इटहरी : मुख्यमन्त्री शेरधन राईले प्रचण्डको गैरजिम्मेवारीपनले पार्टी र प्रधानमन्त्रीलाई बदनाम गराएको आरोप लगाएका छन् ।
नेकपा एमाले इटहरी उपमहानगर कमिटीको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै राईले ओलीको पछिल्लो निर्णयले अब कम्यूनिष्ट आन्दोलन नयाँ ढंगले अघि बढ्ने ठोकूवा गरे ।
‘प्रधानमन्त्रीलाई काम गर्न नदिने, पद, कुर्सी र प्रतिष्ठाका लागि मात्रै राजनिति गरेकाले कम्युनिष्ट कम्युनिष्ट बीच फाटो सिर्जना भएको हो,’ राईले भने, ‘अब फेरी नेकपा एमाले नयाँ जोशका साथ अघि बढ्नेछ ।’
उनले तत्कालिन माओबादी केन्द्र र नेकपा एमाले एक हुँदा राम्रा कामको कुनै प्रचार नभएको, खाली पद, प्रतिष्ठा र कुर्सीकै लागि मात्रै कुदेकाले आज नेपालको कम्युनिष्ट आन्दोलनमा केही समस्या आएको टिप्पणी गरे ।














Discussion about this post