Saturday, November 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

तामझाम होइन, आफ्नाे संस्कृतिअनुसार विवाह गर्दैछु : गृहमन्त्री गुरुङ

मनाेज अधिकारी by मनाेज अधिकारी
मंसिर १२, २०८३
in FEATURE BREAKING, समाचार
0
तामझाम होइन, आफ्नाे संस्कृतिअनुसार विवाह गर्दैछु : गृहमन्त्री गुरुङ
49
SHARES
Share on FacebookShare on Twitter

इटहरी : गृहमन्त्री सुधन गुरुङले आगामी मंसिर १७ गते गोरखामा परम्परागत गुरुङ संस्कृतिअनुसार विवाह गर्ने घोषणा गरेका छन्। विवाहलाई भड्किलो र खर्चिलो नबनाई सामान्य नागरिकको जस्तै सादगीपूर्ण रूपमा सम्पन्न गर्ने उनको योजना छ।

तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को १५औँ केन्द्रीय पार्षदसभालाई सम्बोधन गर्दै उनले पहिलोपटक आफ्नै समुदायका माझ विवाहको कुरा सार्वजनिक गर्न पाउँदा खुसी र गर्व लागेको बताए।

उनले विवाहमा गुरुङ समुदायको मौलिक कला, संस्कृति, भेषभूषा र परम्परालाई प्राथमिकता दिने बताए। पुर्खाको इतिहास, सामुदायिक पहिचान र मौलिक संस्कृति संरक्षण गर्ने उद्देश्यले गोरखामा विवाह गर्ने निर्णय गरेको उनको भनाइ छ।

‘आफ्नो समुदाय, समाज, इतिहास, पुर्खा र गाउँठाउँ बिर्सेर अर्काको संस्कृति अपनाउँदै नयाँ शैलीमा विवाह गर्न मलाई मन छैन। आफ्नो देशको इतिहास, परम्परा, भेषभूषा र जातीय पहिचान जोगाउनका लागि गोरखा रोजेको हुँ,’ उनले भने।

विवाहलाई प्रतिष्ठा र प्रतिस्पर्धाको विषय बनाउन नहुने उल्लेख गर्दै उनले ऋण लिएर भए पनि भव्य भोजभतेर र तामझाम गर्नुपर्ने सोच गलत भएको टिप्पणी गरे। विवाह एकअर्काका लागि हुने भएकाले अनावश्यक खर्च गर्न आवश्यक नरहेको उनले बताए।

गुरुङका अनुसार विवाह समारोहमा सीमित व्यक्तिहरू मात्रै सहभागी हुनेछन्। आफू र हुनेवाला श्रीमती दुवैको चाहना सादगीपूर्ण तथा परम्परागत शैलीमा विवाह गर्ने रहेको उनले सुनाए।

विवाहस्थल रहेको गाउँलाई भविष्यमा पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना औँल्याउँदै उनले स्थानीय होमस्टे, कला–संस्कृति र हिमाली पर्यटन प्रवर्द्धनमा समेत विवाहले योगदान पुर्‍याओस् भन्ने चाहना व्यक्त गरे। विवाहमा सरकारका प्रतिनिधि तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमेत सहभागी हुने अपेक्षा रहेको उनले बताए।

सम्बोधनका क्रममा गृहमन्त्री गुरुङले आफ्नो राजनीतिक तथा सामाजिक यात्रामा गुरुङ समुदायले पुर्‍याएको योगदानको स्मरण गर्दै देश तथा विदेशमा रहेका समुदायका सदस्यप्रति आभार व्यक्त गरे। आफू कठिन परिस्थितिमा पर्दासमेत समुदायले साथ र हौसला दिएको उनले बताए।

काठमाडौंको घोपा आन्दोलनका क्रममा पूर्वी नेपालका नागरिकले दिएको साथ कहिल्यै बिर्सन नसक्ने उल्लेख गर्दै उनले सात महिनासम्म चलेको आन्दोलनमा पूर्वका नागरिकले निरन्तर सहयोग गरेको स्मरण गरे।

उनले आफ्नो पार्टीको झन्डाभन्दा देश माथि रहेको पाठ समुदायबाट सिकेको उल्लेख गर्दै सुशासन र समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको बताए। नागरिकको सुरक्षा र राष्ट्रिय हितका लागि आफू जुनसुकै परिस्थितिमा पनि तयार रहेको उनको भनाइ थियो।

Tags: गृहमन्त्रीसुदन गुरुङ
मनाेज अधिकारी

मनाेज अधिकारी

Related Posts

उदयपुरमा जल पर्यटन प्रवर्द्धन गर्न बन्याे तदर्थ समिति
समाचार

उदयपुरमा जल पर्यटन प्रवर्द्धन गर्न बन्याे तदर्थ समिति

by माधव पोख्रेल
मंसिर १२, २०८३
0

उदयपुर : उदयपुरमा जल पर्यटन प्रवर्द्धन तथा साहसिक खेलकुदको विकास गर्ने उद्देश्यले नेपाल र्‍याफ्टिङ तथा क्यानोइङ संघको जिल्ला तदर्थ समिति...

सेतो दरबारमा स्रष्टा र सिर्जना सम्पन्न
समाचार

सेतो दरबारमा स्रष्टा र सिर्जना सम्पन्न

by टाकुरा न्यूज । इटहरी
मंसिर १२, २०८३
0

इटहरी : सुनसरीको इटहरीस्थित सेतो दरबारमा ‘स्रष्टा र सिर्जना’ कार्यक्रम सम्पन्न भएको छ । मधुपर्क पाठक चौतारी इटहरीको आयोजनामा भएको कार्यक्रममा...

हिमाली वातावरण संरक्षणको नयाँ अभियान : फोहोरबाट सम्भावना खोज्दै सगरमाथा नेक्स्ट

हिमाली वातावरण संरक्षणको नयाँ अभियान : फोहोरबाट सम्भावना खोज्दै सगरमाथा नेक्स्ट

मंसिर १२, २०८३
झापामा मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना मानिसको मृत्यु, २५ वटा हात्ती मरे

जङ्गली हात्तीको आक्रमणबाट बेलकामा वृद्धको मृत्यु

मंसिर ११, २०८३
सगरमाथा माविका विद्यार्थीले बनाए २० भन्दा बढी परिकार

सगरमाथा माविका विद्यार्थीले बनाए २० भन्दा बढी परिकार

मंसिर ११, २०८३
एसओएस हर्मन माविमा इटहरीमै पहिलोपटक ह्याकाथन प्रतियोगिता

एसओएस हर्मन माविमा इटहरीमै पहिलोपटक ह्याकाथन प्रतियोगिता

मंसिर ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

तामझाम होइन, आफ्नाे संस्कृतिअनुसार विवाह गर्दैछु : गृहमन्त्री गुरुङ

तामझाम होइन, आफ्नाे संस्कृतिअनुसार विवाह गर्दैछु : गृहमन्त्री गुरुङ

मंसिर १२, २०८३
उदयपुरमा जल पर्यटन प्रवर्द्धन गर्न बन्याे तदर्थ समिति

उदयपुरमा जल पर्यटन प्रवर्द्धन गर्न बन्याे तदर्थ समिति

मंसिर १२, २०८३
सेतो दरबारमा स्रष्टा र सिर्जना सम्पन्न

सेतो दरबारमा स्रष्टा र सिर्जना सम्पन्न

मंसिर १२, २०८३
हिमाली वातावरण संरक्षणको नयाँ अभियान : फोहोरबाट सम्भावना खोज्दै सगरमाथा नेक्स्ट

हिमाली वातावरण संरक्षणको नयाँ अभियान : फोहोरबाट सम्भावना खोज्दै सगरमाथा नेक्स्ट

मंसिर १२, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    बैंकिङ कसुरमा इटहरीका अधिकारी पक्राउ

    1123 shares
    Share 449 Tweet 281
  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1095 shares
    Share 438 Tweet 274
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    341 shares
    Share 136 Tweet 85
  • मोरङमा ग्यास चुहावटको आगोले खोस्यो ३० वर्षीया सुरक्षाको जीवन

    277 shares
    Share 111 Tweet 69
  • मोरङमा महिलाको रहस्यमय मृत्यु, घरमा श्रीमान् रगत बान्ता गर्दै भेटिए

    259 shares
    Share 104 Tweet 65

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.