Saturday, September 5, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

ठगीको नयाँ स्टाइल : घर पास गरिदिन्छु भनेर बैँकमा रकम जम्मा गर्न लगाएपछि तरहराका कुमार फरार

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र १७, २०७७
in टाकुरा विशेष, समाचार
0
ठगीको नयाँ स्टाइल : घर पास गरिदिन्छु भनेर बैँकमा रकम जम्मा गर्न लगाएपछि तरहराका कुमार फरार
2.4k
SHARES
Share on FacebookShare on Twitter

तरहरा : पछिल्लो समय इटहरीमा ठगी गर्नेको संख्या बृद्धि भइरहेको छ । विभिन्न बहानामा ठगी गर्ने मानिस सक्रिय भएका छन् । प्रहरीले निगरानी नबढाउँदा र पीडित स्वयम्ले पनि घटनाबारे सार्वजनिक नगर्दा ठगी गर्ने मानिस सक्रिय भएका हुन् । अझ पछिल्लो समय त ठगी गर्ने मानिसले नयाँ स्टाइल प्रयोग गरेर रकम झ्वाम पार्ने गरेका रहस्य पनि बाहिरिन थालेका छन् ।

यस्तै घटना भएको छ – इटहरी २० तरहरामा ।

यहाँका कुमार प्रधान स्थानीय मानिससँग परिचित नै थिए । तरहराको होम्स लाइनमा फलामको काम गर्ने (ग्रील) पसल सञ्चालन गर्दै आएका उनले विभिन्न व्यक्तिको रकम ठगी गरेर फरार भएपछि अहिले हंगामा हुन थालेको छ ।

त्यसो त तरहरामा २०७४ सालमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले छापा मारेपछि विभिन्न बहानामा ठगी गरेका अनुहारहरु एकपटक चिनिएका थिए । कसैले सुन पसलको नाममा त कसैले आइएमी सञ्चालन गरेर अवैध रुपमा मिटरब्याजको कारोबार गर्दै आएका मानिसहरुको कतुर्त बाहिरिएको थियो ।

सिआइबीको छापासँगै ठगी गर्नेको सञ्जाल छताछुल्ल भएको अवस्था थियो । सिआइबीको छापाले एकपटक तरहराको बजार तहसनहस समेत भएको थियो ।

यसैबीच अन्दाजी ४० वर्षीय कुमार प्रधानले तरहरामा रहेको उनकी श्रीमती ३८ वर्षीया गीता प्रधानको नाममा रहेको घर बेच्न तयार भए । सनराइज बैँक रामधुनी शाखाबाट निकालेको ६५ लाख रुपैँया ऋण तिर्न नसक्दा घर लिलाम हुने अवस्थामा पुगेपछि उनले घर बेच्ने निश्चित भयो । यहाँका खेम अधिकारीले घर खरीद गर्ने निश्चित भएपछि उनले ऋण बापतको रकम बैँकमा जम्मा गरे । तर, रकम जम्मा गरेको केहीसमयमै घर पास नगरी कुमार र उनका परिवार फरार भएका छन् ।

‘बैँकले घर लिलाम गर्न लाग्यो किनिदिनु भनेर बारम्बार भनेकाले बैँकमा पैसा जम्मा गरे,’ अधिकारीले टाकुरान्यूजसँग आफ्नो समस्या राख्दै भने, ‘सनराइज बैँकमा लोन रहेछ, विभिन्न पटक गरी ६५ लाख रुपैँया तिरेँ, पछि बुझ्दा त्यो रकम झिकेर फरार भएका रहेछन् ।’ अधिकारीका अनुसार घर पास नगरीकन उक्त ६५ लाख रुपैँया बैँकबाट झिकेर प्रधान परिवार फरार भएका छन् ।

दुई छोरी, एक छोरा र श्रीमतीसहित प्रधान तरहरा छाडेर हिडेको तीन महिना बितिसक्यो ।

‘घर किनिदिनु भनेर ०७६ सालदेखि नै बारम्बार भनेको हो,’ अधिकारीले भने, ‘असोज १५ गते दश लाख बैना गरेको थिएँ, त्यसपछि विभिन्न पटक गरी रकम बुझाइसकेँ ।’ उनले त्यसपछि २७ कात्तिक ०७६ मा ५१ लाख रुपैँया जम्मा गरे । त्यस्तै, ३ असार ०७७ मा तीन लाख र लगत्तै एक लाख गरी जम्मा ६५ लाख रुपैँया कुमार ग्रील उद्योगको नाममा रहेको सनराइज बैँकको खाता नम्बर ०३०४१९०३३७०१००१ मा जम्मा गरेका थिए । तर, रकम जम्मा गरेको केही महिनापछि घर पास नगरी प्रधान परिवार फरार भएका छन् ।

उनीहरुले ग्राण्ड डिजाइन नै तयार गरेर ठगी गरेको पीडितको भनाइ छ ।

अधिकारीले ठगी मुद्धामा गत फागुन २३ गते इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दर्ता समेत गरेका छन् । ६५ लाख रुपैँयामा खरीद गर्न लागेको घर अहिले उक्त रकमबापतको साँवाब्याज नै बैँकलाई बुझाउनुपर्ने अवस्था आएपछि आँफू पीडामा रहेको अधिकारी सुनाउँछन् ।

‘अरु ६५ लाख र त्यसको ब्याज समेत तिर्नुपर्ने अवस्था आएको छ,’ उनले भने, ‘पहिला तिरेको रकम लिएर फरार भएपछि अहिले मानसिक समस्यामा गइसकेँ ।’ प्रधानले घर पास नगरीकन बैँकमा भएको उक्त रकम झिकेर फट्याईँ गरेकाले ठगी मुद्धामा उजुरी दर्ता गरेपनि प्रहरीले चासो नदिएको पीडितको भनाइ छ ।

यता, सनराइज बैँक रामधुनी शाखाका व्यवस्थापक द्रोण घिमिरेले भने कसले कतिखेर बैँकमा रकम जम्मा गर्ने र झिक्ने भन्ने विषयमा आफूलाई थाहा नहुने प्रतिक्रिया दिए ।

उनले फोन सम्पर्कमा टाकुरासँग भने, ‘प्रधानको खातामा राखेको पैसा झिकेर लगेको हो, कसले कतिखेर पैसा झिक्छ, हामीलाई के थाहा हुन्छ र ?’ उनले दुईजनाबीच सम्झौता भएको होला भन्ने भएर आँफूले पनि पैसाको सन्र्दभमा कुनै चासो नदिएको बताए ।

Tags: #ठगी#तरहराअपराधटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीलगायत कोशीका विभिन्न ठाउँमा श्रीकृष्ण रथयात्रा, विराटनगरमा ९० जना पक्राउ
FEATURE BREAKING

इटहरीलगायत कोशीका विभिन्न ठाउँमा श्रीकृष्ण रथयात्रा, विराटनगरमा ९० जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ २०, २०८३
0

इटहरी : श्रीकृष्ण जन्माष्टमी उत्सवलाई समापनका लागि गरिने श्रीकृष्ण रथयात्रा इटहरीलगायत कोशीका विभिन्न जिल्लामा समापन गरिएको छ । हरेक साल...

इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ
FEATURE BREAKING

इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

by रासस
भदौ २०, २०८३
0

मोरङ : भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित गाउँ शोकमा छ । ‘कतैबाट सकुशल फर्किएलान् कि १’...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापा, मोरङ र सुनसरीमा छुट्टाछुट्टै दुर्घटना, तीन जनाको मृत्यु

भदौ २०, २०८३
धार्मिक–सांस्कृतिक पहिचान झल्काउने विराटनगरको राधाकृष्ण रथयात्रा (फोटो फिचर)

विराटनगरमा ५९औँ राधाकृष्ण रथयात्रा : धार्मिक उत्सवदेखि सामाजिक सेवासम्म

भदौ २०, २०८३
खाना खान गएको बेला तरहरामा १४ लाख बराबरको गहना चोरी

तरहरामा नाइट्राजेपामसहित दुई जना नियन्त्रणमा

भदौ १९, २०८३
‘स्पोर्ट्स सिटी’ घोषणा नगर्दा इटहरीले गुमायो खेलकुदका अवसर

‘स्पोर्ट्स सिटी’ घोषणा नगर्दा इटहरीले गुमायो खेलकुदका अवसर

भदौ १९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

देवता र मानवताको अन्तिम युद्ध (कविता)

देवता र मानवताको अन्तिम युद्ध (कविता)

भदौ २०, २०८३
इटहरीलगायत कोशीका विभिन्न ठाउँमा श्रीकृष्ण रथयात्रा, विराटनगरमा ९० जना पक्राउ

इटहरीलगायत कोशीका विभिन्न ठाउँमा श्रीकृष्ण रथयात्रा, विराटनगरमा ९० जना पक्राउ

भदौ २०, २०८३
इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

भदौ २०, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापा, मोरङ र सुनसरीमा छुट्टाछुट्टै दुर्घटना, तीन जनाको मृत्यु

भदौ २०, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
हाम्रो टिम 

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.