झापाको दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन् ।
गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट गएको प्रहरी टोलीले दमक नगरपालिका ९ का २० बर्षीय अजय राजवंशीलाई २ ग्राम २०० मिलिग्राम ब्राउनसुगर, डिजिटल तराजु १ थान, नगद रु ७०००। र मोबाईल २ थान सहित मंगलवार राती पक्राउ गरेको हो ।
यसैगरी ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले भारतिय नागरिक भारत किशनगंञ्जका ३० बर्षीय मो आलम र २८ बर्षीय मदिउर रहमानलाई १० ग्राम लागुऔषध ब्राउनसुगर, भारतिय रुपैयाँ ९ हजार १७०, ५० ग्राम गाँजा र १ थान मोवाइल सहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।














Discussion about this post