इटहरी उपमहानगरमा अपाङ्गगता भएका ब्यक्ति तथा बालबालिकाका लागि भएको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार एक सय जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।
माघ १८ देखि २७ गते सम्म गरिएको स्वास्थ्य शिविरमा प्रत्येक वडाका अपाङ्गगता भएका ब्यक्तिहरुलाई सहज हुने स्थानमा स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।
अपाङ्गगता रोकथाम तथा पूर्नस्थापना कार्यक्रम अन्तरगत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो । इटहरी उपमहानगर, प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेसनको त्रिपक्षीय साझेदारीमा इटहरी उपमहानगरमा अपाङ्गता रोकथाम तथा पूर्नस्थापना कार्यक्रम संचालित छ ।
उपमेयर लक्ष्मी गौतमका अनुसार सुरुमा सर्भे गर्दा इटहरीमा १८ सय अपाङ्गगता भएका ब्यक्ति पाइएको थियो । यो स्वास्थ्य शिविरवाट परिचय पत्र वनाउन चार सय १३ जना छुटेको पाइएको छ ।














Discussion about this post