पाँचथरको कुम्मायक गाउँपालिका १ काफ्लेपानीमा अरिङगालको टोकाइबाट एक युवाको मृत्यु भएको छ ।
घर नजिकैको रुखमा अरिङगाल मार्ने क्रममा स्थानीय १९ वर्षिय जीवन दर्जीको मृत्यु भएको हो । अरिङगालको टोकाइबाट गम्भिर घाइते भएका उनको उपचारको लागि झापाको बित्तासिटि अस्पताल पुर्याइएको थियो ।
तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि दर्जीलाई घोपा क्याम धरान लैजादै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय यासोकले जनाएको छ ।














Discussion about this post