सत्तापक्षका सांसदले अवरोध गरेपछि प्रदेश नम्बर १ को प्रदेशसभा बैठक आउँदो फागुन ९ गतेसम्मको लागि स्थगन भएको छ ।
मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव सदनमा टेबुल गर्ने कार्यसूचीसहित आइतबार बैठक सुरु हुनसाथ नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी लगायतका सांसद् उठेर विरोध गरेका थिए । सभामुख प्रदीपकुमार भण्डारीले उनीहरुलाई बस्न आग्रह गरे लगत्तै अर्को बैठक फागुन ९ गते बस्ने घोषणा गर्दै बैठक स्थगन गरे ।
मुख्यमन्त्री राईविरुद्ध पेस गरिएको अविश्वासको प्रस्ताव टेबुल हुनैपर्ने आफूहरुले माग गरेको निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले जानकारी दिए ।
उनले भने, “आन्तरिक मामिलामन्त्रीले आज पनि हामीसँग छलफल गरी प्रदेशसभा बैठक एक दिन पछि सार्न आग्रह गर्नुभएको थियो । तर, हामीले त्यो प्रस्ताव स्वीकार गर्न सकेनौँ । बैठक बस्नैपर्छ भन्ने हाम्रो माग रह्यो ।”














Discussion about this post