इनरुवा : सुनसरीको इनरुवा नगरपालिका–१०, जाल्पापुर चम्राही टोलबाट प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार शनिबार बिहान करिब ३ बजे को १ च ८२७९ नम्बरको टाटा पिकअप भ्यान चेकजाँच गर्ने क्रममा १ हजार ४५४ किलो ८७० ग्राम गाँजा बरामद भएको हो।
गाँजा बरामद भएपछि प्रहरीले उक्त पिकअपमा सवार भोक्राहा नरसिंह गाउँपालिका–५ का ३० वर्षीय रामबहादुर यादवलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीले बरामद गाँजा र पिकअप भ्यानसहित यादवलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ। घटनामा गाँजा कहाँबाट ल्याइएको, कहाँ लैजान लागिएको थियो तथा यसमा अन्य व्यक्तिको संलग्नता छ/छैन भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
















Discussion about this post