर्जा वितरण गर्दा कतिपयमा आशंका उत्पन्न हुने र जग्गा जोतभोग गर्नेहरूबीच विश्वासको वातावरण कमजोर हुन सक्ने भएकाले सबैलाई प्रमाणपुर्जा उपलब्ध गराउने लक्ष्य राखिएको बताए।

Tags: चौदण्डीगढीलालपुर्जा
माधव पोख्रेल

माधव पोख्रेल

उदयपुरको गाईघाटमा रहेर साहित्यिक लेखन तथा पत्रकारिता गर्दै आएका पोख्रेल निजामती सेवाबाट अवकाशप्राप्त हुन् । उनी विभिन्न साहित्यिक तथा सामाजिक संस्थामा आबद्ध छन् । अवकाशप्राप्तपछि पत्रकारिता यात्रा सुरु गरेका उनी टाकुरा न्यूजका लागि उदयपुर संवाददाता हुन् ।

Related Posts

धरानमा महिला दुर्व्यसनीको उपचारका लागि सुधार केन्द्र भवन शिलान्यास
FEATURE BREAKING

धरानमा महिला दुर्व्यसनीको उपचारका लागि सुधार केन्द्र भवन शिलान्यास

by टाकुरा न्यूज । इटहरी
मंसिर १०, २०८३
0

धरान : धरानस्थित आसरा सुधार केन्द्र पानवारीमा महिला लागूऔषध दुर्व्यसनीको उपचार तथा पुनर्स्थापनाका लागि छुट्टै भवन निर्माण हुने भएको छ...

उदयपुरमा प्रहरीले नष्ट गर्‍यो २६ हजार ७७० बोट गाँजा
FEATURE BREAKING

उदयपुरमा प्रहरीले नष्ट गर्‍यो २६ हजार ७७० बोट गाँजा

by माधव पोख्रेल
मंसिर १०, २०८३
0

उदयपुर : उदयपुरमा प्रहरीले चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि हालसम्म २६ हजार ७७० बोट गाँजा नष्ट गरेको छ ।...

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार प्रतिवादी पक्राउ

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार प्रतिवादी पक्राउ

मंसिर १०, २०८३
चोत्लुङ पार्कमा पैयुँको सौन्दर्य

चोत्लुङ पार्कमा पैयुँको सौन्दर्य

मंसिर १०, २०८३
सामूहिक गिरफ्तारीको चुनौती दिँदै पत्रकारहरूको धर्ना

सामूहिक गिरफ्तारीको चुनौती दिँदै पत्रकारहरूको धर्ना

मंसिर १०, २०८३
जिल्ला अस्पताल उदयपुरमा सुधारको प्रयास

जिल्ला अस्पताल उदयपुरमा सुधारको प्रयास

मंसिर ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धरानमा महिला दुर्व्यसनीको उपचारका लागि सुधार केन्द्र भवन शिलान्यास

धरानमा महिला दुर्व्यसनीको उपचारका लागि सुधार केन्द्र भवन शिलान्यास

मंसिर १०, २०८३
उदयपुरमा प्रहरीले नष्ट गर्‍यो २६ हजार ७७० बोट गाँजा

उदयपुरमा प्रहरीले नष्ट गर्‍यो २६ हजार ७७० बोट गाँजा

मंसिर १०, २०८३
जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार प्रतिवादी पक्राउ

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार प्रतिवादी पक्राउ

मंसिर १०, २०८३
चोत्लुङ पार्कमा पैयुँको सौन्दर्य

चोत्लुङ पार्कमा पैयुँको सौन्दर्य

मंसिर १०, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    बैंकिङ कसुरमा इटहरीका अधिकारी पक्राउ

    1120 shares
    Share 448 Tweet 280
  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1095 shares
    Share 438 Tweet 274
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    391 shares
    Share 156 Tweet 98
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    340 shares
    Share 136 Tweet 85
  • मोरङमा ग्यास चुहावटको आगोले खोस्यो ३० वर्षीया सुरक्षाको जीवन

    277 shares
    Share 111 Tweet 69

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.