काठमाडौैंः नेपालमा दिन प्रतिदिन कलेजोसँग सम्बन्धित समस्या बढीरहेको छ । नेपाल र भारतमा हुने मृत्युको २० प्रमुख कारणहरुमा कलेज सम्बन्धि समस्या नवौं स्थानमा पर्दछ । चिकित्सा विज्ञानमा भएको नविनतम उपचार प्रविधिले केही हदसम्म समस्या समाधान गर्न सजिलो भने भएको छ ।
मोटोपन, मधुमेह, असन्तुलित र अनुचित आहार र अस्वस्थकर जीवन शैलिका कारण कलेजोमा बोसो जम्मा हुन्छ । त्यही वोसोको कारण कलेजो विग्रने गरेको पाइन्छ । कलेजो सम्बन्धी रोग जुनसुकै उमेर समुहका व्यक्तिलाई हुनसक्छ ।
कलेजो प्रत्यारोपण गर्दा आमाशयको माथिल्लो भागमा चिरेर विग्रेको कलेजो हटाइन्छ र त्यही ठाउँमा नयाँ कलेजो प्रत्यारोपण गरिन्छ । यसलाई रक्तनली र वाइल डक्टसँग जोडिन्छ । एउटा स्वस्थ प्रत्यारोपण पछी त्यो फेरी सामान्य अवस्थामा आउँछ । कलेजो प्रत्यारोपण गर्न झण्डै १२–१४ घण्टाको समय लाग्दछ ।
कलेजो प्रत्यारोपण कस्तो अवस्थामा गर्ने ?
-
अल्कोहोलिक सिरोसिस (जाँड रक्सीको कारण विग्रेको कलेजो) भएको अवस्थामा
-
हेपाटाईटिस बी÷सीको संक्रमणले कलेजोमा कडापन भएमा,
-
जन्मजात कलेजो र वाइल डक्ट विकृती देखिएमा,
-
एक्युट लिभर कोलियर भएमा ।
सामान्यतया कलेजो कडा हुने कारणहरु:
-
कलेजोमा इन्फेक्सन/संक्रमण,
-
अत्याधिक जाँडरक्सी सेवन,
-
हेपाटाईटिस बी÷सी ले गर्दा,
-
कलेजोमा अत्याधिक वोसो जम्नु ।
कलेजो फेल हुँदा देखिने लक्षणहरुः
कुनै पनि स्वस्थ व्यक्ति असामान्य रुपमा अन्य समयमा भन्दा बढी थकित महसुस गर्दछ भने कलेजो बिग्रीएको लक्षण हो । सामान्य अवस्थामा जन्डिस देखापर्ने लगायतका कारण पनि कलेजो बिग्रन्छ । सामान्यतया खानामा रुची नहुनु, कमजोरी महसुस हुनु, वाकवाकी लाग्नु, तौल घट्नु, मांसपेशीहरुमा नोक्सानी हुनु, प्रायजसो शरिर चिलाउनु तथा शरिरको कुनैपनि भागबाट सजिलैसँग रगत बग्ने जस्ता कारणहरु कलेजो फेल हुने बेलामा देखा पर्ने लक्षणहरु हुन् ।
कलेजो दान गर्ने व्यक्ति
सामान्यतया विरामीलाई कलेजो प्रत्यारोपण गर्नुभन्दा पहिले डोनरको केही आधारभुत जाँचहरु गरिन्छ । सवै रिपोर्टहरु राम्रो आएमात्र ति व्यक्ति कलेजो दान गर्न योग्य हुन्छन् । यससँगै कलेजो दान दिने व्यक्तिका हकमा यी नियम लागू हुन्छ :
-
जीवनसाथी÷नाता—गोताभित्र परेका हुनुपर्छ ।
-
पूर्ण रुपमा स्वस्थ व्यक्ति हुनुपर्छ ।
-
१८ वर्ष भन्दा माथि र ५५ बर्ष भन्दा कम उमेरको हुनुपर्छ ।
-
शरीरको बडी मास इन्डेक्स (बिएमआई) सामान्य भएको हुनुपर्छ ।
-
मोटो नभएको व्यक्ति हुनुपर्छ ।
कलेजो दाता हुनका लागि स्वास्थ्य अवस्था
-
हेपाटाईटिस बी, हेपाटाईटिस सी र एचआईभी संक्रमण नभएको,
-
अत्याधिक जाँडरक्सी सेवन नगर्ने,
-
लागु पदार्थ सेवन नगर्ने,
-
मानसिक स्वास्थ्य नविग्रिएको,
-
पुख्र्यौली क्यान्सर नभएको हुनुपर्छ ।
मानव शरिरमा कलेजोले गर्ने कामहरु :
-
रगतलाई जम्न मद्दत गर्ने प्रोटिनको विकास गर्दछ ।
-
भिटामिन, वोसो र चिनीलाई संरक्षित राख्दछ ।
-
शरिरको प्रतिरक्षा प्रणालीलाई आफ्नो नियन्त्रणमा राख्दछ ।
-
शरिरमा बोसो, कोलेस्ट्रोल र वोसोमा घुलमिल गर्नको लागि सघाउने पित्तको विकास गर्दछ ।
-
शरिरलाई संक्रमण हुनबाट बचाउछ ।
क्याडेवर प्रत्यारोपणः
अमेरिका/यूएईमा क्याडेवर प्रत्यारोपण प्रचलित छ । दुर्भाग्यवस नेपाल र भारतमा मृत डोनरको कलेजो उपलब्ध न्युन रहेको छ । आफ्नो संचार समुहको आधारमा आफ्नो नयाँ कलेजो प्राप्त हुन १२–१६ महिना सम्म लाग्न सक्दछ ।
यस अवधिमा ब्याक्टेरियाको समस्याले संक्रमण हुने र बारम्वार समस्या आउन सक्छ । जसमा कुपोषण, रक्तअल्पता, आमाशयबाट रक्तश्राव, पोलियो मस्तिष्क र किड्नीमा संक्रमण हुन सक्दछ ।
कलेजो क्यान्सरका लक्षणहरुः
-
बिना व्यायम तौल घट्नु,
-
तौल घटेपछि वाकवाकी लाग्नु/उल्टी हुनु,
-
कलेजो ठूलो हुनु,
-
पेटमा दुखाई महसुस हुनु,
-
पेटमा अत्याधिक पानी जम्नु,
-
छाला र आँखा पहेंलो हुनु,
-
Spleen बढी दायाँ छेउको करङ्गमा ठूलो महसुस हुनु ।
Discussion about this post