Wednesday, September 2, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध फाेटाे फिचर

प्रदेश १ को लोकप्रिय पर्यटकीय गन्तव्य बन्दै तालतलैया (फोटोफिचरसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर ६, २०७७
in फाेटाे फिचर, भिजिट नेपाल, समाचार
0
प्रदेश १ को लोकप्रिय पर्यटकीय गन्तव्य बन्दै तालतलैया (फोटोफिचरसहित)
804
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिका वडा नं. २ र ३ मा पर्ने पूर्वी नेपालको चर्चित पर्यटकीय स्थल हो – तालतलैया ।

एकबेला तालतलैयामा एकैदिन २० हजार भन्दा पर्यटक भित्राउन सफल बन्दै आएको थियो । तर, पछिल्लो समय कोरोना भाइरसका कारण पर्यटन क्षेत्रको अवस्था ठप्प बनेपछि यहाँ आगन्तुक तथा बाह्य पर्यटकको आवागमनमा चहलपहल थिएन ।

अहिले केही सातायता भने शनिबार बाहेकका दिनमा पनि पर्यटक आउन थालेको तालतलैया विकास संरक्षण समितिले जनाएको छ ।

‘मेची देखि महाकाली हुँदै, भारत, चीन, मलेसिया देखि युरोपीयन देशका पर्यटकले यहाँ भ्रमण गरिसकेका छन्,’ तालतलैया विकास संरक्षण समितिका अध्यक्ष बीर बहादुर लिम्बू भन्छन्, ‘कात्तिकदेखि फागुन सम्म यहाँ बनभोजका लागि पूर्वी झापादेखि पश्चिम महाकालीका मानिसहरु पनि आउने गर्नुभएको छ, हामी पर्यटन प्रबद्र्धनको क्रममा जुटिरहेका छौँ ।’

इटहरीको जुट विकासदेखि ५ किलोमिटर उत्तर र तरहरा चोकदेखि ३ किलोमिटर पूर्वमा पर्ने तालतलैयामा अबका दिनमा बनभोज खान आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा बृद्धि हुँदै जाने उनको विश्वास रहेको छ ।

उनले तालतलैयामा हिउँदको समयमा शनिबारको दिन २० हजार भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने अभिलेख आँफूहरुसँग रहेको उदृत गर्दै टाकुरासँग भने, ‘एकैदिन २० हजार भन्दा बढी र बर्षमा ४ लाख भन्दा बढी पर्यटक यहाँ आउँने गरेको अवस्था थियो, तर पछिल्लो समय कोरोना महामारीका कारण पर्यटन क्षेत्र ठप्प रहेको थियो, अब भने पर्यटकको चहलपहल पनि बढ्दै गएको अवस्था छ ।’

उनले यो ठाउँ प्राकृतिक रुपमा रमणीय रहेको उल्लेख गरे ।

८ वटा ताललाई मर्ज गरेर अहिले ५ वटा ताल रहेको सुनाउँदै यहाँ जलपरी रिक्सा, मोटरबोट र पाइडल बोट गर्न पाईने उनले सुनाए ।

‘

जैविक विविधताले भरिपूर्ण यो ठाउँमा बालमैत्री पार्क समेत रहेको छ,’ लिम्बू भन्छन्, ‘१० बर्षदेखि कम उमेरका बालबालिकालाई फन पार्कको सुविधा समेत रहेको छ ।’

यहाँ विभिन्न प्रजातिका जंगली जनावर, चराचुरुङ्गी समेत रहेकाले मनमोहक दृष्य नजिकबाटै नियाल्न सकिने उनको तर्क छ । ‘हामीले यहाँ राखेका पशुपंक्षी किनेर ल्याएका होइनौँ, संरक्षणका लागि राखिएको हो ।’ उनले भने । शिकारीले घाईते बनाएका र ती जंगली जनावरको उपचार गरी संरक्षण गरिराखेको उनको भनाई छ ।

तालतलैयामा ढुंगाका कलात्मक आकृतिले पनि मनै लोभ्याउने गरेको छ । यहाँ राखिएको ढुंगाको मूर्तिले आम मानिसको ध्यान खिच्ने गरेको छ । नेपाल ललितकला प्रतिष्ठानको आयोजनमा केही बर्ष अगाडि देश तथा विदेशका कलाकारहरुद्धारा निर्मित ३३ थान ढुंगाका मूर्ति यहाँ राखिएको छ ।

लिम्बूका अनुसार त्यस समयमा १८ दिनसम्म चलेको कार्यशालाले ३३ थान मूर्ति निर्माण गरी यहाँ सजावटका लागि राखिएको छ ।

७६.७५ हेक्टरमा रहेको सामूदायिक वन मध्ये २१.५० हेक्टर भित्र तालतलैया तथा सिमसार क्षेत्र रहेको छ ।

Tags: #इटहरी#पर्यटन#भिजिट नेपाल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

समाचार

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ १७, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिका–४ संगीत चोकबाट प्रहरीले १९ ग्रामभन्दा बढी ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको...

मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही
समाचार

मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

by टाकुरा न्यूज । इटहरी
भदौ १७, २०८३
0

धनकुटा । धनकुटामा औषधी पसल सञ्चालनको नाममा मापदण्डको बेवास्ता गर्ने प्रवृत्ति देखिएको छ । औषधी व्यवस्था विभागको नेतृत्वमा गरिएको अनुगमनका...

मोरङका सरकारी कार्यालयमा बिचौलियाविरुद्ध प्रशासनको ‘एक्सन’, ३० जना पक्राउ

मोरङमा बाढीपीडितका लागि ९८ लाखभन्दा बढी आर्थिक सहयोग सङ्कलन

भदौ १७, २०८३
कोशी ब्यारेज पुल

कोशी ब्यारेजमा पानीको बहाव खतराको तहमा, २७ वटा ढोका खोलिए

भदौ १७, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

५० हजार रुपैयाँ घुससहित विद्युत प्राधिकरण इटहरीका कर्मचारी पक्राउ

भदौ १७, २०८३
इटहरीकी एक महिलाले दुई छोरी र एक छोरासहित सप्तकोसीमा हाम्फाल्न लाग्दा प्रहरीद्वारा उद्वार

मोटरसाइकलमा गाँजा तस्करी, सुनसरीमा दुई जना पक्राउ

भदौ १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

भदौ १७, २०८३
मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

भदौ १७, २०८३
मोरङका सरकारी कार्यालयमा बिचौलियाविरुद्ध प्रशासनको ‘एक्सन’, ३० जना पक्राउ

मोरङमा बाढीपीडितका लागि ९८ लाखभन्दा बढी आर्थिक सहयोग सङ्कलन

भदौ १७, २०८३
कोशी ब्यारेज पुल

कोशी ब्यारेजमा पानीको बहाव खतराको तहमा, २७ वटा ढोका खोलिए

भदौ १७, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    307 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    281 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.