इटहरी
प्रदेश १ की सांसद विष्णु तुम्बाहाम्फेले इटहरीमा कार्यपालिका र व्यवस्थापिकाको संरचना क्षेत्रमा निर्माण नगरे अनशन बस्ने चेतावनी दिएकी छन् ।
मंगलबार प्रदेश संसद बैठकको शून्य समयमा बोल्दै सांसद तुम्बाहाम्फेले ११ महिना अघि भएको यो सहमति कार्यान्वयन गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएकी थिईन् । ‘११ महिना अघि भएको सहमति सरकारले भुल्यो’, सांसद तुम्बाहाम्फेले सम्बोधनको क्रममा भनिन्, ‘अब ती संरचना बनाउन प्रदेश सरकारले ध्यान नदिए सदनमा अनशन बस्छु।’
गत वैशाख २३ गते दलबीच बृहत विराट क्षेत्र अन्तर्गत कार्यपालिका र व्यवस्थापिकाको संरचना सुनसरीको इटहरी आसपासमा राखेर विराटनगरलाई राजधानी बनाउने सहमति भएको थियो ।
उदयपुरमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
उदयपुर : सगरमाथा राजमार्गअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–१० मा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन्।...











Discussion about this post