इटहरी : मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तिय संस्था लिमिटेडले फिल्ड सहायक कर्मचारीहरुलाई कार्यदक्षता अभिवृद्धि, सामाजिक परिचालन तथा धितो प्रमाणीकरण सम्बन्धी तालीम सम्पन्न गरेको छ ।
दुई दिनसम्म सञ्चालन भएको उक्त तालिममा संस्थाका अनुगमन कार्यालय दुवागढी झापा, बालग्राम सुनसरी र कदमाहा सप्तरी अन्तर्गतका सम्पूर्ण फिल्डका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
सो अनुगमन कार्यालय दुवागढी अन्तर्गत ४ जिल्लाका ७ शाखा कार्यालय, बालग्राम अन्तर्गत ३ जिल्लाका १० शाखा कार्यालय र कदमाहा अन्तर्गत ३ जिल्लाका ९ शाखा कार्यालयका ६८ जना कर्मचारीहरुको सहभागीता रहेको थियो ।
मोरङमा भएको समापन समारोहलाई सम्बोधन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले फिल्डमा कार्य गर्ने कर्मचारीहरुको विशेष जिम्मेवारी रहने बताए ।
साथै, यस किसिमको तालिमले कर्मचारीहरुको कार्यकुशलता बढ्ने र कर्मचारीले यस्ता तालिमबाट आफूले सिकेको कुरा प्रयोगमा ल्याई कर्मचारी स्वयंको तथा संस्थाको दिगो विकासमा योगदान हुने उनले बताए ।
तालिममा कर्मचारीहरुलाई फिल्ड सम्बन्धी विभिन्न प्रकारका जोखिम सम्बन्धमा जानकारी गराइनुका साथै सम्भावित जोखिमका प्रभाव एवम् जोखिम न्यूनिकरण सम्बन्धी उपायहरु बारे सहभागीहरुलाई तालिम दिइएको थियो ।
कार्यक्रममा सहभागी कर्मचारीहरूले उक्त तालिमबाट काम गर्ने हौसला मिल्नुका साथै ब्यवहारिक र निकै लाभदायक भएको उल्लेख गरेका थिए ।














Discussion about this post