प्रदेश १ को हिउँदे अधिवेशनको तेस्रो प्रदेशसभाको बैठक आजका लागि बोलाइएको छ । यसअघि दुई पटकसम्म बसे पनि सत्ता पक्षकै अवरोधका कारण बैठक लामो समय सम्म बस्न सकेन ।
माघ ७ गतेबाट हिउँदे अधिवेशन सुरु भए पनि सत्ता पक्षकै अवरोधका कारण संसद बन्धक बनिरहेको छ ।
आजको बैठकमा नेकपाकै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गराएको अविश्वास प्रस्तावबाहेक कुनै कार्यसूची छैन । यसअघिको बैठकमा सत्ता पक्षकै कारण अविश्वास प्रस्ताव पेस हुन सकेन ।
आजको बैठकमा पनि मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव प्रदेशसभा बैठकमा पेस गर्न नदिने रणनीति नेकपा ओली समूहको रहेको छ ।
सत्तापक्षले बैठक अवरुद्ध गर्दा अविश्वास प्रस्ताव सभामा पेस हुन सकिरहेको छैन । अविश्वास प्रस्ताव दर्ता भएपछि सत्ता लम्ब्याउन कसरत गरिरहेको आरोप मुख्यमन्त्री राईलाई लागिरहेको छ ।
९३ सदस्यीय प्रदेशसभामा नेकपाका ६७, कांग्रेसको २१, जनता समाजवादी पार्टीका तीन, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक÷एक जना प्रदेशसभा सदस्य रहेका छन् ।














Discussion about this post