समाजशास्त्री सि. राईटस् मिल्सले समाजशास्त्रीय परिकल्पना भन्ने सिद्दान्त अगाडि सार्दै व्यक्तिगत जीवनको सफलता असफलता समाजिक सन्दर्भ र इतिहाससँग अथवा समाजसँग निरपेक्ष हुँदैन ।
बेरोजगार, सार्वजनिक क्षेत्रमा खुलेआम पक्षपात, भ्रष्टाचार आदिको कारणले समाज दिक्कलाग्दो अवस्थामा पुगेको र आशा र विकल्पहीन अनुभूतिमा समाज रहेको अवस्थामा विष्फोट भयो ।
सामाजिक सन्दर्भ र संरचनाहरूले व्यक्तिको जिन्दगीको गुणस्तर निर्धारण गर्दछ । समाजशास्त्रको मनसुवा मान्छेलाई समाजसँग जोड्नेमा हुन्छ । जब मानिस भाग्यवादवाट माथि उठेर सामाजिक संरचनाहरूकै कारण आफ्नो जिन्दगीमा अनेक प्रतिकुलताहरूको श्रृष्टि भएको कुरा बुझ्दछ त्यसैको फलस्वरूप समाजमा विद्रोहहरू देखा पर्छ ।
यस्तो प्रक्रियाले नै समाजमा नयाँ सम्भावनाहरू खोल्छन् । हालै सम्पन्न जेन-जी को सम्पन्न आन्दोलन र यसको प्रभावको सन्दर्भमा राजनीतिक सवालमा मार्फत भन्दा पनि समाजलाई पार्ने प्रभावको बारेमा केही संक्षिप्त चर्चा गर्ने प्रयास हुनेछ ।
जेन जी को आन्दोलनमार्फत निराशाहरूको विष्फोटन
सतहमा हेर्दा जेन जी ले कुशासन र खासगरी अभिव्यक्ति स्वतन्त्रको निर्विकल्प माध्यमको रूपमा स्थापित भएको सामाजिक सञ्जालको वञ्चितिकरणको विरूद्ध आन्दोलनको घोषणा गरिएपनि नेपाली समाजमा रहेको विभिन्न रूपमा प्रकट भएको निराशाहरूको अभिव्यक्ति हो ।
समाजमा धमिलो पानी बनाएर राजा फर्कने हल्ला गरिहरने राजावादी भन्नेहरूको उत्साहले यो चरम अस्थिरतामा कुनै उपलब्धि हासिल गर्न नसक्ने स्थिति हुनु र समाज एकढिक्का गणतन्त्रको पक्षमा उभिनु र जेन जीहरू गणतन्त्रमा प्रतिबद्ध हुनुले समाज पछाडि फर्कदैन भन्ने कुरा स्थापित भएको छ ।
बेरोजगार, सार्वजनिक क्षेत्रमा खुलेआम पक्षपात, भ्रष्टाचार आदिको कारणले समाज दिक्कलाग्दो अवस्थामा पुगेको र आशा र विकल्पहीन अनुभूतिमा समाज रहेको अवस्थामा विष्फोट भयो । र, यसको विष्फोटनको खास कारण स्वस्फूर्त आन्दोलन र औपचारिक नेतृत्वविहीन आन्दोलनको रूपमा रह्यो । नेतृत्व घोषित गरेर आन्दोलन हुन सक्ने अवस्था थिएन ।
नेपाल समाजमा यति धेरै अविश्वासको वातावरण छ, जो कोहीलाई सहजै नेतृत्व स्वीकार्न तयार छैन । जेन जी को आन्दोलन राजनीतिक संरचना नै फेरबदल गर्ने खालको भन्दा पनि खबरदारी गर्ने खालको थियो । तर आन्दोलन यस्तो गुणात्मक प्रभावमा परिणत भयो, जुन कारणले राजनीतिक फेरबदलमा योगदान गर्यो ।
नेपालको राजनीतिमा बदलाको चक्र निरन्तर चलिहरेको स्थितिबाट नेपाली समाजले त्राण पाएको छैन । यो बदलाको चक्र नेपाली समाजको एउटा कलंकको रूपमा रहेको देखिन्छ । राणाहरूलाई कांग्रेसको सशस्त्र संघर्षको माध्यमबाट पराजित गर्दा जनमुक्ति सेनाले राणाको विता खानेदेखि लिएर उसका सहयोगीमाथि गरेको वरवर्तापूर्ण अमानवीय व्यवहारको कथा समाजमा आज पनि यदाकदा सुन्न पाइन्छ ।
लोकतन्त्रको सर्भिसिङमा योगदान र समाज पछाडि फर्कदैन भन्ने प्रमाणीकरण
लोकतन्त्रको निरन्तर सर्भिसिङ गर्नुपर्छ भन्ने सवाललाई यो आन्दोलनले योगदान गरेको छ । लोकतन्त्रको मुल प्रश्न भनेको पारदर्शीता र जवाफदेहीता हो । यो आन्दोलनले पारदर्शीताको र जवाफदेहीतामा गम्भीर प्रश्न उठाएको छ ।
भ्रष्टाचारको विरूद्धमा एकखालको राष्ट्रिय माहौल बनिरहेको छ । समाजमा नयाँ संकथनको कुरा पनि अगाडि बढेको छ । तर, अकस्मात हौसिएको राजवादी प्रतिगामी शक्तिहरू हिस्स बनेको छ ।
समाजमा धमिलो पानी बनाएर राजा फर्कने हल्ला गरिहरने राजावादी भन्नेहरूको उत्साहले यो चरम अस्थिरतामा कुनै उपलब्धि हासिल गर्न नसक्ने स्थिति हुनु र समाज एकढिक्का गणतन्त्रको पक्षमा उभिनु र जेन जीहरू गणतन्त्रमा प्रतिबद्ध हुनुले समाज पछाडि फर्कदैन भन्ने कुरा स्थापित भएको छ ।
यो सबैको जोडफलमा जेन जी को आन्दोलनले हाम्रो लोकतान्त्रिक गणतन्त्रलाई सर्भिसिङ गर्नमा ऐतिहासिक योगदान गरेको छ । यसले केही नयाँ आशा र जागरणहरू ल्याउन सक्ने कुरालाई उज्यालोको रूपमा हेर्न सकिन्छ ।
बदलाको दुष्चक्रमा समाज फसिरहने चिन्ता र अराजकताको असीमितता
नेपालको राजनीतिमा बदलाको चक्र निरन्तर चलिहरेको स्थितिबाट नेपाली समाजले त्राण पाएको छैन । यो बदलाको चक्र नेपाली समाजको एउटा कलंकको रूपमा रहेको देखिन्छ ।
र, यो सरकारले यति छोटो समयमा आन्दोलनको आकांक्षलाई सम्बोधन गर्न सक्छ त ? नसक्दा सिर्जना हुने निराशा कस्तो भयनक हुने भन्ने आँकलन गर्नुपर्ने हुन्छ ।
राणाहरूलाई कांग्रेसको सशस्त्र संघर्षको माध्यमबाट पराजित गर्दा जनमुक्ति सेनाले राणाको विता खानेदेखि लिएर उसका सहयोगीमाथि गरेको वरवर्तापूर्ण अमानवीय व्यवहारको कथा समाजमा आज पनि यदाकदा सुन्न पाइन्छ । झापा विद्रोहको आफ्नै कहानी छ, बदलाको ।
माओवादी सशस्त्र जनयुद्ध सिर्जित बदलाको अभ्यास त ताजै छ । यही आन्दोलन पनि बदलाको दुष्चक्रको प्रस्फुटनको छायाँ देखिन्छ । जस्तैः केपी ओली प्रधानमन्त्री हुँदा बालेन साह काठमाण्डौँको मेयरमाथि गरेको व्यवहारको उत्तर ।
कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको प्रमुखबाट हटाएर हितेन्द्रदेव शाक्यलाई राख्नु अनि तिनै हटाइएका घिसिङ फेरि पाँच महिनामा तिनै हितेन्द्रको विभागीय मन्त्री बन्नु आफैँमा एउटा बदलाको चक्र नै देखिन्छ । कारबाहीमा परेका नेपाल प्रहरीको जवान डीएसपीको युनिफर्म प्रकट हुनु । बदलाभावको चक्रले नेपाली समाजलाई हामीले अपेक्षा गरेको ठाउँमा लिएर जान सक्छौ कि सक्दैनौँ भन्ने प्रश्णको भूमरीमा फसिरहिन्छ ।
आन्दोलनको क्रममा देखिएको अराजकता, लुटपाट व्यक्तिमाथि गरिएको निर्दयी व्यवहार कहिँ न कहिँ बदलाको भावनाबाट अभिप्रेरित भन्न सकिन्छ । यसले समाजलाई निरन्तर बदलाको भूमरीमा पारिरहन्छ ।
सत्ताको स्वादले जनतासँगको सम्बन्ध सत्तारोहनको छोटो समयमा पनि नयाँलाई पनि पुरानो बनाइहाल्ने इतिहासको दुःख हामीले पटकपटक व्यहोरिरहेका छौं । अहंकार, मनपरीतन्त्र, बदलाको भावनालगायत देखा पर्ने गरेको छ । अनि पुरानै प्रवृतिमा फर्कने दुःखले हामी नेपाली समाज अभिशप्त छौं । ब्राण्डेड रक्सी चाखेको भिडियो भाइरल छ, जसै त्यसको असर नपरोस् ।
आन्दोलनको कबुल, ब्राण्डेड रक्सीको स्वाद लिएको भिडियो क्लिपको विम्ब
आन्दोलनमा यति धेरै असाधारण कुर्वानी भयो कि, जसको क्षतिपूर्ति समाजले प्राप्त गर्न असम्भव छ । नेपालको सामाजिक, राजनीतिक आन्दोलनको सन्दर्भमा यति नमीठो हत्यकाण्ड भएको थिएन । कलिला विद्यार्थीहरू यस्तोमा उभिनु र मरिनु असाधारण घटना हो । तर यो आन्दोलनको उठान जसरी भए पनि वैठान केवल अर्ली इलेक्सन मात्रै हैन ।
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखदेखि लिएर समग्रमा शासकीय पुनःसंरचना हो । समयको विना सुविधा भ्रष्टाचार विरूद्धको कदम हो । तर अहिले सरकारको नियुक्तिमा राष्ट्रपतिद्वारा जारी नियुक्ति पर्चा लेखिएको भाखाले त फागुनमा चुनाव गर्ने भन्ने मात्रै छ । यो चुनावी प्रमाणीले शक्तिशाली र स्थिर सरकार बन्छ त ?
र, यो सरकारले यति छोटो समयमा आन्दोलनको आकांक्षलाई सम्बोधन गर्न सक्छ त ? नसक्दा सिर्जना हुने निराशा कस्तो भयनक हुने भन्ने आँकलन गर्नुपर्ने हुन्छ ।
यसले अझै युवाहरू नेपालमा असुरिक्षत ठानेर विदेशिने खतरा पो बढ्ने हो कि स—सना निहुमा पनि हिंस्रक आन्दोलनको साहरा पो लिने हो ? भन्ने अनेक नकारात्मक प्रश्नहरू समाजमा उत्पन्न भएको छ । समाजमा अझै सिर्जना भएको अविश्वास र भयको वातावरणले समाजलाई अझै निराश पो बनाउने हुन कि भन्ने प्रश्न छ ।
सत्ताको स्वादले जनतासँगको सम्बन्ध सत्तारोहनको छोटो समयमा पनि नयाँलाई पनि पुरानो बनाइहाल्ने इतिहासको दुःख हामीले पटकपटक व्यहोरिरहेका छौं । अहंकार, मनपरीतन्त्र, बदलाको भावनालगायत देखा पर्ने गरेको छ । अनि पुरानै प्रवृतिमा फर्कने दुःखले हामी नेपाली समाज अभिशप्त छौं । ब्राण्डेड रक्सी चाखेको भिडियो भाइरल छ, जसै त्यसको असर नपरोस् ।
युवाहरूमा राजनीति सामाजिकीकरणको माइलस्टोन
यो जेन जी आन्दोलनको अर्को प्रकाश भनेको चाहिँ हामीलाई चिन्ता थियो, नयाँ पुस्ता राजनीतिमा चासो नराख्ने जमातको रूपमा हुर्कदैछ भन्ने सवालमा । तर यो आन्दोलनले राजनीति सामाजिकीकरणको स्केललाई गुणात्मक रूपले विस्तार गरेको छ । युवाहरूको राजनीतिमा धेरै चासो विस्तार गरेको छ । यसले आउने चुनावमा सही व्यक्ति छनौटमा योगदान पुग्ने र समाजमा निरन्तर प्रश्न उठाउँदै लोकतन्त्रमा सर्भिसिङको लागि योगदान पुग्छ भन्ने अपेक्षा गर्न सकिन्छ । धेरै जेन जी का बाबु आमाहरूको भनाइ छ, ‘बच्चाहरू आफैँ निर्णय गरेर आन्दोलनमा सहभागी भए, हाम्रो सल्लाह मानेनन् ।’
छुटेको कुरा
आन्दोलनमा असाध्य अराजकता प्रकट भयो । यसको आर्थिक मूल्य निर्धारण हुन्छ र त्यसको पुर्ताल पनि होला । तर असाधारण अराजकता सिर्जित सामाजिक मूल्यको हिसाब किताब सहज हुँदैन र त्यसको पुर्ताल सहज पनि छैन ।
प्रहरीको पछिल्लो भनाइ अनुसार आन्दोलनको नाममा चोरीमा संलग्न हुने व्यक्तिहरू मूलतः सुकुम्बासीहरू र कारागारबाट भागेका कैदीबन्दीहरूको रहेको थियो ।
अरू अनुमान गर्न सकिन्छ । अरू जस्तैः भोगविलासमा जोडिनको लागि रहरले पनि चोरीमा भाग लिएको भन्न सकिन्छ ।
जेन-जीहरूमध्ये कोही लाखौँ शुल्क तिरेर चर्चित कलेजहरूमा पढ्ने विद्यार्थीहरू, साधारण सरकारी कलेजमा पढ्ने विद्यार्थीहरू मात्रै हैन जेन जीहरू कोही घरेलु कामदार, गाडीको सहचालक, विदेशिने लाइन पनि उतिकै छ ।
उनीहरूले हामी जेन जीहरूको करिअर समान मापदण्डमा बन्नुपर्छ भन्ने आवाज छुटेको छ । यो अथाह असमानताको स्वीकारोक्ति समाजको लागि खतरनाक अन्तरविरोधको कारक छुटाउनै हुँदैन ।
अन्तिममा, आन्दोलनमा श्रोत (आइडिया, जनशक्ति, आर्थिक लागत वहन आदि) परिचालनको कारणले जहिल्यै पनि आन्तरिक र बाह्यपक्षको भूमिका हुन्छ । यसको समीक्षा हुन जरूरी हुन्छ । यसको समीक्षा गर्ने हैसियत पनि निःसन्देह जेन-जी सँग नै छ ।
















Discussion about this post