इटहरी : लकडाउनको समयमा मानसिक यातना दिएर शुल्क असुलेको भन्दै दुईसातायता इटहरीको निजी कलेजमा अध्ययनरत विद्यार्थीहरु आन्दोलनमा छन् ।
यसैबीच आन्दोलन उत्कर्षमा पुगेपछि शुक्रवार (आज) टुङ्गो लगाउने गरी सहमति गर्ने भनिएपनि मागको बेवास्ता गरिएको भन्दै अझै सशक्त आन्दोलनको तयारी थालेको बिद्यार्थीहरुले बताएका छन् ।
लकडाउनको समयको समेत शुल्क लिन पाउने गरी इटहरी उपमहानगरपालिका शिक्षा महाशाखाले गरेको निर्णय विद्यार्थीले नमान्ने भएका छन् ।
२ महिनाको मात्र शुल्क मिनाहा गर्ने निर्णयप्रति आँफूहरुको आपत्ती रहेको विद्यार्थीहरुको भनाइ छ ।
इटहरी वडा नम्बर ४ का वडाध्यक्ष चन्द्र प्रसाद भट्टराईको नेतृत्वमा बनेको एक समितिले बुझाएको प्रतिवेदनको आधारमा शुक्रवार निर्णय गरिएको हो । मेयर संयोजक हुने शिक्षा समिति भने अझै सम्म मौन देखिन्छ ।
निर्णय पत्रमा गाडी नचलेको समयको भाडा नलिने, परीक्षा सञ्चालन नभएको समयको परीक्षा शुल्क नलिने, महामारीबाट सिर्जित शुल्क सम्बन्धी समस्याको लागि शिक्षकहरु सँग समन्वय गर्ने, आन्तरिक समस्यालाई वार्ताद्वारा हल गर्ने निर्णय भएको छ ।
साथै १२ महिना मध्ये २ महिनाको शुल्क नलिने तर यसअघि कुनै सुविधा लिएको भए शुल्क लिन पाउने भनी निर्णय पत्रमा उल्लेख गरिएको छ । ५ महिना कक्षा सञ्चालन गरेर १० महिनाको शुल्क लिन पाउने गरी निर्णय भएको भन्दै्र आन्दोलनलाई थप शशक्त बनाउने विद्यार्थीहरुको भनाइ छ ।
यता, उमहानगरको निर्णयप्रति नेकपा एमाले समर्थक विद्यार्थी संगठन अनेरास्ववियु, नेकपा माओवादी केन्द्र समर्थक विद्यार्थी संगठन अखिल क्रान्तिकारी सुनसरी जिल्लाले पनि विमति राखेका छन् । अनेरास्ववियुका अध्यक्ष रोशन रेग्मी र अनेरास्ववियु (क्रान्तिकारी) कार्यबाहक अध्यक्ष अर्जुन पौडेलले २ महिनाको छुट दिने निर्णयमा आफूहरुको विमति रहेको बताएका हुन् ।
यो पनि – मंगलबारदेखि इटहरीका निजी कलेज सञ्चालनमा आउने (विज्ञप्तीसहित)
यो पनि – शिक्षकलाई तलव नै नदिएका इटहरीका निजी कलेज, विद्यार्थीलाई धम्क्याएर शुल्क असुल्दै
यो पनि – मानसिक यातना दिएर विद्यार्थीसँग शुल्क असुल्दै इटहरीका निजी कलेज
यो पनि – शुल्क मिनाहा माग गर्दा इटहरीका निजी कलेज अनिश्चितकालका लागि बन्द














Discussion about this post