Saturday, November 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

उदयपुरमा जल पर्यटन प्रवर्द्धन गर्न बन्याे तदर्थ समिति

माधव पोख्रेल by माधव पोख्रेल
मंसिर १२, २०८३
in समाचार
0
उदयपुरमा जल पर्यटन प्रवर्द्धन गर्न बन्याे तदर्थ समिति
52
SHARES
Share on FacebookShare on Twitter

उदयपुर : उदयपुरमा जल पर्यटन प्रवर्द्धन तथा साहसिक खेलकुदको विकास गर्ने उद्देश्यले नेपाल र्‍याफ्टिङ तथा क्यानोइङ संघको जिल्ला तदर्थ समिति गठन गरिएको छ।

शुक्रबार गाईघाटमा आयोजित भेलाले दिनेशकुमार श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरेको हो।

समितिको उपाध्यक्षमा भूपालराज राउत, सचिवमा सञ्जीव राजभण्डारी, सहसचिवमा भानुनारायण श्रेष्ठ र कोषाध्यक्षमा तुलसा मिश्र चयन भएका छन्। सदस्यहरूमा नवराज राई, भीमबहादुर मगर, नारायणबहादुर राई, दिलीप साह, सुरेश चौधरी, सागर मगर, शर्मिला थापा र शान्तबहादुर माझी रहेका छन्।

समिति गठन कार्यक्रममा नेपाल र्‍याफ्टिङ तथा क्यानोइङ महासंघ कोशी प्रदेशका सचिव सुरेश बस्नेतले नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई शपथग्रहण गराउँदै सफल कार्यकालको शुभकामना दिए। उनले उदयपुरमा र्‍याफ्टिङ र क्यानोइङजस्ता साहसिक खेल तथा जल पर्यटनको प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै यसलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न समितिले सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरे।

जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ उदयपुरका अध्यक्ष डेभिड बस्नेतलगायतले पनि नवनिर्वाचित समितिलाई शुभकामना दिँदै जिल्लाको पर्यटन विकासमा सहकार्य गर्ने प्रतिबद्धता जनाए।

तदर्थ समितिको पहिलो बैठकले साहसिक पर्यटन प्रवर्द्धनका लागि विभिन्न योजना अघि सारेको छ। अध्यक्ष श्रेष्ठका अनुसार त्रियुगा नगरपालिकाले वडा नम्बर १४ र १५ हुँदै बग्ने सुनकोशी नदीको तटीय क्षेत्रका स्थानीयलाई स्वरोजगार बनाउने उद्देश्यले सञ्चालन गरेको आधारभूत र्‍याफ्टिङ तालिमका सहभागीलाई थप दक्ष बनाउन एडभान्स तालिम प्रदान गर्ने निर्णय गरिएको छ।

त्यस्तै, गाईघाटमा आगामी मंसिर १७ देखि २७ गतेसम्म आयोजना हुने तेस्रो प्रदेश महोत्सव–२०८३ मा र्‍याफ्टिङ सञ्चालन गर्ने तयारी गरिएको छ। जिल्लाका विभिन्न नदी तथा जलक्षेत्रमा र्‍याफ्टिङ र क्यानोइङ सञ्चालनको सम्भाव्यता अध्ययन गरी नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्ने निर्णयसमेत बैठकले गरेको छ।

जिल्लामा रहेका जलस्रोतको पर्यटकीय उपयोग, स्थानीयलाई रोजगारी तथा स्वरोजगारसँग जोड्ने र साहसिक पर्यटनमार्फत उदयपुरको पहिचान स्थापित गर्ने लक्ष्य समितिले लिएको अध्यक्ष श्रेष्ठले बताए।

Tags: #उदयपुरकाेशीजल पर्यटन
माधव पोख्रेल

माधव पोख्रेल

उदयपुरको गाईघाटमा रहेर साहित्यिक लेखन तथा पत्रकारिता गर्दै आएका पोख्रेल निजामती सेवाबाट अवकाशप्राप्त हुन् । उनी विभिन्न साहित्यिक तथा सामाजिक संस्थामा आबद्ध छन् । अवकाशप्राप्तपछि पत्रकारिता यात्रा सुरु गरेका उनी टाकुरा न्यूजका लागि उदयपुर संवाददाता हुन् ।

Related Posts

तामझाम होइन, आफ्नाे संस्कृतिअनुसार विवाह गर्दैछु : गृहमन्त्री गुरुङ
FEATURE BREAKING

तामझाम होइन, आफ्नाे संस्कृतिअनुसार विवाह गर्दैछु : गृहमन्त्री गुरुङ

by मनाेज अधिकारी
मंसिर १२, २०८३
0

इटहरी : गृहमन्त्री सुधन गुरुङले आगामी मंसिर १७ गते गोरखामा परम्परागत गुरुङ संस्कृतिअनुसार विवाह गर्ने घोषणा गरेका छन्। विवाहलाई भड्किलो र...

सेतो दरबारमा स्रष्टा र सिर्जना सम्पन्न
समाचार

सेतो दरबारमा स्रष्टा र सिर्जना सम्पन्न

by टाकुरा न्यूज । इटहरी
मंसिर १२, २०८३
0

इटहरी : सुनसरीको इटहरीस्थित सेतो दरबारमा ‘स्रष्टा र सिर्जना’ कार्यक्रम सम्पन्न भएको छ । मधुपर्क पाठक चौतारी इटहरीको आयोजनामा भएको कार्यक्रममा...

हिमाली वातावरण संरक्षणको नयाँ अभियान : फोहोरबाट सम्भावना खोज्दै सगरमाथा नेक्स्ट

हिमाली वातावरण संरक्षणको नयाँ अभियान : फोहोरबाट सम्भावना खोज्दै सगरमाथा नेक्स्ट

मंसिर १२, २०८३
झापामा मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना मानिसको मृत्यु, २५ वटा हात्ती मरे

जङ्गली हात्तीको आक्रमणबाट बेलकामा वृद्धको मृत्यु

मंसिर ११, २०८३
सगरमाथा माविका विद्यार्थीले बनाए २० भन्दा बढी परिकार

सगरमाथा माविका विद्यार्थीले बनाए २० भन्दा बढी परिकार

मंसिर ११, २०८३
एसओएस हर्मन माविमा इटहरीमै पहिलोपटक ह्याकाथन प्रतियोगिता

एसओएस हर्मन माविमा इटहरीमै पहिलोपटक ह्याकाथन प्रतियोगिता

मंसिर ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

तामझाम होइन, आफ्नाे संस्कृतिअनुसार विवाह गर्दैछु : गृहमन्त्री गुरुङ

तामझाम होइन, आफ्नाे संस्कृतिअनुसार विवाह गर्दैछु : गृहमन्त्री गुरुङ

मंसिर १२, २०८३
उदयपुरमा जल पर्यटन प्रवर्द्धन गर्न बन्याे तदर्थ समिति

उदयपुरमा जल पर्यटन प्रवर्द्धन गर्न बन्याे तदर्थ समिति

मंसिर १२, २०८३
सेतो दरबारमा स्रष्टा र सिर्जना सम्पन्न

सेतो दरबारमा स्रष्टा र सिर्जना सम्पन्न

मंसिर १२, २०८३
हिमाली वातावरण संरक्षणको नयाँ अभियान : फोहोरबाट सम्भावना खोज्दै सगरमाथा नेक्स्ट

हिमाली वातावरण संरक्षणको नयाँ अभियान : फोहोरबाट सम्भावना खोज्दै सगरमाथा नेक्स्ट

मंसिर १२, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    बैंकिङ कसुरमा इटहरीका अधिकारी पक्राउ

    1123 shares
    Share 449 Tweet 281
  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1095 shares
    Share 438 Tweet 274
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    341 shares
    Share 136 Tweet 85
  • मोरङमा ग्यास चुहावटको आगोले खोस्यो ३० वर्षीया सुरक्षाको जीवन

    277 shares
    Share 111 Tweet 69
  • मोरङमा महिलाको रहस्यमय मृत्यु, घरमा श्रीमान् रगत बान्ता गर्दै भेटिए

    259 shares
    Share 104 Tweet 65

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.