Sunday, August 23, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

मिडिया इतिहास समेटिएको पुस्तक ‘सुनसरीको मिडिया परिदृश्य’ लोकार्पण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ ७, २०८३
in FEATURE BREAKING, कला साहित्य, समाचार
0
मिडिया इतिहास समेटिएको पुस्तक ‘सुनसरीको मिडिया परिदृश्य’ लोकार्पण
52
SHARES
Share on FacebookShare on Twitter

धरान : सुनसरीका पत्रकार भोजराज श्रेष्ठद्वारा लिखित ‘सुनसरीको मिडिया परिदृश्य’ पुस्तक लोकार्पण गरिएको छ। धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसको सभाहलमा आइतबार आयोजित कार्यक्रममा पुस्तक लोकार्पण गरिएको हो।

कार्यक्रममा प्रा.डा. टंकप्रसाद न्यौपाने, वरिष्ठ पत्रकार हर्ष सुब्बा, धरान उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख तिलक राईलगायतले पुस्तक लोकार्पण गरेका थिए।

लोकार्पणपछि पुस्तकबारे प्रा.डा. न्यौपाने र वरिष्ठ पत्रकार सुब्बाले चर्चा गरेका थिए। न्यौपानेले ‘सुनसरीको मिडिया परिदृश्य’ सुनसरीको सञ्चार क्षेत्रबारे अध्ययन गर्न चाहनेका लागि पठनीय र सङ्ग्रहनीय कृति भएको बताए।

उनले पुस्तकमा सुनसरीको सञ्चार तथा पत्रकारिताको विकासक्रमलाई समेट्ने प्रयास गरिएको भन्दै आगामी संस्करणमा थप विषयवस्तु समावेश गर्न र पुस्तकमा रहेका त्रुटिहरू सच्याउँदै लैजान सुझाव दिए।

‘पुस्तक पठनीय र सङ्ग्रहनीय छ,’ न्यौपानेले भने, ‘आगामी संस्करणमा थप विषयवस्तु समेट्दै अहिले भएका त्रुटिहरूलाई सच्याउँदै लैजानुपर्छ।’

वरिष्ठ पत्रकार सुब्बाले सुनसरीको पत्रकारिताको विकासक्रमलाई धरानको पत्रकारितासँग जोडेर चर्चा गरे। उनले धरानदेखि सुनसरी हुँदै नेपालको पत्रकारिता र विश्व पत्रकारिताको इतिहाससम्मको विकासक्रमबारे चर्चा गरेका थिए।

सुब्बाले ‘सुनसरीको मिडिया परिदृश्य’ले जिल्लाको पत्रकारिता तथा सञ्चार क्षेत्रले समयक्रममा भोगेको परिवर्तन र विकासलाई बुझ्न सहयोग गर्ने बताए।

स्थानीय सञ्चार माध्यम, पत्रकारिता अभ्यास तथा सञ्चार क्षेत्रमा आएको परिवर्तनलाई दस्तावेजीकरण गर्ने प्रयासका रूपमा पुस्तकको महत्व रहेको उनको भनाइ थियो।

पुस्तकका लेखक श्रेष्ठले सुनसरीको मिडिया क्षेत्रका बारेमा करिब सात वर्षको अध्ययन, शोध तथा अनुसन्धानपछि पुस्तक तयार गरेको बताए।

सुनसरीमा सञ्चारमाध्यमको विकास, पत्रकारिता अभ्यास र यस क्षेत्रमा आएका परिवर्तनलाई अभिलेखीकरण गर्ने उद्देश्यले पुस्तक तयार गरिएको उनले जानकारी दिए।

‘सुनसरीको मिडिया क्षेत्रबारे अध्ययन, अनुसन्धान र सामग्री सङ्कलन गर्न सात वर्ष लाग्यो,” श्रेष्ठले भने, ‘यतिका समयको अध्ययन र अनुसन्धानपछि पुस्तक प्रकाशन गर्न सकेको हुँ।’

उनका अनुसार सुनसरीको पत्रकारितासँग सम्बन्धित विभिन्न पक्षलाई समेटेर पुस्तक तयार गरिएको छ।

जिल्लामा सञ्चारमाध्यमको विकाससँगै पत्रकारिता क्षेत्रमा आएका परिवर्तन, पत्रकारिताको अभ्यास र सञ्चार क्षेत्रसँग सम्बन्धित विषयलाई पुस्तकमा समेट्ने प्रयास गरिएको उनले बताए।

पुस्तकका लेखक श्रेष्ठ ब्लाष्ट टाइम्स दैनिकका कार्यकारी सम्पादक हुन्। उनी धरानमा रहेर विगत १८ वर्षदेखि पत्रकारिता तथा शिक्षण पेसामा आबद्ध छन्।

पत्रकारितासँगै शिक्षण र अध्ययन–अनुसन्धानमा समेत सक्रिय श्रेष्ठले आफ्नो व्यावसायिक अनुभव र लामो समयको अध्ययनलाई पुस्तकमार्फत दस्तावेजीकरण गरेका हुन्।

स्थानीय पत्रकारिताको इतिहास, सञ्चारमाध्यमको विकास र पत्रकारितामा आएका परिवर्तनलाई समेटेर प्रकाशित यस्ता कृतिले जिल्लाको सञ्चार इतिहासलाई अभिलेखका रूपमा सुरक्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने कार्यक्रममा सहभागी वक्ताहरूको भनाइ थियो।

कार्यक्रममा उपप्राध्यापक राजेश विद्रोहीले सहजीकरण गरेको कार्यक्रममा सञ्चार तथा पत्रकारिता क्षेत्रसँग सम्बन्धित व्यक्तिहरू, लेखक, प्राध्यापक, पत्रकार तथा साहित्यप्रेमीहरूको उपस्थिति थियो।

धरान रिडर्स ग्रुपले प्रकाशन गरेको पुस्तकको मूल्य ६९९ रुपैयाँ तोकिएको छ। पुस्तक सुनसरीको सञ्चार तथा पत्रकारिताको विकासक्रम बुझ्न चाहने पाठक, विद्यार्थी, अनुसन्धानकर्ता तथा पत्रकारिता क्षेत्रका लागि उपयोगी सामग्रीका रूपमा आएको प्रकाशकले जनाएको छ।

Tags: भोजराज श्रेष्ठलोकार्पण
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु
समाचार

उदयपुरमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

by टाकुरा न्यूज । इटहरी
भदौ ७, २०८३
0

उदयपुर : सगरमाथा राजमार्गअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–१० मा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन्।...

विदेशबाट फर्किएका युवाले बनाए ‘लक्ष्मीमार्ग सुकुटी बजार’
विविध

विदेशबाट फर्किएका युवाले बनाए ‘लक्ष्मीमार्ग सुकुटी बजार’

by टाकुरा न्यूज । इटहरी
भदौ ७, २०८३
0

मोरङ : कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका लक्ष्मीमार्गका युवाले अहिले आफ्नै गाउँमा व्यावसायिक सफलता पाइरहेका छन्।...

जेनजी आन्दोलनमा लुटिएको प्रहरीको ‘सट गन’ दमकबाट बरामद

जेनजी आन्दोलनमा लुटिएको प्रहरीको ‘सट गन’ दमकबाट बरामद

भदौ ७, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टाबाट २४ अर्बको कृषि उपज आयात, चामलदेखि स्याउसम्म निर्भरता

भदौ ७, २०८३
ड्रोनबाट देखिएको उदयपुरगढी दरबार क्षेत्र

ड्रोनबाट देखिएको उदयपुरगढी दरबार क्षेत्र

भदौ ७, २०८३
सम्बन्ध विच्छेदका घटनाले बालबालिकाको जीवनमा असर

पाँचथरमा सम्बन्ध विच्छेद बढ्दा परिवार विखण्डनको चिन्ता

भदौ ६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

उदयपुरमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भदौ ७, २०८३
विदेशबाट फर्किएका युवाले बनाए ‘लक्ष्मीमार्ग सुकुटी बजार’

विदेशबाट फर्किएका युवाले बनाए ‘लक्ष्मीमार्ग सुकुटी बजार’

भदौ ७, २०८३
मिडिया इतिहास समेटिएको पुस्तक ‘सुनसरीको मिडिया परिदृश्य’ लोकार्पण

मिडिया इतिहास समेटिएको पुस्तक ‘सुनसरीको मिडिया परिदृश्य’ लोकार्पण

भदौ ७, २०८३
जेनजी आन्दोलनमा लुटिएको प्रहरीको ‘सट गन’ दमकबाट बरामद

जेनजी आन्दोलनमा लुटिएको प्रहरीको ‘सट गन’ दमकबाट बरामद

भदौ ७, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • बुबाको उपचारका लागि रकम बोकेर धरान आएका प्रधानाध्यापक दुर्घटनामै अस्ताए

    311 shares
    Share 124 Tweet 78
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    305 shares
    Share 122 Tweet 76
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    289 shares
    Share 116 Tweet 72
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.