Saturday, April 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विचार

हाँसपोसा सामुदायिक वन उपभोक्ता समूह : असल कामको, कमसल नतिजा

विचार

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३१, २०७८
in विचार, विविध
0
हाँसपोसा सामुदायिक वन उपभोक्ता समूह : असल कामको, कमसल नतिजा
800
SHARES
Share on FacebookShare on Twitter

लामो लकडाउनले सिथिल भएको मन र मस्तिष्कमा आएको एउटा योजनाको लागि जङ्गल जाने निधो भयो ।

म सहित ध्रुव घिमिरे, चण्डिका नेपाल र ज्ञानु न्यौपाने २०७८ जेष्ठ २८ गतेका दिन बिहानै इटहरी २० तरहराको पानीपियाबाट मास्तिर लाग्यौँ । चारकोसे जंगलको बाटो । चारकोसे जंगलमा आजभोलि जंगली जनावर घटेका छन्, चराचुरुङ्गी घटेका छन् । आजभोलि बाँदर पनि देख्न दुर्लभ हुँदैछ ।

कारण के होला ? खुलदुली थियो, मनमा ।

अलिक माथि गएपछि सडकको पश्चिम पट्टि एउटा साइनबोर्ड देखियो । हाँसपोसा सामुदायिक वन उपभोक्ता समूहको बोर्ड थियो, त्यो । बोर्डमा जडिबुटी विकास कार्यक्रम लेखिएको थियो । खुशी लाग्यो । जात–हर्रो, बर्रो, अमला, बेल, राजवृक्ष, तेजपत्र, जामुन, सर्पगन्धा, घ्यू कुमारी, सुगन्धित तेल प्रजातीहरु लेखिएको थियो ।

यो पढेर अझ खुशी लाग्यो ।

बोर्डमा, एक लाख विरुवा उत्पादनको लक्ष्य र दशलाख तेह्र हजार लागत पनि लेखिएको छ । र, त्यो पुनीत कार्यको अनुगमन– तरहरा सब डिभिजन कार्यालय पनि लेख्न छुटाइएको छैन । यस्तो असल कामको दर्शन गर्नुपर्छ भन्ने लाग्यो ।

र, हामी अलिक भित्र गयौं । ५/७ वटा काठका टुक्रा प्रयोग गरेर बनाएको गेटपार गरेर भित्र पस्यौं । दुईजना मान्छेहरु त्यहाँ निगुरो टिप्दै थिए । यो के हो ? हामीले सोध्यौं । ‘नर्सरी’ उनीहरुले सहजै उत्तर दिए ।

हो, नर्सरी नै रहेछ ।

कृष्ण अधिकारी

एक ठाउँमा डेढ, दुई सय जति जामुनका विरुवा थिए । तिनीहरुको पनि सार्ने समय भड्किन लागिसके जस्तो देखिन्थ्यो । अलिक परतिर ३०० स्वारफुट जतिजग्गामा २/४ वटा सर्पगन्धा र अन्य केही विरुवा भरखर हुर्कदै थिए ।

त्यहीँनेर हुर्किएका केही जामुनका विरुवा देखिए । तर, झार जंगल वनमाराले ती विरुवालाई छपक्कै ढाकेको थियो । त्यस्को माथि केही काठका डाँडा भाटा जस्ता देखिए, यसले त्यहाँ विरुवामाथि छाप्रो बनाइएको थियो, भन्ने थाहा हुन्थ्यो ।

निगुरो टिप्दै गरेका मान्छेलाई मैले सोधेँ–यो नर्सरी सँग भाइको सम्बन्ध छ ? ‘छ । म कर्मचारी हुँ’ उनले भने ।

अरु के के छ यहाँ ? फेरि सोधे । ‘यहाँ त यति नै हो, अलिक माथि दुई वटा नर्सरी छन् ।’ उनले जवाफ फर्काए । उनले भनेको नर्सरी हेर्न मन लाग्यो, र हामी त्यता मोडियौँ ।

सडकबाट अलिकति पश्चिमतिर पसेपछि रुख नभएको खाली ठाउँ रहेछ । जमीनमा फैलिएको झारबाट छानेर एउटा झार हातमा लिएँ । र, मिचेर सुँघे । त्यो चै लेमन ग्राँस नै रहेछ । त्यो बाहेक अरु पनि दुईचार वटा बुटा देखिए लेमन ग्रासका । तर, अरु झार जंगलको साम्राज्यभित्र ।

त्यो बोर्डमा लेखिएको एक लाख बिरुवाको लक्ष्य सम्झिएँ, दशलाख तेह्र हजार लागत सम्झिएँ । वन कार्यालय भनेको सरकार हो । र, वन उपभोग्ता समिति भनेको जनता हो ।

जनता र सरकारले गरेको कामको यो अवस्थाले के भनिरहेको थियो, भने यो देशमा सरकार मात्र बदमास होइन, जनता पनि कम छैनन् ।

मलाई त्यो निगुरो टिप्दै गरेको कर्मचारीको नाम सोधेर यहाँ लेखेर अपमान गर्न मन लागेन । किनभने, त्यो कर्मचारी भन्दा माथि त्यहाँ वन कार्यालयका हाकिम छन् र वन उपभोक्ता समितिका वरिष्ठ पदाधिकारीहरु पनि छन् ।

Tags: कृष्ण अधिकारीचारकोसेसामुदायिक वन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरी निवासी अधिकारीको नियात्रा सार्वजनिक 
कला साहित्य

इटहरी निवासी अधिकारीको नियात्रा सार्वजनिक 

by टाकुरा न्यूज । इटहरी
बैशाख १२, २०८३
0

इटहरी : इटहरी निवासी पत्रकार तथा साहित्यकार कृष्ण अधिकारीको नियात्रा कृति ‘मैले देखेको अमेरिका’ विमोचन गरिएको छ । नेपाली लेखक संघ,...

इटहरीमा ई–रिक्सा चालकहरूलाई ट्राफिक सचेतना 
विविध

इटहरीमा ई–रिक्सा चालकहरूलाई ट्राफिक सचेतना 

by टाकुरा न्यूज । इटहरी
बैशाख ११, २०८३
0

इटहरी : ई–रिक्सा सुरक्षित सञ्चालन प्रवर्द्धन गर्ने उद्देश्यले राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले ई–रिक्सा चालकहरूलाई लक्षित गरी ट्राफिक...

पर्यटकको पर्खाइमा भोजपुरको मुन्धुम पदमार्ग (फोटोहरूसहित)

मुन्दुम पदमार्गमा ११ देशका स्रष्टाहरूद्धारा पदयात्रा

बैशाख १०, २०८३
विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

बैशाख ८, २०८३

एक सय १० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने

बैशाख ७, २०८३
पाँचथरको चौँरी महोत्सव : पर्यटन र आम्दानी दुवै, गोठ नै बने ‘गोठबास’

पाँचथरको चौँरी महोत्सव : पर्यटन र आम्दानी दुवै, गोठ नै बने ‘गोठबास’

बैशाख ७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरी निवासी अधिकारीको नियात्रा सार्वजनिक 

इटहरी निवासी अधिकारीको नियात्रा सार्वजनिक 

बैशाख १२, २०८३
इटहरीकी एक महिलाले दुई छोरी र एक छोरासहित सप्तकोसीमा हाम्फाल्न लाग्दा प्रहरीद्वारा उद्वार

सुनसरीमा ब्राउनसुगरसहित एक जना पक्राउ

बैशाख १२, २०८३
हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?

सरकारविरूद्ध सांसद हर्क साम्पाङको आक्रोश – “जनताको बास उठाउनेले आर्थिक नीति के ल्याउँछ ?”

बैशाख १२, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

इलाममा एक युवक मृत भेटिए 

बैशाख १२, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1413 shares
    Share 565 Tweet 353
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    639 shares
    Share 256 Tweet 160
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    467 shares
    Share 187 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    386 shares
    Share 154 Tweet 97
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    377 shares
    Share 151 Tweet 94

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.